यूएईमा नेपालीको मृत्यू बढ्दै गएपछि सबै स्तब्ध

गिरधारी रिजाल २७ मार्च २०१० अबुधाबी यूएई 

मेरो हात झम्झमाइरहेको छ र ज्वरो आउन लागेको अनुभव भैरहेको छ । शायद मरिन्छ क्यारे ! यस्तै कुराहरु हिजो दिनभर गर्दै थिए उनी । बेलुका खाना खाईसकेपछि रातको एघार बजेसम्म गफ पनि लगाएर बसियो । आज सबेरै ३:३० बजेतिर केही अनौठो आवाज सुनेर साथीहरुले उठेर हेर्दा उनी ओछ्यानमा छट्पटाइरहेको भेटेर प्रहरीलाई खबर गरे । प्रहरीले एम्बुलेन्स लिएर आई चेक गर्दाखेरि उनीहरुले सरी ! हि इज नो मोर् भन्ने जवाफ आयो । हिजो साथीसँग गरेको आफु  मरिन्छ कि भन्ने कुरा आज बिहान ५:०० बजे अगावै सत्यमा परिणत गरिदिए उनले । मृतक बीर बहादुर लिम्बुलाई उतदर  गर्दै उनका साथी थाम बहादुर राईले एकैसासमा बताउँछन् । उनको मृत्यू हृदायाघात बाटै भएको अनुमान गरिएको छ ।
मोरङ्ग जिल्ला पथरी गा.वि.स. वडा नं. एक विशालचोक घर भएका बीर बहादुर लिम्बु विगत साढे सात सालदेखि यूएईको अलऐन मार्बल एसीपीसी कम्पनीमा काम गर्दै आएका थिए । प्राप्त समाचारमा उनको घरमा बुबाआमा एक बहिनी र एक छोरा रहेको बताइन्छ ।
यूएईमा महिनैपिच्छे तीनदेखि चारजनासम्मको मृत्यूको खबर आउँने गरेकोमा तीमध्ये अधिकांश हृदयाघात नै रहेको भेटिइन्छ भने बेलुका राम्रै सुतेको मान्छे बिहान सकुशल उठ्ने या नउठ्ने निधो नभएपछि नेपालीहरु स्तब्ध हुन थालेको पनि यहाँका विश्लेषकहरु बताउँछन् ।

 

Leave a Reply

Fill in your details below or click an icon to log in:

Gravatar
WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s