संसारको सबैभन्दा होचो मानिसको रेकर्ड कायम भएका मंगोलियाका हे पिङपिङको शनिबार मृत्यु भएपछि नेपालका खगेन्द्र थापा सबैभन्दा होचो मानिस हुने पक्का भएको छ।
२१ वर्षीय पिङपिङ र १८ वर्षपुग्न लागेका खगेन्द्रको गत महिना इटालीमा भेटसमेत भएको थियो। रोममा मुटुको ब्यथाका कारण शनिबार उनको मृत्यु भएको पुष्टि बीबीसीले गरेको छ। उनी २९ इन्चका थिए। खगेन्द्र भने २२ इन्चका मात्र छन्।
खगेन्द्रका पिता रूपबहादुरले पिङपिङको मृत्युमा शोक व्यक्त गर्दै गत महिना आफूहरूले उनलाई रोममा भेट्दा उनी स्वस्थ देखिएको हिन्दुस्तान टाइम्सलाई बताएका छन्। गिनिज कमिटीले बताएअनुसार खगेन्द्रले रेकर्डका लागि उनी १८ वर्षपुग्नुपर्ने त्यसैले अझ केही महिना कुर्नुपर्ने बताएको थियो। उनी अहिले १७ वर्ष५ महिना पुगेका छन्।
Source – नेस















































