जय आले, कुवेत
Expats Football Federation Kuwait को आयोजनामा, कुवेतको शोएख फूटबल मैदानमा १९ मार्च २०१० को दिन खेलिएको एसियन फूटबल लिग कुवेत सिजन वान गोल्डकप फूटबल टुर्नामेण्टमा नेपाललाई ईण्डियन चर्चिल टिमले १ को बिरुद्द ३ गोलले हराएको छ । करिब ५०० को हाराहारिमा नेपाली टिम सपोर्टरहरु सहित खेल मैदानमा उत्रिएका नेपाली खेलाडिहरुले पहिलो हाफमा निकै रोचक र आक्रमक खेल प्रदर्शन गर्दै खेलको २७सौं मिनेटमै गोल गरेको थियो । जुन गोलबाट सारा खेलप्रेमी दर्शकहरु हर्ष बिभोर हुँदै नाचगान नै प्रस्तुत गरेका थिए ।
तर पहिलो हाफको पुरै अवधी इन्डियन टिमलाई दबाबमा राख्दै १-० गोलको अवश्थामा रहेको नेपाली टिम माथि दोस्रो हाफमा भनें इण्डियाले जादुको छडि नै चलाए बराबर भयो । यो कसैलाई पनि विश्वास नै भएन कि नेपाली खेलाडीहरु नर्मल अवस्थामा छन भनेर । टुर्नामेण्ट नै नेपालको पक्षमा पर्न सक्ने अपेक्षा गरिएको जहाँ नेपाली टिमले बंगलादेशसंग बराबरी र श्रीलंकालाई ५ गोल ठोकेको थियो त्यही नेपाली खेलाडिहरु १९ मार्चको खेलको सेकेण्ड हाफमा इण्डियन चर्चिलको बिरुद्द न त रक्षात्मक खेल्न सके न त आक्रमक नै, जसको फलस्वरुप इण्डियन चर्चिलले १ को बिरुद्द नेपाल माथि ३ गोल गरेर छाड्यो र नेपाललाई नकआउटको संघारमा धकेली दिएको छ । किनकी स्कोरको आधारमा नेपाली टिम आफ्नो पक्षबाट सेमिफाइनलमा प्रवेश गर्नको निम्ती इण्डियन चर्चिलसँग कम्तिमा पनि बराबरी हुन जरुरी थियो तर नतिजा उल्टो आएको छ ।
फेरिपनी अब हुने श्रीलंका र इण्डियन चर्चिलको खेलमा यदी श्रीलंकाले इण्डियन चर्चिललाई जित्न अथवा रोक्न समेत पनि सक्यो भनें र नेपालले इण्डियन गोवा व्वायजलाई हराउन सक्यो भनें नेपाल सेमीफाईनलमा जान सक्नेछ तर नेपालकै ५ गोल खाएको श्रीलंकाले नेपाललाई १ को बिरुद्द ३ गोल हान्ने इण्डियन चर्चिललाई रोक्न पक्कै पनि अर्को जादुको छडि चलाउनु पर्नेछ र नेपालले इण्डियन गोवा व्वायजलाई जित्न पनि कम चुनौतीपूर्ण छैन ।
१९ मार्चको हार पश्चात दर्शक दिर्घाबाट आएको उदासीनता र असन्तुष्टीलाई मध्यनजर गर्दै हामीले नेपाली टिम क्याप्टेन धर्म राज गिरीलाई हार्नुको रहस्य के हो ? भनेर सरल एवं छोटो सवाल राखेकोमा गिरी भन्नु हुन्छ, मुख्य कुरा हाम्रो खेलाडिहरु सक्षम भएपनी पावर पुगेन किनकी हाम्रो अभ्यास छैन । डाइरेक्ट आएर खेल्दा पहिलो हाफमै खेलाडिहरु थाकिसकेका हुन्छन अनी १५ मिनेट रेस्ट गरेर फेरी खेल्नु पर्दा पर्याप्त अभ्यास नभएको कारण कुनै पनि खेलाडी थाक्न सक्ने र रनिङ्गमा प्रोब्लम हुने हुनाले यो अवस्था आएको हो अन्यथा नसोंची दिनु होला । अनी हामीले आक्रमक खेल्न रनिङ्गमा प्रोब्लम हुने थाहा हुँदाहुँदै किन रक्षात्मक खेल्नु भएन त ? भन्दा गिरीको भनाई यस्तो छ, इण्डियन टिम हर दिन अभ्यास गरेकोले जती पनि रनिङ्ग गर्न सक्ने पावर उनीहरुमा थियो र खेल पनि निकै राम्रो अनी फास्ट छ र उनिहरु बढी आक्रमक खेले हामीहरु छिट्टै थकित भएकोले शायद हामीले हाम्रो सपोर्टरहरुले अपेक्षा गरे अनुरुप खेल्न र गोल गर्न सकेनौं ।
यस टुर्नामेण्टको आगामी खेल २६ मार्च २०१० को दिन, बेलुकीको ठिक ६ बजे, कुवेतको सोही शुवैख फूटबल मैदानमै नेपालले इन्डियन गोवा ब्वायजको बिरुद्द खेल्नेछ । उक्त अवसरमा समस्त कुवेतवासी खेलप्रेमी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई उपस्थित भई हाम्रा खेलाडिहरुको हौसला बुलन्द गराई गोवा ब्वायजको बिरुद्द बिजयी हाँसिल गर्न सक्ने माहौल सृजना गरी दिनु हुन माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव कार्यसमिति हार्दिक अनुरोध गर्दछ ।
टुर्नामेण्ट अवधीका केही फोटोहरु :-


















































Kheladi chhanot garda yeutai company ko nabbai sabai company ka stariya kheladi haru lai chhanera halnus ani matra jitchha Nepali le game natra uhi ho,, any way news dherai stariye chha.thanks for it.
manoj, kalika ra fuchhe vai le matra khelera kasari jintu ? kheladi kina change nagareko hijo ko captain Jiten Gurung le yo sabai sochnu parne thiyo. aru kunai pani kheladi le ramro khel pradarsan garenan sayed thakera hola tara substitude kheladi kina rakhne yedi change nagarne ho bhane??? ani hardaina ta Nepal yo kunai company ko khel hoina Desh Desh bich ko khel ho International Level ko.