Daily Archives: 17/03/2010

खगेन्द्र स्वतः सबभन्दा होचा

संसारको सबैभन्दा होचो मानिसको रेकर्ड कायम भएका मंगोलियाका हे पिङपिङको शनिबार मृत्यु भएपछि नेपालका खगेन्द्र थापा सबैभन्दा होचो मानिस हुने पक्का भएको छ।

२१ वर्षीय पिङपिङ र १८ वर्षपुग्न लागेका खगेन्द्रको गत महिना इटालीमा भेटसमेत भएको थियो। रोममा मुटुको ब्यथाका कारण शनिबार उनको मृत्यु भएको पुष्टि बीबीसीले गरेको छ। उनी २९ इन्चका थिए। खगेन्द्र भने २२ इन्चका मात्र छन्।

खगेन्द्रका पिता रूपबहादुरले पिङपिङको मृत्युमा शोक व्यक्त गर्दै गत महिना आफूहरूले उनलाई रोममा भेट्दा उनी स्वस्थ देखिएको हिन्दुस्तान टाइम्सलाई बताएका छन्। Continue reading

एसएलसीका लागि सेनाको पनि सहयोग लिइने

विगत वर्षा देखिएको परीक्षा प्रणाली सुधार गर्दै यस वर्षको एसलएलसी परीक्षामा सुरक्षा व्यवस्था अत्यन्तै कडा बनाउने भएको छ।

विशेष गरी तराईका आठ र अन्य गरी करिब एक दर्जन जिल्लामा व्यापक असुरक्षा, अभिभावककै संलग्नतामा चिट चोराउने र केन्द्र परिवर्तन गर्ने प्रवृत्ति बढेपछि सरकारले सेनासहित सबै सुरक्षा निकाय परिचालन गरी सुरक्षा व्यवस्था कडा पार्ने निर्णयगरेको छ। Continue reading

पूर्वराजा ज्ञानेन्द्रको नाममा नेबैलिमा नौ खाता

तत्कालीन राजा ज्ञानेन्द्रका नाममा नेपाल बैङ्क लिमिटेड प्रधान कार्यालयमा नौवटा खाता रहेको जानकारी प्राप्त भएको छ । सो खाताबारे बैङ्कले हनुमानढोका दरबार हेरचाह अड्डालाई लिखित जानकारी दिएको हो । बैङ्कका ती खातामा एक करोड ११ लाख रुपियाँ रहेको छ ।

तत्कालीन दरबार प्रशासनले यी खाताबारे गोप्यता राखेको थियो भने हाल सो अड्डाले बैङ्कलाई पत्र पठाई उक्त खाताबारे विवरण पठाउन अनुरोध गरेको थियो । Continue reading

आरसीटीको चौथो हार

काठमाडौ, चैत्र ४ –  सहिद स्मारक सानमिगेल ‘ए’ डिभिजन लिगको पूर्वसन्ध्यामा उपाधिको दाबेदार मानिएको आरसीटीले लगातार तेस्रो हार मंगलबार बेहोरेको छ । उसलाई आर्मीले २-० ले हरायो । अर्को खेलमा ब्वाइज युनियनमाथि १-० को जित दर्ता गरेर जावलाखेल रेलिगेसन क्षेत्रबाट माथि उक्लियो ।

सात चरणको समाप्तिमा चौथो हार बेहोरेपछि आरसीटीको सातौंपल्ट लिग च्याम्पियन बन्ने योजनामा ठूलो धक्का लागेको छ । Continue reading

अब नेपालमा पनि साइवर प्रहरी

सबै क्षेत्रमा जे गर्नपनि छुट भएको नेपालमा साइवरस्पेश नियन्त्रण हुने कुरै भएन । सूचना प्रविधिको बढ्दो प्रयोगसंगै यसको सदुपयोग भन्दा दुरुपयोग गर्नेहरुका लागि यो छुट बरदान सावित भइरहेको छ नै । किनकी अन्त अपराध गर्दा त पक्राउ पर्ने डर हुन्छ । तर साइवर अपराध गर्दा के को डर भन्ने साइवर अपराधीको सोच हुनु सामान्य पनि हो । तर सधै यस्ता दिन कहां रहन्छन र । अब प्रहरीको साइवर अपराधमा पनि आंखा परिसकेको छ । महानगरिय प्रहरी परिसरले यसको प्रारम्भ गर्दै साइवर अपराधीहरुलाई पनि अन्य अपराधी सरह कार्वाही गर्ने तयारी गरेको छ । Continue reading

टेन्डरमा माओवादी एकलौटी

प्रतिस्पर्धा गर्न दिइएन: व्यवसायी   

पोखरा, चैत्र ४ –  व्यवसायीहरूलाई टेन्डर प्रतिस्पर्धामा जानै नदिई माओवादीले ठूलो कमिसन असुल्न लागेको छ ।उसले वाईसीएल परिचालन गरी आफूनिकट ठेकेदारलाई मात्रै टेन्डर भर्न लगाएर प्रतिस्पर्धामा अवरोध गरेको हो । टेन्डर परेका ठेकेदारबाट माओवादीले करिब साढे दुई करोड रुपैयाँ कमिसन लिन लागेको व्यवसायीले बताएका छन् । Continue reading

लेवनानमा कामदार पठाउन खुला हुने

काठमाडौ, चैत्र ३ – सरकारले महिला कामदारका लागि आकर्षक गन्तव्य लेवनानमा कामदार पठाउन पूर्ण रूपमा खुला गर्ने भएको छ । श्रम मन्त्रालय र व्यवसायीबीच भएको छलफलपछि मन्त्रालयले मंगलबार देखि लेवनान जाने कामदारलाई पूर्वस्वीकृति पनि दिने भएको छ । Continue reading