अन्तिम पत्र तिमीलाई !!

चन्द्र तामाङ्ग (चिन्तन), कुवेत 

 

अन्तिम पत्र तिमीलाई… अन्तिम भोज… अन्तिम रात… !!

प्यारी सरु असिम माया अनि अटुट सम्झना,

मैले धेरै उपन्यासहरु अध्ययन र घटना क्रमहरु धेरै पढें अनि ‘उपन्यास एउटा काल्पनिक कथा हो’ भन्ने म मा अनुभुति हुन्थ्यो । तर आज जब म तिमीबाट टाढा भएँ अनि मलाई अनुभुति भयो- हामी नै उपन्यासका पात्र रहेछौं । सिरिषको फूलले मलाई आत्म मात्र चस्काउने बनाएन, निरास पनि बनाएको थियो । निकोटिनको बलले बाँचेको मेरो आत्मबललाई आज धुँवासँगै घुलमिल गराई तिमीसँग यात्रा शुरु गरें । हो आनन्दमय दिनहरु थियो तिम्रो साथमा अँधेरी रातहरुमा पनि रोशनी दिन्थ्यो तिम्रो चमकताले…. !!

मन्द आवाजको मधु-मुस्कान कति सपनाहरु सजाउँथ्यौं हामी, कति सपनाहरु सुनाउँथ्यौं हामी एकसाथ अनन्त सम्म अटुट माया गर्ने छौं भनेर । तर समयको नियती कर्मको खेल आज हामी अलग हुन बाध्य भयौं यो बाध्यता श्रष्टाले सृजाएको हो । दोष म तिमीलाई पनि दिन्न सोंचे जस्तो हुन्न जीबन…. त्यसैले आज यो अन्तिम पत्र लेख्नलाई म कठोर आत्मबल बटुलेर लेख्दैछु । तिमीलाई थाहा छैन होला, आजको मेरो दैनिकी अल्कोहल र निकोटिनको साहाराले बितेको छ । खाली यो कागजको पाना रंगाउँदा पनि आज मेरा हातका औंलाहरु काँपी रहेका छन् । यति कमजोर किन भए म ? कुनै दिन तिम्रो साथमा ट्रिगर खिच्दा मलाई हल्का हुन्थ्यो । तर आज…… मैले शरिर नै हिंडाउन सकेको छैन् ।

हामी जन्मेपछि मर्नु पर्छ यो प्रकृतिको नियम हो, मृत्युको उपहास हैन सरु….. मलाई थाहा छ, यहाँ मृत्युसँग मानिस डराउँछन् । तर म आज मृत्युलाई खोजी रहेको छु । म बेसहारा भएर बाँच्नुको अर्थे नै के छ र ? मोनालिसाको आत्म झैं विक्षिप्त भएको छ ‘मेरो आत्म’ मलाई नसोध काँहा दुख्छ घाऊ… तिमीसँगको वियोगले बाँच्ने आशाहरु टुट्यो म मा !! चितामा दन्किने रहरहरु आयो मलाई डोलीमा चढ्ने हैन…. !!

के गर्ने सरु, शायद यि सबै कुराहरु पहिल्यै नै प्रेम पिडा हो भन्ने मलाई थाहा भएको भए म तिमी भित्र डुब्ने थिईन । अब यो जन्ममा त हैन अर्को जन्ममा तिमीसँग भेट गर्नेछु । यो अन्तिम पत्र तिम्रो यादमा लेखेको छु, तिमी जहाँ भए पनि खुशी रहनु, सुखी रहनु त्यहि ठाउँमा तिमीसगँ मेरो मिलन होला….. पुर्णिमाको रात चन्द्रमामा हेर्नु म पनि त्यहीं हेर्ने छु, त्यसै ठाउँ हाम्रो मिलनको बिन्दु हुनेछ ।

तिमीले बाँच्न त सिकायौं तर मृत्यु दिएर, अमृत त पिलायौं तर विष मिलाएर । जीबनको अर्थनै अनर्थ: छ मेरो लागी आज अन्तिम भोज खाएर जीबनको अन्तिम दिनलाई खुशीयालीमा मनाउँछु । त्यसो त आज तिम्रो जन्म दिन, त्यो पनि त हो नयाँ युगलको साथ…. सरु मेरो अन्तिम पत्र तिरस्कार कहिले पनि हुँदैन प्रेम प्रेम हुन्छ । जहाँ भएपनि तिमीलाई सम्झी रहने छु । मृत्युमा पनि आत्म त जीवन्त हुन्छ….. !!!

9 Responses to अन्तिम पत्र तिमीलाई !!

  1. O my god, sathilai yasto abastha ma purauni ku saru ho… very bad…. but don’t worry i am with u.

  2. वियोग साँच्चै नै पीडादायी हुन्छ चन्द्र जी, जब विवशता र वाध्यता जहर बने पछि बाँच्नुको अर्थ के नै हुन्छ र? लेखाई एक दम राम्रो लाग्यो….सफलताको शुभकामना.

  3. Ghatana & parighata Biyogganta ra sangyoganta dubai hucha. Yo kunai bichalitko pakchaya haina Kalamko nirantarta bhanna manparauchu maile

    Tapai malai sath dinu bhayako ma dherai dherai Thankx

  4. Homnath Giri

    ohh my god very bad, very bad boy,

  5. chandra bro yati dherai man dukhauni ko abhagi hola malai ta lageyo yo tapahiko mutu baat niskeka word huna keep it up its very good literature …… hope to see more sujan kc

  6. Kalpanik sochlai kapima rupantar matra ho. Thankx for ur comment

  7. indra bhusal

    dai chandra kalpanik ra managadante samachar chapera nepali samajlai tarangit banaunu vanda hajurale lekheko patra sarai ramro cha.keep it up and i will be waiting your next………….

  8. पि्य चन्द्र, समयको परिर्वतन सँगै स्रपले पनि काचुली फेर्रछ यो त हजुरलाई थाहा नै होला । चप्पल पुरानो भएपछि बदल्नु अवस्यनि पर्छ । त्यही कारणले पुरानो चप्पल कति पटक सिलायौं हिड्दा लाज लाग्ने भएको ले बदल्नु परोयो माईन्ड नगर्नु होला ल
    हजुरकी सरु

  9. La la sarai aafumai dubera lekheko rahecha……………….Ramro cha tara …………………….chahi nahunu……………………..and lekh lekdai garnu man sarai halungo huncha.

Leave a Reply

Fill in your details below or click an icon to log in:

Gravatar
WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s