अब नेपालमा पनि साइवर प्रहरी


सबै क्षेत्रमा जे गर्नपनि छुट भएको नेपालमा साइवरस्पेश नियन्त्रण हुने कुरै भएन । सूचना प्रविधिको बढ्दो प्रयोगसंगै यसको सदुपयोग भन्दा दुरुपयोग गर्नेहरुका लागि यो छुट बरदान सावित भइरहेको छ नै । किनकी अन्त अपराध गर्दा त पक्राउ पर्ने डर हुन्छ । तर साइवर अपराध गर्दा के को डर भन्ने साइवर अपराधीको सोच हुनु सामान्य पनि हो । तर सधै यस्ता दिन कहां रहन्छन र । अब प्रहरीको साइवर अपराधमा पनि आंखा परिसकेको छ । महानगरिय प्रहरी परिसरले यसको प्रारम्भ गर्दै साइवर अपराधीहरुलाई पनि अन्य अपराधी सरह कार्वाही गर्ने तयारी गरेको छ ।

यसका लागि परिसरले २ जना विज्ञलाइ संलग्न गराएर साइवर अपराध मात्र हेर्ने सेल नै गठन गरेको छ । जसको काम हुन्छ साइवरस्पेशको अनुगमन गरी अपराधको पहिचान गर्ने र अपराधीको खोजी गर्ने । नेपालमा साइवर अपराधको संख्यामा बृद्धी हुंदै गएको छ नै । तर ति अपराधहरु सार्वजनिक नहुंदा कस्ता कस्ता अपराध भइरहेका छन भन्ने सार्वजनिक भएको छैन ।

साइवर अपराधको रुपमा प्रारम्भमा हत्या नै भएको थियो । पिडित र पिडक दुबैको नाम र घटना मिति यकिन भएन । तर च्याट मार्फत झांगिएको प्रेम अन्तमा टुट्ने मोडमा पुग्दा विछिप्त बनेको एक युवाले आफ्नी प्रेमिकालाइ खुकुरीले छप्काएर मारेको घटना काठमाडौंमा चर्चामा थियो । तर घटना सेलाउंदै गयो अनी सूचना प्रविधि मार्फत हुने अपराध पनि ओझेलमा पर्यो । प्रहरी परम्परागत अपराधमा नै केन्द्रित बन्नपुग्यो ।
यस विचमा सरकारको आधिकारीक वेबसाइट नै ह्याक भयो । त्यसको समाचार पनि प्रकाशित भयो । पछि के के गरेर ह्याकरको हातवाट साइट त फिर्ता आयो तर अपराधीको खोजी भएन । परराष्ट्र मन्त्रालयको साइट ह्याक भयो । बल्ल बल्ल प्राविधिकहरुले साइटवाट ह्याकरलाइ धपाए । तर ह्याकर फन्दामा परेनन । चर्चित मुटु रोग विशेषज्ञ भगवान कोइरालाको हटमेल एकान्ट नै चोरी भयो । प्रहरीले १५ दिन लगाएर एकान्ट त फिर्ता ल्यायो तर चोरको पहिचान गरेन । काठमाडौंको राम्रो होटलमध्ये पर्ने द्धारिका होटललाइ बदनाम गर्न फ्रड होटल डक कमको नाममा द्धारीकाको बदनाम भयो । तर सूचना प्रविधि मार्फत अर्काको बदनाम गराउनेहरु प्रहरीको फन्दामा परेनन ।

यी त भए केही साइवर अपराधका सुचि मात्र । यसमा धेरै गम्भिर प्रकारका अपराधको सूचि नसमेटिएको पनि हुनसक्छ । तर नेपालमा विस्तारै साइवरस्वपेश मार्फत अपराध बढ्दै गएको पुष्टीका लागि यि उदाहरण काफि छ । अनी यि उदाहरणहरुले नेपालमा साइवर प्रहरीको आवश्यकताको पुष्टी पनि गरिरहेको छ । यस अर्थमा प्रहरीले जे काम शुरु गरेको छ त्यो प्रशंसनिय हो । तर यसको प्रभावकारीता कत्तिको हुने त्यो भोलिका दिनमा सेलले गर्ने कामले पुष्टी गर्नेछ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s