नेपाली दूतावास कुवेतले संवेदना पुस्तिकामा हस्ताक्षर संकलन गर्ने


२२ मार्च २०१०, कुवेत । नेपालको प्रजातान्त्रिक आन्दोलन देखी संघिय लोकतान्त्रिक जन-आन्दोलनसम्म आफुलाई निस्वार्थ: समर्पण गर्नु हुने राजनेता नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री स्व. गिरिजा प्रसाद कोइरालाको निधनप्रति मर्माहत बन्दै हालै मात्र कुवेत नगरीमा स्थापित नेपाली राजदूतावास कुवेतले हार्दिक श्रद्धाञ्जली अर्पणको निम्ती संवेदना पुस्तिकामा कुवेतवासी नेपालीहरुको हस्ताक्षर संकलन गर्ने व्यवस्था मिलाएको छ ।

२०१० मार्च २२ र २३ को दिन, बिहानको ठिक ११.३० बजेदेखी दिउँसोको १ बजेसम्म कुवेतको जुनुब सुरास्थित नेपाली दूतावासमा उपस्थित भई तमाम कुवेतवासी नेपालीहरुलाई संवेदना पुस्तिकामा हस्ताक्षर गरी राजनेता स्व. गिरिजा प्रसाद कोइराला प्रति श्रद्धाञ्जली अर्पण गर्नु हुन नेपाली दूतावास कुवेतको तर्फबाट दूतावासका दित्तिय सचिव श्री पुष्पराज भट्टराईज्यूले सार्वजनिक अनुरोध गर्नु भएको छ ।

यदी दूतावासको ठेगाना पत्ता लगाउन कठिनाई भएको खण्डमा दूतावासको संपर्क नं. २५२४३२५४ मा संपर्क गर्न सक्नु हुनेछ ।

कुवेतवासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरु; नेपालको इतिहाँसमा मात्र नभई दक्षिण एसियामै शिर्ष नेता भनेर मानिनु हुने हाम्रा राजनेता (राष्ट्रिय हिरो) स्व. गिरिजा प्रसाद कोइरालाको दिवंगत आत्मको चिर शान्तिको कामना गर्दै र सारा शोक सन्तप्त देशवासी या प्रवासी नेपालीहरुमा धैर्यधारणताको शक्ती प्राप्तिको लागि प्रमेश्वरसँग प्रार्थना गर्दै, नेपाली दूतावास कुवेतले चलाएको श्रद्धाञ्जली हस्ताक्षर संकलन अभियानमा सबैको सहभागिताको लागि अनुरोध गर्दछौं ।

धन्यवाद ।

माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव एवं कुवेतनेपाल डटकम परिवार

One Response to नेपाली दूतावास कुवेतले संवेदना पुस्तिकामा हस्ताक्षर संकलन गर्ने

  1. Homnath Giri

    jaba Embassy raheko building maa Nepali Jhanda farfarai raheko dekhiyo sarai khusi lagyo, ra Nepal Embassy le kaam pani garna suru garisakechha ra Embassy maa tala kaam garne daju haru pani ati nai milan sar lagyo,ma yes Embassy ko uttar uttar pragati ko kamana gardachhu.

    Homnath Giri
    Al Amana Security Company

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s