सुनको भन्सार बढ्यो

काठमाडौं,  सरकारले आइतबारदेखि सुनको भन्सार दर वृद्धि गरी प्रति १० ग्रामको ४ सय ७० रुपियाँ कायम गरेको छ। आर्थिक अध्यादेश पहिलो संशोधन २०६६ को दफा १८ (क) ले दिएको अधिकार प्रयोग गरी सुनको आयातमा यसअघि लाग्दै आएको प्रति १० ग्राम १ सय ३० रुपियाँबाट वृद्धि गरी प्रति १० ग्राम ४ सय ७० रुपियाँ कायम गरेको हो।

भारतले हालै सार्वजनिक गरेको बजेटले सुनमा भन्सार दर वृद्धि गरेकोले भारतमा सुन महँगो तर नेपालमा सस्तो भएको थियो। यसले गर्दा नेपालबाट भारतमा सुन जाने सम्भावना बढेकाले सरकारले भन्सार दर बढाएको हो। भारतको बराबर भन्सार बढेपछि नेपालमा पनि सुन केही सस्तो र किनबेच गर्न सहज हुने नेपाल सुनचाँदी व्यवसायी संघका अध्यक्ष तेजरत्न शाक्यले बताउनुभयो। यसअघि स्थानीय बजारमा सुनको अभाव भएकाले सुनको मूल्य प्रतितोला ५ सय रुपियाँसम्म वृद्धि भएको थियो। भारतले सुनमा भन्सार दर वृद्धि गरेपछि केही समयलाई रोकिएको आयात अब खुल्ला हुने उहाँले बताउनुभयो।
चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा साढे ३३ अर्ब रुपियाँको सुन आयात भएको छ। गतवर्षसोही अवधिको तुलनामा ८ अर्ब १७ करोड रुपियाँको मात्र सुन आयात भएको थियो। चालू आवको ६ महिनाको अवधिमा २५ अर्ब रुपियाँभन्दा बढीको सुन आयात भएको छ। आइतबार सुनको मूल्य तोलाको ३२ हजार ३ सय रुपियाँमा कारोबार भएको छ।

नेपालको बजारलाई आवश्यक पर्ने सुन हयान्डक्यारीमार्फ खुला गर्न उहाँले सरकारसँग माग गर्नुभएको छ। हाल दैनिक २० किलो सुन माग भएकाले सो मागलाई पूरा गर्न संघको सहकार्यमा सुन आयात गर्न दिनुपर्ने तर्क उहाँको छ। सुनको आयात बढेर देशको अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्ने देखिएपछि सरकारले गत माघमा सुनको आयातलाई निरुत्साहित गरेको थियो। नेपालको आवश्यकतालाई पूरा गर्न हयान्डक्यारीबाट सुन आयात गर्ने प्रावधान भए पनि गत १५ दिनदेखि सो माध्यबाट पनि सुन आयात बन्द भएको थियो। ठूलो परिमाणमा सुन आयात भएर राष्ट्रिय पुँजी बाहिरिएकाले अर्थतन्त्रमा संकट आउने देखेपछि सरकारले तत्कालका लागि सुन आयातमा नियन्त्रण गरेको हो।

नेपाल राष्ट्र बैंकले पनि सुनको आयात प्रयोजनका लागि एलसी, बैंक ग्यारेन्टी र सामान्य एलसी जारी गर्दा अनिवार्यरुपमा ४० प्रतिशत मार्जिन नगदमा राख्नुपर्ने निर्देशन जारी गरेको छ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

Gravatar
WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s