Daily Archives: 14/03/2010

रेस्टुरेन्टमा कुटिए डीआईजी

काठमाडौ, फाल्गुन २९ – प्रहरीको काम शान्ति सुरक्षा गर्नु हो । तर एक डीआईजीले रेन्टुराँमा गई मदिरा पिएर मध्यरात आफैं झैझगडा गरेका छन् । उनी यति धेरै जाइलागे कि रेस्टुराँका सुरक्षागार्ड उनीमाथि हात हाल्न बाध्य भए र घाइते हुने गरी पिटे । अत्यधिक मदिरा पिएर रेस्टुराँ व्यवसायीसँग झगडा गर्ने ती डीआईजी हुन् प्रहरी प्रधान कार्यालय अनुसन्धान विभागका पर्शुराम खत्री  । राजधानीको ठमेलस्थित सञ्चयकोष भवन अगाडिको गामबेसी दोहोरी साँझमा शुक्रबार राति पौने १ बजे झगडा गरी उनी घाइते भएका हुन् । Continue reading

ब्वाइजको बहादुरीपूर्ण पुनरागमन

काठमाडौ, फाल्गुन २९ – राम्रो खेल्न बिर्सेको थ्री-स्टारले शनिबार कम्तीमा जित हात पारेको छ । उसले त्यसका लागि छिमेकी जावलाखेलाई हरायो । राम्रो खेल्ने बानी सुरु गरेको ब्वाइज युनियनले भने उत्कृष्ट पुनरागमन रच्यो । उसले आर्मीविरुद्ध छ गोलको रोमाञ्चक खेलमा बराबरी निकाल्यो । आर्मीले दुईपल्ट दुई गोलको अग्रता लिए पनि त्यसलाई कायम राख्न सकेन ।

आर्मी २-० र ३-१ को स्थितिमा रहेर पनि एक अंकमा चित्त बुझाउन बाध्य रहेको हो । सहिद स्मारक लिग ‘ए’ डिभिजनमा छैटौं चरणको समाप्तिमा थ्री-स्टार र आर्मीको आठ-आठ अंक रह्यो । Continue reading

नेपा: पार्टीद्वारा गाडी सुविधा बहिष्कार

 चैत १  नेपा: राष्ट्रिय पार्टीले सरकारले उपलब्ध गराउने भनिएको गाडी सुविधा नलिने भएको छ। केही समयअघि सरकारले संविधानसभामा प्रतिनिधित्व गर्ने सबै दलका नेतालाई गाडी र इन्धन सुविधा दिने निर्णय गरेको थियो। यो पार्टीद्वारा जारी विज्ञप्तिमा गत २७ गते बसेको केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको उल्लेख छ। ठूला दलका नेताबीच गाडी खोसाखोस भइरहेका बेला आर्थिक मितव्ययितालाई ध्यानमा राख्दै यो सुविधा नलिने निर्णय गरिएको जानकारी पनि विज्ञप्तिमार्फत् दिइएको छ।

सुनको मूल्य प्रतितोला ५ सय ५० बढ्यो

 चैत १ – सरकारले सुनको भन्सार महसुल वृद्धि गरेको छ। आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले गरेको यो निर्णयअनुसार अब सुनमा प्रतितोला ५ सय ५० रुपैयाँ बढेको छ। निर्णयअनुसार प्रति दश ग्राम सुनमा ४ सय ७० रुपैयाँ भन्सार शुल्क कायम भएको छ, यसअघि यो शुल्क १ सय ३० रुपैयाँ थियो। भारतमा हालै पेश गरिएको बजेटमा सुनको भन्सार शुल्क वृद्धि गरिएपछि त्यसको असर नेपालमा नपरोस् भन्नका लागि यहाँ पनि भन्सार शुल्क बढाइएको जानकारी सरकारका प्रवक्ता शङ्कर पोखरेलले दिए। भारतले बढाएपछि मौद्रिक स्थितिमा असर परेको बताउँदै उनले भने-यसले विदेशी मुद्रा सञ्चितिमा सकारात्मक असर पर्ने विश्वास लिइएको छ। नेपाल सुन-चाँदी व्यवसायी सङ्घका अनुसार सङ्घले प्रति दश ग्राम ४ सय ८० रुपैयाँ महसुल वृद्धि गर्न सुझाएको थियो तर सरकारले भनिएभन्दा १० रुपैयाँ कम वृद्धि गरेको सङ्घका अध्यक्ष तेजरत्न शाक्यले जानकारी दिए।

वेश्यालय पुर्‍याईएकी नेपाली चेलीको कुवेत पुलिसद्वारा उद्वार

जय आले, कुवेत

नाम र स्रोत नखुलाईएकी कुवेतको फिरदोसस्थित एक घरमा घरेलु कामदारको रुपमा कार्यरत एक नेपाली महिलालाई, एसियन ट्याक्सी ड्राइभरले अपहरण गरेर जिलिब अल-शुवैखमा वेश्यावृत्ति गराउने दलाललाई बेचेको थियो । उनको अपहरण बारे, अर्की नाम नखुलाईएकी महिलाले पुलिसलाई फोन गरी आफ्नो नेपाली साथी ट्याक्सी ड्राइभरको अपहरणमा परेको जानकारी गराएकी थिईन र उनैले दिएको विवरणको आधारमा ट्याक्सी ड्राइभरलाई कुवेतको फरवानिया सेक्युरिटी फोर्सले पक्राउ गरेको छ । Continue reading

राष्ट्रसङ्घीय उपमहासचिवको अभिव्यक्तिप्रति सरकारको आपत्ति

 चैत १ , सरकारले संयुक्त राष्ट्रसङ्घका उपमहासचिव बी. लिन पास्कोलाई ‘कूटनीतिक मर्यादा र सीमाभित्र रहेर अभिव्यक्ति दिन ध्यानाकर्षण’ गराएको छ। सरकारले अनमिनसँग कुनै गोप्य सूचना नमागेको पनि प्रष्ट पारेको छ। आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकमा उपमहासचिव पास्कोको अभिव्यक्ति बारे छलफल भएको जानकारी दिँदै सरकारका प्रवक्ता सूचना तथा सञ्चार मन्त्री शंकर पोखरेलले लडाकुको भरणपोषणका लागि त्यस्तो सूचना आवश्यक रहेको बताए। ‘हामीले लडाकूको परिचय पत्रसहितको विवरण मागेको हो यो कुनै गोप्य सूचना हैन उनले बताए।  Continue reading

पीडा बिर्सन सकेन रियल म्याडि्रडले

 म्याडि्रड/ रियल म्याडि्रडलाई नयाँ सिजनमा विश्वका स्टार खेलाडीलाई क्लबमा भित्र्याएर सबै उपाधि जित्ने धोको थियो । यही विश्वासमा एसी मिलानबाट काका, म्यानचेस्टर युनाइटेडबाट क्रिस्टियनो रोनाल्डो तथा लिभरपुलबाट सावी ओलान्सोजस्ता खेलाडीलाई सफलतापूर्वक भित्र्याउँदा रियल युरोपकै बलियो क्लबका रूपमा चिनिएको थियो । युरोपका अन्य क्लबले करोडौँ डलर खर्चेर खेलाडी भित्र्याउन नसक्दा ठूलाखाले प्रतियोगितामा आफूहरू कतै पछाडि पर्ने त होइन भन्ने प्रतिप्रश्नसमेत गरियो । Continue reading