Daily Archives: 28/03/2010

काठमाडौं–पोखरा रेल्वे ६ वर्षमा

पुष्प आचार्य
राजनीतिक राजधानी काठमाडौं र पर्यटकीय राजधानी पोखरालाई अब विद्युतीय रेल्वेले जोड्ने भएको छ । गत वर्षको बजेटमा घोषणा गरिएअनुरूप पूर्व–पश्चिम र काठमाडौं–पोखरा विद्युतीय रेलसेवाको अध्ययन भएको थियो । यसका लागि जिम्मेवारी पाएको कन्सल्ट्यान्ट कम्पनी राइट्स इन्डिया लिमिटेडले प्रारम्भिक प्रतिवेदन पनि बुझाइसकेकाले यदि समयमै काम भयो भने ६ वर्षभित्र रेल कुद्ने सम्बद्ध विज्ञहरूले बताएका छन् । Continue reading

यूएईमा नेपालीको मृत्यू बढ्दै गएपछि सबै स्तब्ध

गिरधारी रिजाल २७ मार्च २०१० अबुधाबी यूएई 

मेरो हात झम्झमाइरहेको छ र ज्वरो आउन लागेको अनुभव भैरहेको छ । शायद मरिन्छ क्यारे ! यस्तै कुराहरु हिजो दिनभर गर्दै थिए उनी । बेलुका खाना खाईसकेपछि रातको एघार बजेसम्म गफ पनि लगाएर बसियो । आज सबेरै ३:३० बजेतिर केही अनौठो आवाज सुनेर साथीहरुले उठेर हेर्दा उनी ओछ्यानमा छट्पटाइरहेको भेटेर प्रहरीलाई खबर गरे । प्रहरीले एम्बुलेन्स लिएर आई चेक गर्दाखेरि उनीहरुले सरी ! हि इज नो मोर् भन्ने जवाफ आयो । हिजो साथीसँग गरेको आफु  मरिन्छ कि भन्ने कुरा आज बिहान ५:०० बजे अगावै सत्यमा परिणत गरिदिए उनले । मृतक बीर बहादुर लिम्बुलाई उतदर  गर्दै उनका साथी थाम बहादुर राईले एकैसासमा बताउँछन् । उनको मृत्यू हृदायाघात बाटै भएको अनुमान गरिएको छ । Continue reading

वैद्यको ‘अवैद्य धन्दा’

पत्रकारिताको खोल ओढेर ‘व्ल्याकमेलीङ’ ?
काठमाडौं । एउटा चालकले दर्जनौं व्यक्ति सवार मोटर गाडीलाई जता र जसरी हाक्न चाहान्छ, त्यो गाडी त्यतै र त्यसरी नै गुड्दछ । त्यस्तै, एउटा पत्रकारले जुन नियतका साथ समाचार लेख्छ, पत्रिकामा छापिएपछि त्यसको प्रभाव या असर समाजमा कुनै न कुनै कोणबाट त्यस्तै पर्न सक्छ ।जनतालाई सूसुचित तुल्याउने, लुकेका, लुकाइएका तथा सबैको नजरमा पर्न नसकेका हरेक विषय वस्तु र अवस्थालाई सबैमाझ र्छलङ्ग पारिदिने र समाजलाई सही मार्गमा डोर्‍याउने, अत्याचार, भ्रष्टाचार, दूराचार र विभिन्नखाले विकृतिका विरुद्ध जेहाद छेड्ने जस्तो अत्यन्तै महत्वपरूण दायित्व र जिम्मेवारी प्राप्त राज्यको चौंथो अंगका रुपमा स्थापित पत्रकारिता जगतलाई कुनै एक व्यक्तिको स्वार्थ र इशारामा चलाउने चेष्टा अर्थात् दूरुपयोग गर्न खोजीन्छ भने त्यस्तो पत्रिकाबाट आम पाठकले कस्तो सन्देश प्राप्त गर्लान् – प्रसङ्ग हो पत्रकार र पत्रकारिता बारे । Continue reading

सुचना ! सुचना !!

आदर्णीय नेपाली दाजुभाइ दिदिबहिनीहरु, नेपाल राष्ट्रिय खेलकुद परिषदबाट हामीलाई प्राप्त जानकारी अनुसार नेपाली क्रिकेट टोलि यहि मिति २९ मार्च २०१० बेलुकी ५.१५ को गल्फ एयर को फ्लाईट नम्बर GF 215 बाट कुवेतमा आगमन हुने भएको व्यहोरा यहाँहरुलाई सहर्ष  जानकारी गराउन चाहन्छौं. साथै उक्त अवसर मा नेपाली समाज तथा यस माउन्ट एभरेस्ट स्पोर्टिंग क्लबका पदाधिकारीहरु समेत बिमानस्थलमा स्वागत गर्न उपस्थित हुनेछन. Continue reading

सागरमाथा आरोही एन आर एन ए. सी. शेर्पालाई एन आर एन ए ले आफ्नो झंडा दियो

अमेरिकामा रहँदै आउनुभएका नेपाल पर्बतारोही संघका अध्यक्ष एन आर एन ए. सी. शेर्पालाई आज एक समारोहका बिच एन आर एन ए आई सी सी अफ्रीका क्षेत्रकी क्षेत्रीय संयोजक श्रीमती रंजना उदाशले एन आर एन ए को झंडा प्रदान गर्नु भएको छ | पूर्ब सहमति बमोजिम सागरमाथा आरोही श्री शेर्पाले एन आर एन ए को यो झंडा लाई सगरमाथाको शिखरमा फहराईदिनुहुनेछ | Continue reading

गिरीजा प्रसाद कोईरालाको निधन प्रति ईन्टरनेट वाटै समवेदना ब्यक्त

औपचारीक रुपमा अफिसियल हो वा हैन भनेर पुष्टी हुन नसके पनि गिरीजा प्रसाद कोईरालाको निधनमा उनि प्रति शोक जनाउनको लागी अनलाईन शोक पुष्तिका को बेव साईट सञ्चालन भएको छ ।  http://girijaprasadkoirala.com/guestbook/ मा गएर उनि प्रति समबेदना प्रकट गर्न सकिन्छ ।