Daily Archives: 18/03/2010

सम्पूर्ण कुवेतबासी नेपालीहरुमा हार्दिक अनुरोध !!

यही आउदो १९ मार्च २०१०, शुक्रबार बेलुकी ५:०० बजे Shuwaikh Fire Station Football Ground मा सम्पन्न हुन गहिरहेको Asian Football League ” Season One” अन्तर्गत नेपाल र भारत बीचको प्रतिस्प्रधात्मक खेलमा Continue reading

एउटा क्षेप्यास्त्र बनाउने खर्चले के के गर्न पुग्छ ?

एउटा रसायन क्षेप्यास्त्र बनाउदा जति खर्च हुन्छ त्यस खर्चबाट अरु कति मानविय भलाईका लागि कार्यहरु गर्न सकिन्छ भन्ने बारेमा शायद हामीलाई कमै मात्र थाहा होला । हामीले सोचे भन्दा बढी कार्यहरु यसबाट गर्न सकिन्छ जस्तै : Continue reading

नेपालको अर्थतन्त्र कता जाँदैछ ??

चन्द्र तामाङ्ग, कुवेत   

आज मुलुकको राजनीतिक अवस्था दयनिय बन्दै गएको हामी सबैमा विदितै छ । राज्यमा कुनै पनि राजनीतिक पार्टीले स्थायित्व कायम गर्न पनि सकिरहेका छैनन् । राज्य दिनानुदिन व्यापार घाटाको रफ्तारमा दौडी रहेको छ । मुल्य बृदि दर उतारचढाव उस्तै छ, अब देशको अर्थतन्त्र कता जाँदैछ त ? प्रश्न गहन छ ! उत्तर सजिलो, व्यवहार कठिन । हरेक क्षेत्रमा उत्पादन कमी भई राखेको छ । यसको मतलब हाम्रो देशबाट निर्यात कमी भएको छ भनें आयातमा ३० अर्ब, ८२ करोड रुपैयाँ बराबरको निर्यात भएको छ भनें यसको ६ गुणा आयात बृदि भएको छ । तथ्यांक अनुसार यो रकम १ खर्ब, ८७ अर्ब पर्न आउँछ । बिगत ५ बर्ष देखी झन बृदि हाम्रो मुलुकमा खाधान्न, उर्जा, चारपाङ्ग्रे नानाथरिका सवारी साधनहरु भित्री रहेका छन । कृषि प्रधान भनेर नामांकरण गरिएको मुलुकमा सबैभन्दा कमी बजेट कृषिमै लगानी भएको छ । देशमा कुल कामदार संख्याको ७३ दशमलव ९ प्रतिशत कृषि क्षेत्रमा नै छन । कृषि भूमिलाई उर्वराशक्तीयूक्त बनाउने रसायन मलको भाउ आकाशिएको छ । उर्वरा भूमिहरु बाढी, पैरो र डुबानले त्यतीनै तहसनहस बनाउँदै छ । कृषि क्षेत्रमा आधुनिकिकरण गरेर नयाँ प्रवृत्तिको बिकासबाट पनि फाईदा हुने कुनै बातावरण सरकारले ल्याउन सकेको छैन । युवा जमातको कृषि क्षेत्रमा कुनै चासो देखिंदैन, दिनानुदिन बिदेश जाने क्रम बढ्दो छ । कृषि क्षेत्र वृद्द, बालबालिका र महिलाको भरमा चलेको छ, जसले गर्दा पनि खाधान्न उत्पादकत्व शक्ती कम हुँदै गएको छ । Continue reading

शौचालयको गुप्त बाटोबाट पुगिने अत्याधुनिक डान्स बार

चैत ५- प्रहरीले काठमाडौँमा अहिलेसम्म कै सबैभन्दा अत्याधुनिक बारमा छापा मारेको छ। शौचालयभित्रको गुप्त बाटोबाट मात्र जान सकिने यस डान्स बारमा ग्राहक हेरी विभिन्न कोठा छुट्याइएका थिए। विशेष कोठामा ग्राहकलाई पुर्‍याउन शौचालय मार्फत सुरुङ आकारको कोठाको निर्माण गरिएको थियो। Continue reading

विपासाका नौ अवतार

मुम्बई, चैत ५ (एजेन्सी)- बलिउड हिरोइनहरूमा एउटै फिल्ममा फरक रूपमा देखिने होड सुरु भएको छ। ‘ह्वाट्स योर राशी’मा प्रियंका चोपडाले १२ फरक भूमिकामा अभिनय गरेपछि अब धेरै अवतारमा देखिने पालो आएको छ, विपासा बसुको।ग्ल्यामर गुडिया’को छवि भएकी विपासा संजय गुप्ताको नयाँ फिल्म ‘पंख’मा उनी नौ फरक रूपमा देखिने छन्। अप्रिल २ मा रिलिज हुने यो फिल्ममा उनी बलिउड हिरोइनको भूमिका छन्। ‘हिरोइनको रोल भएकाले फरक देखिनका लागि धेरै युवतीजस्तो देखिनु परेको हो  विपासाले भनिन्। Continue reading

चैत १९ पछि कसरी विदेश उड्छन् नेपाली?

चैत ४- अन्तर्राष्ट्रिय नागरिक उड्ययन संगठन (आइकाओ) को प्रवधानअनुसार चैत १९ पछि नेपालले आधुनिक मेसिन रिडयवल पासपोर्ट (एमआरपी) लागू गर्नैपर्छ। यो समयसीमा आउन जम्मा १५ दिन बाँकी छ। सरकारले पासपोर्ट कहाँबाट खरिद गर्ने भन्नेसम्म निर्णय गर्न सकेको छैन। यस्तो अवस्थामा अब दुई हप्तामै एमआरपी जारी हुनै सक्तैन।त्यसो भए, चैत १९ पछि नेपाली नागरिकहरू कसरी विदेश यात्रा गर्छन्? परराष्ट्र मन्त्रालयका अनुसार देशभर दैनिक औषत् २ हजारभन्दा बढी राहदानी जारी हुनेगर्छ। केहि महिनायता यो संख्या झण्डै ५ हजार नाघ्ने गरेको गृह मन्त्रालयको तथ्यांक छ। उसो भए दैनिक हजारौं नेपाली नागरिक विदेश जानबाट बञ्चित हुनेछन्?स्वदेशमा उपचार नभएर विदेश लैजानुपर्ने अवस्थाका बिरामीदेखि वैदेशिक रोजगारीमा जाने युवा, अन्तर्राष्ट्रिय सभा-सम्मेलनमा भाग लिन जाने सरकारी/गैरसरकारी प्रतिनिधि कोही पनि विदेश उड्नै सक्तैनन् त? Continue reading

“ए” डिभिजन लिग, पुलिसले उछिन्यो मनाङलाई

काठमाडौ, चैत्र ४ – मनाङ-मस्र्याङदीले बुधबार दोहोरो धक्का बेहोर्‍यो । मच्छिन्द्रसँग बराबरी खेलेयता उसको प्रमुख प्रतिद्वन्द्वी निस्केको पुलिस शीर्ष स्थानमा उक्लिन सफल रह्यो । डिफेन्डिङ च्याम्पियन पुलिस १८ अंक जोडेर सहिद स्मारक सानमिगेल लिग ‘ए’ डिभिजन लिगमा अगाडि बढ्यो । उसलाई आठौं चरणको समाप्तिसम्म कसैले उछिन्ने छैनन् । Continue reading

कराँते खेलाडी मलेसियातर्फ

काठमाडौ, चैत्र ४ – मलेसियाको क्वालालम्पुरमा हुने प्रथम अल एसियन ओपन क्योकुसिन कान कराँते च्याम्पियनसिपमा सहभागिता जनाउन ३ खेलाडीसहित ५ सदस्यीय टोली बुधबार त्यसतर्फ गएको छ । मार्च १९ देखि २२ सम्म हुने प्रतियोगितामा अनिशा लामा, विर्जु महर्जन तथा माधव केसीले प्रतिस्पर्धा गर्नेछन् । Continue reading

बस कर्णालीमा खस्यो, ३० भन्दा बढी यात्रु वेपत्ता

सुर्खेत, चैत्र ५ – कालिकोटबाट सुर्खेत आइरहेको ना.३.ख ५८६८ नम्बरको बस बिहीबार बिहान कर्णाली नदीमा खस्दा ३० भन्दा बढी यात्रु हराइरहेका छन् । दैलेखको पिपलकोट गाविसस्थित कैतुमा बस सडकबाट २ सय ५० मिटर तल खसेको प्रहरीले जनाएको छ । कालिकोटबाट बस हिड्दा त्यसमा ३० यात्रु सवार थिए । बाटोमा पनि बसमा यात्रु थपिएका थिए । Continue reading

ताप्लेजुङमा भीषण आगलागी, १० घर जलेर नष्ट

ताप्लेजुङ, चैत्र ४ – बुधबार दिउसो नाङखोल्याङ क्षेत्रमा आगलागी हुँदा १० घर जलेर नष्ट भएका छन्भने एक महिला घाईते भएकी छन् । नाङखोल्याङ-५ की संगिता श्रेष्ठ आगोको लप्काले भेटेर घाइते भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक केशव वस्नेतले बताए । वस्नेतका अनुसार दिउँसो ११ बजे तिर आगलागी जंगलबाट शुरु भएको थियो । Continue reading

लेबनानमा नेपाली युवतीमाथि पारिवारिक बलात्कार

काठमाडौ, चैत्र ५ – सरकारले सुरक्षित गन्तव्य भन्दै पुनः खुलाउन लागेको मध्यपूर्वी मुलुक लेबनानमा सामूहिक पारिवारिक बलात्कारमा परेकी एक युवती न्याय माग्दै अदालत जाने भएकी छन् । नेपाली महिला असुरक्षित भएको भन्दै वैदेशिक रोजगार विभागले गत मंसिरदेखि लेबनान जान रोक लगाएको थियो । घरेलु काम (हाउसमेड) मा लेबनान गएकी ३० वर्षीय युवती घरमालिक र उनका दुई छोराहरूको सामूहिक बलात्कारमा परेकी थिइन् । Continue reading

पूर्व राजाको पालामा थुनिएका पत्रकारलाई ३५ हजार

पूर्व राजा ज्ञानेन्द्रको शासन कालमा गैरकानुनी रुपमा थुनामा राखिएका पत्रकारहरुले क्षतीपूर्ती बापत ३५ हजार क्षतीपूर्ती पाउने भएका छन् । यसरी थुनामा रहेका  पाँचथरका पत्रकार लवदेव ढुङ्गानालाई पुनरावेदन अदालत इलामले क्षतिपूर्ति दिनुपर्ने फैसला सुनाएको हो । २०६१ साल माघ १९ को कदमपछि ढुङ्गानालाई प्रहरीले फागुन २० गते पक्राउ गरी ५० दिन थुनामा राखेको थियो । Continue reading

कोइरालाको जिम्मेवारी दाहाललाई

१७ मार्च, कोइराला घर फर्किए ।

कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले आफूलाई जिम्मेवारी सम्हाल्न आग्रह गरेको माओवादी अध्यक्ष पुष्पकमल दाहालले बताएका छन् ।

आज गंगालाल हृदय केन्द्र पुगेर  कोइरालाको स्वास्थ्य स्थिति बुझेर फर्किएका दाहालले डिस्जार्चु हुनुअघि कोइरालाले आफुलाई त्यस्तो भनेको बताएका हुन । उहाँले गम्भीर मुद्रामा जिम्मेवारी तपाइको काँधमा छ सम्हाल्नुस भन्नु भयो, कोइरालासँगको संक्षिप्त कुराकानी सुनाउदै दाहालले पत्रकारहरुसँग भने, मैले मेरो तर्फबाट सकेको गर्छु भने । कुराकानी राजनीतिक गतिरोध अन्त्य गर्नेमा केन्द्रीत रहेको उनले बताए । Continue reading