Daily Archives: 15/03/2010

तमू सहकारी संस्था कतारको प्रारम्भीक भेला सम्पन्न

बुधबल गुरुङ

मार्च १४ दोहा । कतारका तमूहरुको सकि्रयतामा तमू बौद्व सेवा समिति कतारद्धारा संचालित तमू बचत तथा ऋण सहकारी संस्था लि। को दोश्रो प्रारम्भिक भेला सम्पन्न भयो । अलअतिया स्थित अमृत रियल स्टेटको कार्यालय भवनमा मार्च ११ का दिन संस्थाका अध्यक्ष बुधबल तमूको अध्यक्षतामा सम्पन्न भएको संस्थापक शेयरधनीहरुको सो भेलाले संस्थाको विनियम २०६६ र बचत तथा ऋण परिचालन निति २०६६ लाई पारित गरिएको थियो । Continue reading

अन्तिम पत्र तिमीलाई !!

चन्द्र तामाङ्ग (चिन्तन), कुवेत 

 

अन्तिम पत्र तिमीलाई… अन्तिम भोज… अन्तिम रात… !!

प्यारी सरु असिम माया अनि अटुट सम्झना,

मैले धेरै उपन्यासहरु अध्ययन र घटना क्रमहरु धेरै पढें अनि ‘उपन्यास एउटा काल्पनिक कथा हो’ भन्ने म मा अनुभुति हुन्थ्यो । तर आज जब म तिमीबाट टाढा भएँ अनि मलाई अनुभुति भयो- हामी नै उपन्यासका पात्र रहेछौं । सिरिषको फूलले मलाई आत्म मात्र चस्काउने बनाएन, निरास पनि बनाएको थियो । निकोटिनको बलले बाँचेको मेरो आत्मबललाई आज धुँवासँगै घुलमिल गराई तिमीसँग यात्रा शुरु गरें । हो आनन्दमय दिनहरु थियो तिम्रो साथमा अँधेरी रातहरुमा पनि रोशनी दिन्थ्यो तिम्रो चमकताले…. !! Continue reading

सहिद स्मारक ‘ए’ डिभिजन लिग

 

क्रस कल्ब खेल जी. ब. हा. अकं
मनाङ मर्स्याङदी १६
नेपाल प्रहरी १४
एनआरटी ११
मच्छिन्द्र
फ्रेन्ड्स
त्रिभुवन आर्मी
थ्री स्टार
सशस्त्र प्रहरी
आरसीटी
१० ब्वाइज युनियन
११ जावलाखेल
१२ संकटा

त्रिवि शिक्षण अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द

चैत २- चिकित्साशास्त्र अध्ययन संस्थानको स्नातकोत्तर तहको प्रवेश परीक्षासम्बन्धमा भएको विवादका कारण आजदेखि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द भएका छन्। हड्तालका कारण सेवाग्राहीहरु प्रभावित भएका छन्। संस्थानले यस वर्षको लागि लिन लागेको स्नातकोत्तर पीजी परीक्षाको विषयलाई लिएर विद्यार्थीले विरोध गर्ने क्रममा शनिबार झडप भएको थियो। झडपका क्रममा सात जना विद्यार्थी घाइते भएका थिए। विरोधको क्रममा प्रहरीले क्याम्पस प्रमुख रामप्रसाद उप्रेती, स्ववियु सभापति मनोज कुमार पौडेल, आवासीय चिकित्सक सहित ११ लाई गिरफ्तार गरेको थियो।  
 

पेट्रोलियमको मूल्यवृद्धि

नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यवृद्धि भएको जनाउँदै आइतबारदेखि पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको छ। निगमले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा लगातार वृद्धि भएपछि संस्थानको घाटा बढ्दै गएकाले मूल्य बढाएको जनाएको छ। निगमले पेट्रोलमा २ रुपियाँ ५० पैसा, डिजेल र मट्टीतेलमा २/२ रुपियाँको दरले मूल्य बढाएको छ। आइतबारदेखि भएको मूल्यवृद्धिपछि पेट्रोल प्रतिलिटर ८० रुपियाँ पर्ने भएको छ भने डिजेल र मट्टीतेलको प्रतिलिटर ६१ रुपियाँ पुग्ने भएको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा लगातार वृद्धि हुन थालेपछि निगमले हाल मासिक ४० करोड ४० लाख रुपियाँ घाटा बेहोरिरहेको जनाएको छ। अब पेट्रोल ८०, डिजेल र मट्टीतेल ६१ रुपियाँ प्रतिलिटर

नेपाली समाज यूएईको साधारणसभा विवादबीच निष्कर्षबिहीन समाप्त

अर्जुन दाहाल, यूएई

१४ मार्च दुबई । नेपाली समाज यूएई साझा संगठनको रुपमा रुपान्तरित भएपछि पहिलोपटक डाकिएको साधारणसभा गत शुक्रबार केही विषयमा विवाद उत्पन्न भई निष्कर्षबिहीन टुंगियो । १९९० मा स्थापित नेपाली समाज त्यहाँ दुई दर्जनभन्दा बढी संख्यामा रहेका विभिन्न सामाजिक संस्थाहरुको साझा संगठनको रुपमा विकसित भएको छ । Continue reading

नायिका पाउन घम्साघम्सी

कास्की, चैत्र १ – दुई युवा आपसमा आरोप प्रत्यारोपसँगै घम्साघम्सी गर्ने सुरसार गर्छन् । वरिपरि भेला भएका मानिसहरू उनीहरूको भिडन्त निकै उत्सुकतापूर्वक हेरिरहेका हुन्छन् । त्यतिकैमा ठूलो आवाज आउँछ, ‘कट… ।’ यो थियो, सञ्चारकर्मी किरण अधिकारीको निर्माणमा बन्न लागेको सिनेमा ‘भनिदेऊ न माया गर्छु’ को दृश्य । रेडियो र टेलिभिजनमा चलचित्रसम्बन्धी रिपोर्टिङ गर्दै आएका अधिकारीले यसअघि ‘आफ्नै मनलाई सोधी हेर’ चलचित्र निर्माण गरिसकेका छन्, जसको अधिकांश छायाङकन पनि तालनगरीमै भएको थियो । Continue reading

नेपाल एसीसी यू-१६ क्रिकेटको फाइनलमा/मलेसिया ३२ रनले पराजित

काठमाडौं, चैत्र १ – नेपाल एसीसी यू-१६ क्रिकेटमा मलेसियालाई ३२ रनले पराजित गर्दै फाइनल प्रवेश गरेको छ । त्रिवि क्रिकेट मैदानमा आइतबार भएको पहिलो सेमिफाइनल खेलमा १ सय ६२ रनको लक्ष्य पछ्याएको मलेसिया मात्र १ सय ३० रनमा समेटियो । मलेसियाको इनिङ संकटमा पार्न विवेक चौधरी र राजीव शाहले ३-३, देवेन्द्र सोमरीले २ तथा निश्चल पाण्डेले एक विकेट लिए । Continue reading