Daily Archives: 27/03/2010

के गर्दै छन् एसएलसीका बोर्डफस्र्ट ?

एसएलसीमा सर्वोत्कृष्ट भएकाहरूबाट पक्कै पनि देशले ठूलो योगदानको अपेक्षा राखेको हुन्छ । यो अपेक्षा स्वाभाविक पनि हो । तर, पछिल्लो पुस्ताका एसएलसी टपरहरू भने स्वदेशमा भन्दा विदेशमै रमाएको पाइन्छ ।
प्रजातन्त्र पुनस्र्थापनापछिका एसएलसी परीक्षामा सर्वोत्कृष्ट ठहरिएका अधिकांशले चिकित्सा पेसा रोजेका छन् । उनीहरूमध्ये धेरैजसो विदेशमा छन् । केहीले विदेशमा बसेर पढाइलाई निरन्तरता दिएका छन् भने केही जागिर खाँदै छन् । चिकित्सापछि इन्जिनियरिङ पढ्नेको जमात ठूलो छ । Continue reading

डाइबिटिज : सहरमा बढ्दो खतरा

विशेषतः चिनीका कारण डाइबिटिज हुने आमबुझाइ छ । तर, चिनीका कारण डाइबिटिज नहुने चिकित्सक बताउँछन् । ँचिनीकै कारण होइन, तर डाइबिटिजका बिरामीले चिनी खानुहुँदैन’धनी र मोटाको मात्र रोग भनिन्छ, तर डाइबिटिज गरिब र दुब्लालाई पनि लाग्छ । उमेर पुगेका मात्र होइन, बालक पनि यो रोगबाट पीडित छन् । धेरै भोक लाग्ने, तर धेरै खान नहुने, गुलियो खान नहुने अनि रगतमा चिनी बढ्ने र मोटो अवस्थामा रोग लागेपछि मान्छे दुब्लाउँदै जाने रोग डाइबिटिज हो । आधुनिकीकरण जीवनशैलीका कारण खानपानमा आएको परिवर्तन, बढी मात्रामा प्रशोधित खाना खाँदा, चिल्लो, गुलियो बढी खाँदा र हिँडडुल नगर्दा शरीरमा शक्ति सञ्चय हुँदै जाने र मोटोपन बढ्दै गएर डाइबिटिज हुने सम्भावना हुन्छ । Continue reading

चीनले ल्हासाको रेल नेपालसम्मै जोड्ने

 पूर्ण बस्नेत,

हङकङ,  चीनले तिब्बतको राजधानी ल्हासाबाट नेपालको सिमानासम्म रेल लाईन विस्तार गर्ने भएको छ। रक्षामन्त्री विद्या भण्डारीसँग शुक्रबार बेइजिङमा भएको भेटमा चिनियाँ कम्युनिष्ट पार्टी स्थाई समितिका पोलिटब्यूरो सदस्य जोउ योङकाङले उक्त जानकारी दिएका हुन्। योङकाङले तिब्बतको राजधानीबाट नेपालको सिमासम्म रेल पुर्‍याउने बचन दिएका छन् बेइजिङमा मन्त्री भण्डारीसँगै रहेका प्रेस सल्लाहकार सुवास देवकोटाले भने। केही वर्षदेखि द्विपक्षीय छलफलमा यो कुरा उठ्दै आए पनि विस्तृत योजना बनेको छैन।
ग्रेट हल अफ दि पीपुलमा भएको ४५ मिनेट लामो भेटमा ५५ वर्ष पुरानो नेपाल-चीन सम्बन्धलाई अझै सुदृढ बनाउनेबारे छलफल भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ। ‘राष्ट्रिय स्वाधिनता, सार्वभौमिकता तथा अखण्डताको रक्षाका लागि नेपालको प्रयासलाई चीन समर्थन गर्दछ र नेपालले छनोट गर्ने विकासको मोडलको पनि सम्मान गर्दछ”, वरिष्ठ चिनियाँ नेता योङकाङको भनाई उद्धृत गर्दै सिन्ह्वाले लेखेको छ।
कम्युनिष्ट नेता योङकाङले नेपालसँग भ्रमण आदान-प्रदान र सहयोग बढाउने बताउँदै १४ सय किलोमिटर लामो नेपाल-तिब्बत सिमा क्षेत्रको सुरक्षाका लागि सहकार्यमा जोड दिएका छन्। उनले तिब्बत विरोधी गतिविधि नियन्त्रण गरेकोमा नेपालको प्रशंशा पनि गरे।
भेटमा मन्त्री भण्डारीले निस्वार्थ सहयोग गर्ने चीनको तरिकालाई नेपाली जनताले सम्मान गरेको बताइन। चीन भ्रमणमा रहेकी रक्षामन्त्री भण्डारीले बिहिबार चिनियाँ रक्षामन्त्री जनरल लियाङ ग्वाङलिएसँग भेट गरेकी थिइन।

 

बिहारमा माओवादीले उडाए प्रहरी चौकी

पटना, माओवादीले बिहारको एक जिल्लामा बन्दै गरेको प्रहरी कार्यालय ध्वस्त बनाएका छन्। बिहारको रोतास जिल्लाको प्रहरी चौकी र १५ मालबाहक ट्रकमा माओवादीले आगो लगाएको प्रहरीले जनाएको छ।आगो लगाइएका ट्रकहरु सडक निर्माण गर्ने एक कम्पनीको भएको प्रहरीले जानकारी दिएको छ। सयभन्दा बढी माओवादीहरुले प्रहरी चौकीमा आक्रमण गरेका थिए। शुक्रबार राति उनीहरुले गरेको आक्रमणमा प्रहरीतर्फ मानवीय क्षति भने नभएको जनाइएको छ।प्रहरीले घटनामा संलग्न माओवादीको खोजी भइरहेको जनाएको छ।

एसियन फूटबल लिग कुवेत सिजन वान गोल्डकप फूटबल टुर्नामेण्टबाट नेपाल बाहिरिएको छ ।

शिवराम पौडेल, कुवेत

Expats Football Federation Kuwait को आयोजनामा, कुवेतको शोएख फूटबल मैदानमा 26 मार्च २०१० को दिन खेलिएको एसियन फूटबल लिग कुवेत सिजन वान गोल्डकप फूटबल टुर्नामेण्टमा नेपाललाई ईण्डियन गोवा ब्वायज 2 को बिरुद्द 4 गोलले हराएको छ । करिब 200 को हाराहारिमा नेपाली टिम सपोर्टरहरु सहित खेल मैदानमा उत्रिएका नेपाली खेलाडिहरुले निकै रोचक र आक्रमक खेल प्रदर्शन गर्दै खेलको हाफ टाइयाम पछी नेपालले 2 गोल गरेको थियो । Continue reading

एसीसी एलाइट ट्रफी उत्साहित नेपाल कुवेत मिसनमा

काठमाडौ, चैत्र १३ – आईसीसीस्तरको प्रतियोगितामा पाएको सफलतापछि थप आत्मविश्वासी नेपाली क्रिकेट टिम अर्को इतिहास रच्ने मनसायले कुवेत प्रस्थान गर्दै छ । कुवेतमा मार्च ३१ देखि अपि्रल ९ सम्म हुने एसीसी ट्रफी एलाइट २०१० क्रिकेटमा सहभागी हुने नेपाली टिम त्रिवि अन्तर्राष्ट्रिय त्रिकेट मैदान कीर्तिपुरमा तयारीमा व्यस्त छ ।

नेपाल क्रिकेट संघ -क्यान) ले कुवेत जानका लागि काठमाडौंमा सम्पन्न आईसीसी वल्र्ड लिग क्रिकेट डिभिजन-५ को विजयी टिमलाई दोहोर्‍याएको छ । नेपालले त्यस लिगमा सफलता पाउँदै आफूलाई डिभिजन-४ मा उकालेको थियो र सन् २०१५ विश्वकप क्रिकेटमा प्रवेशको सम्भावना कायम राखेको छ । Continue reading

मानिसको औसत समय कसरी बित्छ ?

मानिसको औसत आयु भनेको लगभग ६५ देखी ७० बर्ष हो र यति उमेर भित्र मानिसले के के गरेर समय बिताउदो रहेछ त ? तल लेखिएका बुदाँहरु हेरौ र हामी पनि बिचार गरौ कि यो देखी बाहेक अरु पनि केही गर्ने कि ? Continue reading