अर्जुन दाहाल, यूएई
१४ मार्च दुबई । नेपाली समाज यूएई साझा संगठनको रुपमा रुपान्तरित भएपछि पहिलोपटक डाकिएको साधारणसभा गत शुक्रबार केही विषयमा विवाद उत्पन्न भई निष्कर्षबिहीन टुंगियो । १९९० मा स्थापित नेपाली समाज त्यहाँ दुई दर्जनभन्दा बढी संख्यामा रहेका विभिन्न सामाजिक संस्थाहरुको साझा संगठनको रुपमा विकसित भएको छ ।
साझा संगठनको रुपमा रुपान्तरण भएपश्चात् साझा अबधारणाको बिधान अनुमोदन कार्यलाई विशेष महत्व दिइन लागेको उक्त साधारणसभामा गणपुरक संख्या नपुगेको भनी केही पार्षद्हरुबाट बिरोधपूर्ण आवाज उठिरहेको भएता पनि आयोजकले साधारणसभा पूरा गर्न लागेको थियो । केन्द्रीय समितिका उपाध्यक्ष १ र कोषाध्यक्ष १ गरी दुईवटा रिक्त पदपूर्ति पनि साधारण सभामा निर्वाचनबाट गरिने भएकोले गणपुरक संख्या नभएबाट साधारणसभा र निर्वाचनसमेत अन्यौल स्थितिमा भइरहेको बेला केही व्यक्तिहरुले सहमतिको आधारमा भए रिक्त पदपूर्ति गर्न सकिने र मत खसालेर पदपूर्ति गर्ने भए गणपुरक संख्या पूरा गरेर मात्र गरिनु पर्ने कुरामा पदाधिकारी तथा केही पार्षद्हरुबीच विवाद उत्पन्न भई साधारणसभा नै निष्कर्षविहीन टुंगियो ।
कार्यक्रम स्थलमा तनावको स्थिति सृजना भएपछि उपस्थित पार्षद् पदाधिकारी र निर्वाचन समितिका सदस्यहरु तितरबितर भई कुनै घोषणा नै नगरी साधारणसभा असफल भएर गयो । यूएईकै सवभन्दा जेठो संस्था र साझा संस्थाको अबधारणामा रुपान्तरित संस्थाको साधारणसभा यसरी असफल हुनुमा संयोजन समिति र निर्वाचन समितिको अकर्मण्यता रहेको धेरैको धारणा रहेको छ ।
साधारणसभामा नियमतः पार्षद्हरुको मात्र उपस्थिति हुनु पर्नेमा गैर पार्षद्हरुलाई समेत प्रवेश दिइएकोले पनि यस्तो स्थिति सृजना भएको बुद्धिजीवी बताउँछन् । अनाधिकृत व्यक्तिहरुको उपस्थिति शुरुबाटै कार्यक्रममा रहेकोले यसको जिम्मेवारी आयोजकले लिनु पर्छ भन्ने कुरा बुद्धिजीवी बताउँछन् । त्यस्तै संयोजन समिति र सालाकहरुले कार्यक्रमको कुनै तयारीसमेत नगरेको प्रत्यक्ष देख्न सकिन्थ्यो । ती सवै कारणले कार्यक्रम असफल हुन पुगेको जानिफकारहरु बताउँछन् । एक थरिका बुद्धिजीवीहरुले नेपाली समाजमा एमालेकरण हुन लागेको र समाजको नेतृत्व तहमा लागेका व्यक्तिहरुले आफूले एकै क्षणअघि घोषणा गरेको बिधान मिच्ने दुस्प्रयास गरेकोले यस्तो स्थितिको सृजना भएको हो भन्दछन् ।
नियमतः गणपूरक संख्या नपुग्दा अर्काेपटक साधारणसभा बोलाउँदा २५% पार्षद्को उपस्थितिले पनि साधारणसभा गर्ने प्रचलन हुन्छ । तर यी कुराहरुलाई पटक्कै ध्यानमा नराखी हचुवाको भरमा साधारणसभा त्यही दिन नै गरिन लागेकोले यो असफल हुने संकेत कार्यक्रमको शुरुमै देखिएको थियो । निर्वाचन समितिका एक सदस्यले झन् हामीले निर्वाचन होइन पदपूर्ति गर्न लागेको भनेपछि माहौल नै फेरिएको थियो किनकि सवैलाई निर्वाचन समिति गठन गरेको सूचना प्राप्त भएको थियो । केही बुद्धिजीवी र पार्षद्हरुले शुरुमै आयोजकलाई यस कुराको जानकारी दिए पनि आयोजकले नसुनेझैं गरेको स्थिति थियो । साचालक र निर्वाचन समितिका सदस्यहरुको हतारिएको मनस्थितिले पनि यो कुराको पुष्टि गरेकोथियो । निर्वाचनमा उपाध्यक्ष पदमा सालिकराम सुवेदी अजमान निमेष गिरी दुबई र कृष्ण भुषाल अबुधाबी ले उम्मेदवारी दिएका थिए भने कोषाध्यक्ष पदमा आर।सी। डंगोल र प्रवक्ता पदमा रमेश बेलवासेले उम्मेदवारी दिएका थिए ।
साधारणसभामा यूएईका लागि राजदूत महामहिम अर्जुनबहादुर थापाको उपस्थिति थियो । उहाँ शुभकामना मन्तव्य िदंदै कार्यक्रमको पूर्वाद्र्धमै फर्किसक्नुभएको थियो ।
समाजका अध्यक्ष यमप्रसाद तमूको सभापतित्वमा साचालन भएको उक्त साधारणसभामा सहमति कायम गराउँदै विवाद साम्य पार्न सहजकर्ताको रुपमा गैह्र आवासीय नेपाली संघका अध्यक्ष सी।एम। ढकाल प्रवासी नेपाली पत्रकार साजालका संयोजक जाकिर हुसैन नेपाली समाजका भूतपूर्व अध्यक्ष कृष्ण ढकाल नेपाली आदीवासी जनजाति महासंघका अध्यक्ष भूवन राई र नेपाली समाजका भूतपूर्व सचिव शंकर ज्ञवालीले ठूलो भूमिका निर्वाह गरेका थिए । उपाध्यक्षका तीन उम्मेदवारमध्ये दुईले केही लचकता देखाएता पनि एकले चाहिँ आफू कुनै पनि हालतमा सहमतिमा नआउने भनेपछि सो विवाद झन् चर्केर गएको थियो ।
नेपाली समाजजस्तो गरिमामय संस्थाको साधारणसभा यसरी विवादित हुँदा सवै पक्ष मर्माहत भएका छन् । अब निकट भविष्यमा गणपुरक संख्या पुर्याई बिधानतः साधारणसभा गरी उपाध्यक्ष तथा कोषाध्यक्षको पद सहमति वा मतदान प्रकि्रयाबाट गराई विवाद टुंग्याउनु वर्तमान नेतृत्वको जिम्मेवारी हो । हेरौं यो कहिलेसम्म पूरा हुनेछ प्रवक्ताको पद कार्यसमितिले समेत पूर्ति गर्न सक्ने प्राबधान भएता पनि मुख्य पाँचवटा पद निर्वाचनबाट मात्र पूर्ति गर्न सकिने भएकोले बाँकी कार्यकालको लागि सो पद पार्षद्हरुको भेलाबाट मात्र पूर्ति गर्न सक्ने प्राबधान छ । यसलाई मिचेर गएमा वा खाली राखेर गएमा झन् विवाद उब्जने निश्चित प्रायः छ । नेतृत्वले यस कुरालाई राम्ररी बुझ्नु पर्दछ ।
निर्वाचन समितिमा डि।एल। शर्मा संयोजक जेपी सापकोटा र डी।आर। गुरुङ सदस्य थिए । समाजका सचिव नारायण अधिकारीले संशोधित बिधान र समाजको कार्यप्रगति विवरण तथा लेखा प्रस्तुत गरेका थिए । बिधानमाथि कुनै टिप्पणी गर्ने समय नेदिएकाले बुद्धिजीवीहरुको ठूलो गुनासो रहेको बुझिएको छ । सभामा बिधान संशोधन प्रस्ताव पेश गर्दा आयोजकले पार्षद्हरुलाई एकप्रतिसम्म बिधान उपलब्ध नगराउनु संशोधित बिधान पारित भयो भनेर ताली पिट्न लगाउनु पार्षद्हरुको उपस्थिति नगराईकनै साधारणसभा शुरु गराउनु गैर पार्षद्हरुलाई कार्यक्रमस्थलमा प्रवेश गर्न दिनु होहल्ला शान्त गर्न नसक्नु कुनै घोषणा नगरीकनै आयोजकहरु स्वयं तितरबितर हुनु आर्थिक प्रतिवेदन कोषाध्यक्षको अनुपस्थितिमा सहकोषाध्यक्षबाट प्रस्तुत गर्न नलगाउनु निर्वाचनको कुनै प्रकि्रया पूरा नगरीकनै निर्वाचनको घोषणा गरिनु संस्थाहरुको पार्षद्को सूचिसमेत अपडेट गरी नराख्नु आदिले आयोजकको अदूरदर्शिता अपरिपक्वता र अज्ञानता देखिन्छ भन्छन् बुद्धिजीवीहरु ।
सो कार्यक्रममा नेपाली समाजको वेवसाइट (www.nsuae.org) महामहिम राजदूत अर्जुनबहादुर थापाले लोकार्पण गरे । सो वेवसाइटका निर्माता अर्जुन दाहालले वेवसाइटबारे सामान्य जानकारी गराए ।













































