कुवेत नगरीमा पेशारत समस्त नेपाली दाजुभाई तथा दिदीबहिनीहरु;
तपाईंहरुको सहयोग एवं अथाह ममताबीच हालसालै यस नगरीमा संगठित कालीगण्डकी बचत समुहको एक जिम्मेवार पक्षबाट यस समुहको सैद्दान्तिक एवं नितिगत कार्यक्रमका टिका-टिप्पणीहरु बारे आज आम प्रवासी नेपालीहरुबीच सार्वजनिक गराउन चाहन्छौं । जसलाई निम्न बमोजिम ३ पृथक ढंगमा वर्गिकरण गरी सार्वजनिक गरिएको छ ।
१) कालीगण्डकी बचत समुहबारे छोटो परिचय :-
कालीगण्डकी बचत समुह २०१० साल जनवरी १५ तारिखको दिन कुवेत नगरीमा गठन भएको सँस्था हो । “सानो बचत ठुलो सृजना” भन्ने मुल उद्देश्यको साथ गठन भएको यो समुहमा हालसम्म १८ जना सदस्यहरुको सदस्यता रहेको छ । प्रत्येक महिनाको १५ तारिखमा मासिक बैठक बसी, प्रत्येक सदस्यबाट १० कुवेती दिनारको दरले रकम संकलन गर्ने र सो संकलित रकम जरुरी/आवश्यक परेको व्यक्तिले ऋण स्वरुप व्याजमा लिने व्यवस्था गरिएको छ । ऋण दिंदा कालीगण्डकीले आफ्नै नियम र बिधान अनुसारको कागजपत्रको आधारमा दिने प्रचलन राखेको छ । र जुन व्याज स्वरुप रकम संकलन हुन्छ सो रकम कुनै समाजसेवी काममा अथवा कल्याणकारी कार्यमा प्रयोग गर्ने हाम्रो सँस्थाको प्रतिवद्दता रहेको छ । साथै भविष्यमा यो सानो बचतबाट नेपालमा गएर पनि कुनै घरेलु कलकारखाना या गैरसरकारी सँस्था स्थापना गर्ने मनसाय यस कालीगण्डकी समुहले राखेको छ ।
२) कालीगण्डकी समुह गठन हुनुको मूल उद्वेश्य :-
हामी आफ्नो जन्मभूमी र घर-परिवार छाडेर केही कमाउनको लागि अनी भविष्यको लागि केही बचत गरौंला भन्ने उद्देश्यले विदेशिएका हुन्छौं, तर विदेश आईसकेपछी सबैको सपना साकार हुन्छ भन्ने छैन, किन भनें हाम्रो जागीरमा न त पेन्शन नै छ, न त भत्ता नै, कतिपयको कमाई नेपाल पठाएर घर व्यबहारमा नै सकिने हुन्छ भनें कतिपयको रकम दुरुपयोग भएर पनि सकिएको छ । यस्तो परिस्थितीमा एउटा समुह गठन गरी मासिक १० दिनारको हिसाबले रकम जम्मा गर्दा भविष्यको लागि केही रकम पनि जम्मा हुने र वर्तमानमा समेत केही समाजसेवाको काम पनि गर्न सकिने मनशायले यो सँस्थाको गठन गरी, जसको कालीगण्डकी बचत समुह भनी नामांकरण गरिएको हो ।
३) कालीगण्डकी बचत समुहको सामाजिक कार्य योजना :-
वास्तवमा बचत समुह भन्ने वाक्यले कुनै आर्थिक कारोबारको काम गर्ने सँस्था भन्ने जनाउँछ तर हाम्रो सँस्थाले आर्थिक कारोबारको साथसाथै सामाजिक कार्य पनि गर्ने योजना बनाएको छ । जस्तै: खेलकुदको आयोजना गर्ने, साँस्कृतिक कार्यक्रमको आयोजना गर्ने, दैवीप्रकोप र पिडितहरुलाई आफुले सकेको राहत उपलब्ध गराउने रहेको छ । र आगामी वार्षिकोत्सव पश्चात यस समुहको पुन: नामांकरण गरी कालीगण्डकी बचत समुहबाट कालीगण्डकी कल्याणकारी बचत समुहमा रुपान्तरण गरिने पनि हाम्रो कार्यकारीणी समितिको निर्णय रहेको सार्वजनिक गर्दछौं ।
धन्यवाद ।
सचिव/संयोजक/लेखक अध्यक्ष
आशिष कुँवर चेतराम मगर
संपर्क: ६५९९९११२ संपर्क: ५५९१६२५५
ईमेल: unique7799@yahoo.com
(कालीगण्डकी बचत समुह नेपाल, कुवेत)














































khusi lagyo kuwait ma pani yati ramro sastha gathan garnu vayakoma, hami pani yo sasthako sadasya banna sakchhau ki nai? yadi sakchhau vane k garnu parla?
good job ashish ji, best of luck !
Great initiative, all the best !!!
hello ashish ji all the best kali gandaki tem
suresh kumar gurung
tamu samaj kuwait
Namaste everybody
sarbapratham dgerai dherari dhanyabad patrakar sir haru lai hamro anurodh swikar gari jankari prakashit garidinu vayakoma, ani dhanyabad sampurna mitraharulai naya yatrako safaltako suvakamana dinu vayakoma.
thanks,
ashish kunwar
Good job Ashish bro. and kaligandaki whole team it is really nice job you are doing guys all the best if you gyus need any kind of help we are ready to support you always “Tamu samaj kuwait & Mesc Kuwait”
Amar Tamu
President -Tamu Samaj Kuwait / Committee Member – MESC Kuwait
Sampurna kaalighandaki team laai mero tharphabataa dherai dherai dhanyabaad yasai gari tapai haruko laksha ra udesya ko pailaa sadhai aagaadi bados ra khaas dhanyabaad chai Ashish jyulaai.
Dharma Raj Giri
NRNA/MESC
Dherai ramro kura ho Kaligandaki Team, I wish you all the best and hopefully to be member of your team.
Jham Tamang Kavreli
you guyes are doing grate job, wel done, and best of luck,
U r doing very nice job. all the best.
Shiva
good idea, and good job best of luck kaligandaki team and also ashish sir.
susan rana
pokhara
Ramro suruwat garnu vayako rahechha kaligandaki samuha uttar-uttar pragatiko suvakamana ani euta sathiko natale hardik suvakamana ashish ji lai sadhai safaltale chumos.
thank u
purnima lama
Namaste!
sampurna daju vai didi bahini haruma, ani hridaya dekhi nai avar byakta gardachhau yo hamro naya jos jagar ma hausala diyara coment lekhidinuvayakoma ra asa chha aru pathak le pani sujhab sallaha dinu hunechha,
“Kaligandaki samuha pariwar”
nepal -kuwait