ललितपुरको उत्तरीभेगमा रहेको खोकना गाविसलाई नमुना गाविस बनाउन प्रहरी र स्थानीय बासिन्दा एकजुट भएर लागिपरेका छन्।
उपत्यकामा परापूर्वकालदेखि घोडेजात्रा मनाउने गरिएको भए पनि खोकनाका बासिन्दाले घोडेजात्रालाई बहिस्कार गर्दै आएका छन्। सोमबारको घोडेजात्राकै दिन पारेर खोकनाका स्थानीय बासिन्दाले आफ्नो गाविसलाई मदिरा र जुवातास क्षेत्रमुक्त बनाउन प्रहरीको नेतृत्व राखेर अभियान शुरू गरेका छन्।
सो क्षेत्रमा जुवातास खेल्न प्रतिबन्ध लगाउने र जथाभाबी रूपमा जाँड-रक्सी सेवन गरी समाजमा खलल पुर्याउने कार्यलाई निरुत्साहित गर्न अभियान सञ्चालन गरिएको खोकनाका अगुवा राजेन्द्र महर्जनले जानकारी दिए। Continue reading
तपाईंहरुको सहयोग एवं अथाह ममताबीच हालसालै यस नगरीमा संगठित कालीगण्डकी बचत समुहको एक जिम्मेवार पक्षबाट यस समुहको सैद्दान्तिक एवं नितिगत कार्यक्रमका टिका-टिप्पणीहरु बारे आज आम प्रवासी नेपालीहरुबीच सार्वजनिक गराउन चाहन्छौं । जसलाई निम्न बमोजिम ३ पृथक ढंगमा वर्गिकरण गरी सार्वजनिक गरिएको छ ।
चैत्र ३ – आइतबार मध्य दिनमा ज्ञानेश्वरका कपिल शर्मा घट्टेकुलोबाट अनामनगरतिर १ सय ५० सिसीको मोटरसाइकल डोर्याउँदै थिए । मैतीदेवीको मोडैनेर पन्चर भएको मोटरसाइकल बत्ती नभएका कारण दुईवटा वर्कसपमा टाल्न नसकेपछि अर्कोको खोजीमा थिए । ‘बत्ती नभएपछि हावा हाल्न नसकिने हुँदा कसैले टाल्न मानेनन् पसिना पुछ्दै उनले भने ।यति मात्रै होइन पन्चर हुन एकछिनअघि मात्रै उनले मैतिदेवीमा इन्धन भर्दा प्रतिलिटर ८० रुपैयाँ तिर्नुपर्यो । ‘एकछिन अघिसम्म ७७ रुपैयाँ रहेको पेट्रोल त एकैछिनमा ८० पो पुगेछ,’ उनले थपे, ‘के हो बुझ्नै सकिएन ।
चैत्र ३ – आइतबार दिनभर घरमै फुर्सद बिताइरहेका उनको मोबाइल त्यति बेला स्विच अन भयो, जतिबेला दरबारमार्गमा गाडीको चाप बढदै थियो । डिस्को र पबहरू झिलिमिली हुन थाल्दै गर्दा फरकखाले जमघटका लागि गरिएको आग्रहपछि उनले ठूलो स्वरमा भने, ‘ओके राजा, म सिनामंगलबाट हिँडिहालें ।’ मालिंगो रेस्टुरेन्टको गजल बारमा निम्त्याइएका तीन ‘सेलिबि्रटी’ मध्ये नायक भुवन केसी आफैं गाडी हाँकेर आउँदै थिए । भुवनको स्वागतमा चाहिँ नवीन के भट्टराई हाजिर थिए । ‘अरे नवीन, तिमी अघि नै ?’ नायकले आफ्नै स्टाइलमा हात मिलाउँदै पप गायकलाई भने, ‘आज थुप्रैपछि भेट भो ।’ 
















































