शिवराम पौडेल, कुवेत
Expats Football Federation Kuwait को आयोजनामा, कुवेतको शोएख फूटबल मैदानमा 26 मार्च २०१० को दिन खेलिएको एसियन फूटबल लिग कुवेत सिजन वान गोल्डकप फूटबल टुर्नामेण्टमा नेपाललाई ईण्डियन गोवा ब्वायज 2 को बिरुद्द 4 गोलले हराएको छ । करिब 200 को हाराहारिमा नेपाली टिम सपोर्टरहरु सहित खेल मैदानमा उत्रिएका नेपाली खेलाडिहरुले निकै रोचक र आक्रमक खेल प्रदर्शन गर्दै खेलको हाफ टाइयाम पछी नेपालले 2 गोल गरेको थियो । जुन गोलबाट सारा खेलप्रेमी दर्शकहरु हर्ष बिभोर थिए ।
तर खेल को पुरैअवधी इन्डियन गोवा ब्वायजटिम र नेपाली टिम बिच निकै रोचक र आक्रमक खेल प्रदर्शनको बाबजुत पहिलो हाफमा इन्डियन गोवा ब्वायजले 3-० गोल को गरेको थियो । हाफ टाइयाम पछी नेपाली खेलाडिबाट सेलफ गोल हुन पुगेको ले 4 गोल खानु परेको थियो, समय ले साथ नदिए पछी कयै पटक नेपाली खेलाडिहरुले हानेको बल पोलमा लगेर फर्किएको थियो निकै रोचक र आक्रमक खेल पश्चात हारनुपर्द नेपाली दर्शकहरु निरासिएता पनि खेलाडिहरुलाई तालिले स्वागत गरेका थिए। यस् हार बाट नेपाल एसियन फूटबल लिग कुवेत सिजन वान गोल्डकप फूटबल २०१० टुर्नामेण्टबाट बाहिरेको छ । 















































