FBI को Most Wanted मा परिएला है…!

संसार मै अत्यन्त शक्तिशाली गुप्तचर संस्था मानिएको FBI ले सबैभन्दा पछिल्लो प्रविधि प्रयोग गरेर ओशामा विन लादेन भन्दै स्पेन का राजनितिज्ञ Gaspar Llamazares को फोटो सार्वजनिक गरेको छ ।

ओशामा भनेर उनको फोटो सार्वजनिक गरेपछि उनलाई खुलेआम हिँड्न गाह्रो परेको तथा असुरक्षित महशुस भएको कुरा Gaspar Llamazares ले बताएका छन । FBI ले आफ्नो फोटोलाई अलिकति अल्टर गरेर, ओशामा को तस्विर भन्दै देखाउनुलाई एकदमै आपत्तिजनक र लज्जास्पद बताएकाछन् । स्पेन का ५२ वर्षिय Gaspar Llamazares, United Left coalition का भुतपुर्ब नेता हुन । Gaspar Llamazares ले भने अमेरिका को वरिष्ठ निकाय FBI ले तल्लो स्तर को काम गरेको भन्दै यसले आफूलाई हिँड्न गाह्रो परेको बताएकाछन् । यो फोटो सार्वजनिक भएर लादेनलाई त केही असर गर्ने छैन तर मलाई भने असुरक्षित गराएको छ, उनले भने । उता FBI का प्रवक्ता ले भने, गल्ति भएको स्विकार्दै Forensic Artists लाई ईन्टरनेट बाट डाउनलोड गरेको फोटो स्पेनिश नेता को हो भन्ने थाहा थिएन रे । ‍गुगल वाट लगभग दुई हजार फोटो लिई त्यसमा बिन लादेनको सक्कली फोटोलाई आधार मानि डिजीटल्ली ईन्ह्यान्स (Digitally enhanced ) गर्ने क्रममा भुल बस त्यसो हुन गएको FBI का अधिकारीले जनाएका छन ।
लादेनको भनिएको सो फोटो सर्वप्रथमा http://www.rewardsforjustice.net मा प्रकाशित भएको थियो । त्यही फोटोको कारण ति स्पेनि राजनितीज्ञ को जिवन असुरक्षित भएको भनि चौतर्फी आलोचना भए पछी त्यस साईट वाट सो फोटो निकालिएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

Gravatar
WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s