Daily Archives: 23/03/2010

दुई पेग लगाएपछि पुष्पकमल दाहालले माफी मागे

काठमाडौ- झण्डै एकवर्षसम्म राष्ट्रपतिको कदमलाई असंवैधानिक भन्दै सडकमा लाखे नाच देखाएर संविधान निर्माणमा अवरोध गरिरहेको माओवादीका अध्यक्ष पुष्पकमल दाहालले बुधवार राष्ट्रपति निवासमा दुई पेग लगाएपछि राष्ट्रपति डा. रामवरण यादवसमक्ष आफ्नो तर्फबाट भएका गल्तीमा आफूलाई माफी दिन माग गरेका छन्। Continue reading

‘कोइरालाको निधनमा माच्छापुच्छे पनि रोयो’

पोखरा, कुमारी हिमाल माच्छापुच्छे विहानै देखि बादल भित्र लुकेको थियो । माच्छापुच्छेले आफनो अनुहार बादलको घुम्टोले छेकेको थियो । नेपाली राजनीतिका योद्धाको निधनले माच्छापुच्छे ले आफुलाई हसाउन सकेन । सधै चम्किलो सुर्यमा टल्किने माच्छापुच्छे बादलबाट ओझेलमा दिनभरि हरायो । जसरी नेपाली धर्तीबाट गिरीजा प्रसाद कोइराल अस्ताउनु भयो । सधै पोखरा आउने पर्यटकको मनलोभ्याउने माच्छापुच्छे आइतबार रोएको भानहुन्थ्यो । सडकमा मानिसहरुको आवतजावत अन्य दिन भन्दा न्यून । सधै सवारीसाधनको चापले सडक पार गर्न कठिन हुने पोखराका सडक खुल्ला थिए । विहानैदेखि बन्द पोखराको बजार । Continue reading

डिजेल खायो प्रहरीले

कार्यालयबाट राति पैदल घर फिर्दै गरेका दुई व्यक्तिलाई कोटेश्वर प्रहरीले जबर्जस्ती पक्राउ गरी  २० लिटर डिजेल लिएको छ । सातदोबाटोस्थित दीप इन्टरप्राइजेज प्रालिबाट काम सकेर कोटेश्वर निवास र्फकन लागेका सिन्धुपाल्चोकका सुवर्णबहादुर कार्की र शंखमान तामाङलाई प्रहरीले यसरी ठगेको हो ।
इन्टरप्राइजेज सञ्चालक श्याम श्रेष्ठका अनुसार उनीहरू काम सकेर राति साढे ८ बजे कार्यालयबाट निस्केका थिए । बालकुमारी पुलबाट पैदल आइरहेका बेला प्रहरीले ‘कोटेश्वर पुर्‍याइदिने’ भन्दै भ्यानमा राखेको पीडितले बताए । ‘भ्यान रोकेर कता जाने भनेपछि कोटेश्वर भन्यौं,’ कार्कीले भने, ‘हामी छाडिदिन्छौं भन्दै चौकीमा ल्याएर थुने ।’ उनीहरू उक्त कम्पनीका सवारी चालक हुन् । उनीहरूलाई प्रहरीले रातभरि थुनेका थिए । कारण सोध्दा अपशब्द प्रयोग गर्दै गाली गरे । उनीहरूले भाडा तिर्ने पैसा नभएकाले पैदल कोठा जान लागेको बताउँदा पनि प्रहरीले गाली गरेको बताए । Continue reading

गभर्नर खतिवडाको पदबहाली / ‘तरलता समस्या निर्मूल पार्छु’

(काठमाडौं), नवनियुक्त गभर्नर डा. युवराज खतिवडाले सोमबारदेखि औपचारिक रूपमा पदभार ग्रहण गर्नुभएको छ। गत शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले उहाँलाई गभर्नरमा नियुक्त गरेको थियो। सोमबार एक समारोहका बीच प्रधान न्यायाधीश अनुपराज शर्माले डा. खतिवडालाई शपथग्रहण गराउनुभयो। उहाँको स्वागतमा आयोजित कार्यक्रममा बोल्दै गभर्नर खतिवडाले वित्तीय क्षेत्रमा विस्तार भए पनि अझै दुई तिहाइ जनता बैंकिङ सेवाबाट विमुख हुनुपरेको बताउनुभयो। Continue reading

जिल्ला प्रशासन घेर्दै महासंघ

चैत १० – नेपाल पत्रकार महासंघले जनकपुरमा सञ्चारकर्मीमाथि भएको कुटपिट तथा नागरिक सुरक्षाको माग गर्दै काठमाडौं र धनुषा जिल्ला प्रशासन कार्यालयमा धर्ना दिँदैछ। काठमाडौंमा दिउँसो ३ बजे धर्ना दिने कार्यक्रम छ।महासंघको आज बिहान बसेको आकस्मिक बैठकले  पत्रकार र नागरिकको सुरक्षा दिन सरकार पूर्णत असफल भएको ठहर गर्दै देशव्यापी आन्दोलनको घोषणा समेत गरेको छ। यसैगरी आजै धनुषा जिल्ला प्रशासन कार्यालयमा समेत सञ्चारकर्मीले धर्ना दिँदैछन्।शनिबार जनकपुरमा भएको प्रहरी दमनमा १२ भन्दा बढी पत्रकार घाइते भएका थिए। आइतबार पनि भानुचौकमा प्रहरीले घेराहाली पत्रकारलाई कुटपिट गरेको थियो।

गल्र्याम्म ढल्यो विश्वासको धरहरा

गिरिजाबाबु हुनुहुन्छ, उहाँले पक्कै केही गर्नुहुन्छ र राष्ट्रले निकास पाउँछ भन्ने विश्वासको धरहरा अब ढलेको छ नेपाली प्रजातान्त्रिक आन्दोलनका महान् हस्ती नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको निधनको खबरले स्तब्ध बनायो । उहाँको यस असामयिक निधनले नेपालको लामो प्रजातान्त्रिक आन्दोलन र पछिल्लो शान्ति-प्रक्रियाले आफ्नो भरोसायुक्त अभिभावक गुमाएको छ । यसअघि जबजब राष्ट्रमा राजनीतिक संकट आयो त्यतिखेर गिरिजाबाबु हुनुहुन्छ, उहाँले पक्कै केही गर्नुहुन्छ र राष्ट्रले निकास पाउँछ भन्ने विश्वास गर्ने ठाउँ थियो । Continue reading

बाहुनहरु सुँगुर पालनमा

दुर्गालाल केसी, दाङ् 

चैत्र १० -  पुरानो रुढिबादी परम्परालाई तोडदै तोड्दै केही बाहुनहरु  ठूलो रकम लगानी गरेर व्यावसायिक सुँगुरपालनमा लागेका छन् । समाजले आश्चर्य माने पनि उनीहरूले गत असारदेखि २ बिघा जमिन भाडामा लिएर सामूहिक सुँगुरपालन थालेका छन् । जनज्योति पशुपक्षी पालक कृषक सहकारी संस्था गठन गरेर उनीहरूले घोराही २ पनौरामा सुँगुरको खोर बनाएका छन् । एकैसाथ ९४ वटा सुँगुर पालेर उनीहरूले व्यवसाय सुरु गरेका हुन् । बाहुनको छोराले उपद्रो गर्न थाल्यो भनेर सबैले कुरा काटेका थिए, समूहका अध्यक्ष पुनाराम शर्माले भने, अहिले बिस्तारै बुझ्न थालेका छन् । Continue reading

सुनको भन्सार बढ्यो

काठमाडौं,  सरकारले आइतबारदेखि सुनको भन्सार दर वृद्धि गरी प्रति १० ग्रामको ४ सय ७० रुपियाँ कायम गरेको छ। आर्थिक अध्यादेश पहिलो संशोधन २०६६ को दफा १८ (क) ले दिएको अधिकार प्रयोग गरी सुनको आयातमा यसअघि लाग्दै आएको प्रति १० ग्राम १ सय ३० रुपियाँबाट वृद्धि गरी प्रति १० ग्राम ४ सय ७० रुपियाँ कायम गरेको हो। Continue reading