Daily Archives: 25/03/2010

हार्दिक श्रद्धाञ्जली !!

माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव काठमाण्डौ, कुवेतका सचिव श्री ईन्द्र प्रसाद भूषालज्यूको कर्तव्यनिष्ट पिता गंगाधर भूषालको नेपालमा २४ मार्च २०१० को बिहान, ६२ बर्षको उमेरमै असामयिक देहावसानको समाचारले सम्पूर्ण माउण्ट एभरेष्ट क्लव एवं कुवेतनेपाल डटकम परिवारलाई अत्यान्तै स्तव्ध र मर्माहत तुल्याएको छ । Continue reading

बिना जानकारी डाकबाहकलाई अवकास

दमन राई
खोटाङ- बिना जानकारी जिल्ला हुलाक कार्यलय खोटाङले डाकबाहक बुद्धीप्रसाद तिमीलसीनालाई अवकास दिएको छ । दिप्सुङ अतिरिक्त हुलाक कार्यलयदेखि बाक्सलासम्म डाक ओसार्दै आउनु भएका डाक बाहक बुद्धी तिम्सनालाई बिना जानकारी हुलाक कार्यलयका निमित्त प्रमुख गुणराज पाण्डेले अवकाश दिनु भएको हो । गाबिस सचिव कृष्ण आचार्यले दिएको बसाईसराईको सिफारिसको आधारमा डाक बाहक तिम्सनालाई अवकाश दिएको हुलाक कार्यलयका निमित्त प्रमुख पाण्डेले बताउनु भयो । हुलाक कार्यलयका निमित्त प्रमुख पाण्डेले डाक बाहक तिमीलसीनालाई अवकास दिएर दिप्सुङका सरला तिमीलसीनालाई नियुक्ती दिनु भएको छ । Continue reading

कोइरालाप्रति श्रद्धाञ्जली दिन अमेरिकामा बृहत शोकसभा हुने

बेद खरेल अमेरिका

नेपाली जनसम्पर्क समिति,अमेरिकाएकताको दोश्रो महाधिवेशन तयारी समिति ,न्यूयोर्क, अमेरिका 
 गत मार्च २० तारिख २०१० शनिवारका दिन नेपालको प्रजातान्त्रिक आन्दोलनका योद्धा एवम् नेपाली राजनीतिकका  शिखर पुरुष , नेपाली काङ्ग्रेसका सभापति  एवम् पूर्वप्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाको देहावसानको समाचारले सम्पुर्ण  नेपाली एवम् बिदेशी समुदायलाई स्तव्ध र अत्यन्त मर्माहत तुल्याएको छ ।यस दुखद घडीमा स्वकोइराला प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्न र राष्ट्रका लागि उहाँले पुरयाउनु भएको योगदानको उच्च सम्मान गर्न नेपाली जनसम्पर्क समिति अमेरिकाले आउँदो मार्च २८ तारिख आइतबारका दिन बृहत शोकसभा गर्ने भएको छ ।

Continue reading

एभिन्यूज टेलिभिजनसँग कुरा गर्दै पूर्व राजा ज्ञानेन्द्र शाह

Bal Bdr. Thapa

काठमाडौं,  पूर्व राजा ज्ञानेन्द्र शाहले राजसंस्था समाप्तीको कुरा ‘काल्पनिक’ मात्र भएको टिप्पणी गरेका छन् । ‘यो ‘हाइपोथेटिकल’ कुरा हो, राजसंस्था होस् वा राष्ट्रिय सवालमा जनताको विचार नै महत्वपूर्ण हुन्छ बुधबार एभिन्यूज टेलिभिजनसँग कुरा गर्दै उनले भने ‘जनता जनार्दन नै हुन्छन् । एभिन्यूज टेलिभिजनसँगको अन्तर्वार्तामा उनले राजसंस्था बिदाइ गर्ने निर्णयमा पुर्नविचार गर्नुपर्ने बताए । ‘जनताले यही चाहन्छन्, यही (राजसंस्था हटाउनु) ठीक छ, यही बाटो नै हिड्नुपर्छ भन्ने हो भने ठिकै छ ‘उहाँहरु (जनता) लाई कहिँ न कहिँ चित्त बुझेको छैन भने जसले शासन गरेका छन्, जनताको कुरालाई नै मान्यता दिनुपर्छ ।’ पूर्व राजाले राजसंस्था ब्युँताउन पर्दा पछाडी आफूले कुनै पनि भूमिका नखेलेको दाबी गरे । ‘यसो भए धेरै अगाडी, धेरै कुरा गरिसक्ने थिएँ, त्यो न चाहना छ न नियतनै उनले प्रष्ट्याए, ‘देशमा शान्ति होस् भनेर नै छाडेको हो, जनताले यो बुझिरहेका छन् मैले जति बुझेको छु, त्यो मैले राखेको छु । Continue reading

जिशिअलाई कालोमोसो

स्याङ्जा, नेपाल विद्यार्थी संघका कार्यकर्ताले स्याङ्जाका जिल्ला शिक्षा अधिकारी दुर्गाप्रसाद श्रेष्ठलाई मंगलबार कार्यकक्षभित्रै पसेर कालोमोसो दलेका छन् । कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको निधन भएको भोलिपल्ट आइतबार कक्षा ८ को जिल्लास्तरीय परीक्षा सञ्चालन गरेको भन्दै नेविसंघले उनलाई कालोमोसो दलेको हो ।सदरमुकामस्थित प्रगतिनगरमा रहेको शिक्षा कार्यालयमा अपराह्नमा पुगेका विद्यार्थीले ‘किन परीक्षा सञ्चालन गरेको ? भन्दै एक्कासी कालोमोसो दलिदिएका थिए । Continue reading

एसएलसीमा साइन्टिफिक क्याल्कुलेटर र मोबाइल निषेध

साढे १५ हजार प्रहरी परिचालन

काठमाडौं, यस वर्षको एसएलसी परीक्षामा विद्यार्थीलाई मोबाइल र साइन्टिफिक क्याल्कुलेटर निषेध गरिएको छ । १२ चैतबाट सुरु हुने एसएलसी परीक्षामा विद्यार्थीलाई मोबाइल र साइन्टिफिक क्याल्कुलेटर लैजान नदिन परीक्षा नियन्त्रण कार्यालयले केन्द्राध्यक्षहरूलाई निर्देशन दिएको छ । परीक्षालाई मर्यादित बनाउन यस्तो गरिएको परीक्षा नियन्त्रक चित्रप्रसाद देवकोटाले बताए । ‘यस वर्षको एसएलसीमा विद्यार्थीलाई मोबाइल, साइन्टिफिक क्याल्कुलेटर लैजान मनाही गरेका छौँ,’ परीक्षा नियन्त्रक देवकोटाले भने, ‘यस्ता सामग्रीको निगरानी गर्न केन्द्राध्यक्षहरूलाई भनिसकेका छौँ । साइन्टिफिक क्याल्कुलेटरबाट सजिलै उत्तर निकाल्न सकिने र मोबाइलबाट प्रश्नको उत्तर सोध्ने र बिस्तारै बोल्नेलगायत गतिविधि हुने भएकाले निषेध गरिएको नियन्त्रकको भनाइ छ । ‘परीक्षा दिन हलमा पुगेका विद्यार्थी ठूलै आपत्ति परे पनि तीन घन्टा बाहिर निस्कँदैनन् । त्यसैले मोबाइलनिषेध गरेका हौँ,’ उनले भने, ‘प्रवेशपत्र लिन आउँदा मोबाइल र साइन्टिफिक क्याल्कुलेटर नलेऊ भनेर सम्झाउन भनेका छौँ । यस वर्ष परीक्षामा अलि कडाइ गरिएको छ ।’ यस वर्ष केन्द्रहरूमा परीक्षा सहयोग समितिसमेत बनाएको छ । Continue reading

ए माधव ! यता सुन

 प्रचण्ड फेरि आए भने भन्देऊ माधव— लुब्ध श्वानका मुखमा परेको मासुको चोक्टो माग्न तिमीलाई लाज लाग्दैन ?

 माधवकुमार नेपाल,सरकारमा तिम्रो चरित्र र चर्तिकला हेर्दा तिमी सम्माननीय, माननीय, श्रीमान्, हजुर र तपाईं भनिनलायक रहेनौ । ‘थाहा’ अभियन्ता रूपचन्द्र विष्ट बाँचिरहेका भए तिनले तिमीलाई ‘तँ भाते’ भन्थे । तर, त्यत्रो नैतिक शक्ति, साहस र शौर्य मसँग छैन । त्यसैले, तिमीलाई तिम्रो वास्तविक हैसियतभन्दा एक तह माथि राखेर ‘तिमी’ को भाकामा म तिमीलाई सम्बोधन गर्दै छु । माधव, तिमी प्रधानमन्त्रीको कुर्सीमा किर्नोभै टाँस्सिरहेकै छौ । तिम्रो नेतृत्वको मन्त्रिपरिषद् जुवाको खाल, भङ्ज्याहाको झुन्ड वा डकैतीको हिसाब नमिलेका डाँकाहरूको बगालतुल्य भएको छ । बैठकमा तिम्रा मन्त्रीहरू तिम्रै साक्षी-रोहबरमा हात हालाहाल गर्न तम्सिन्छन्, अशिष्ट वचनको वर्षा गर्छन् । तिमी मृतवत् मुद्रामा सुन्छौ र ट्वाँ परेर हेर्छौ । तिम्रो कुनै मन्त्री सिडिओलाई कुट्छ, कुनै मन्त्री कर्मचारीको भान्सेलाई लछार्छ, कुनै मन्त्री अनमिनलाई तथानाम भन्छ, कुनै मन्त्री तिम्रो आज्ञालाई लोप्पा ख्वाउँछ । यथार्थमा कुनै पनि मन्त्री तिमीलाई माखोबराबर गन्दैन । तर, तिमी लाचार छौ, आपना मन्त्रीलाई अदपकाइदामा राख्न सक्दैनौ । निकुञ्जमा लोक्ता बटुल्न गएका दलित नारीहरू सैनिक जवानका हातबाट पक्राउ पर्छन्, Continue reading