नेपाली राजदूतको कुवेती राजकुमारसँग शिष्टाचार भेटवार्ता

जय आले, कुवेत

१० मार्च २०१० को नेपाली दूतावास कुवेतद्वारा जारी बिज्ञप्ती अनुसार, कुवेतका लागि प्रथम नेपाली राजदूत महामहिम मधुवन प्रसाद पौडेलले कुवेती राजकुमार शैख नवाफ अल-अहमद अल-जाबर अल-सबाहसँग कुवेतको बयान प्यालेसमा शिष्टाचार भेटवार्ता गर्नु भएको छ । उक्त अवसरमा राजकुमार शैख नवाफले नेपालको राजनैतीक एवं आर्थिक स्थितिको बारेमा जानकारी लिंदै, दुई देशबीच द्विपक्षी सम्बन्ध बलियो पार्न अन्य उच्च स्तरिय भेटवार्ता र छलफल बारम्बार हुन जरुरी भएको कुरा दृढ पार्नु भयो । साथै राजकुमार शैख नवाफले नेपालको उन्नती र विकाशको लागि संभावित सहयोग पुर्‍याउन कुवेत सरकार सधैं तत्पर रहेको कुरा समेत व्यक्त गर्नु भएको छ ।

सो अवरमा राजदूत पौडेलले कुवेतमा नेपाली दूतावास स्थापना गर्नका लागि कुवेत सरकारले गरेको सहयोगको लागी नेपाल सरकारको तर्फबाट हार्दिक आभार व्यक्त गर्दै, नेपाल र कुवेतबीच द्विपक्षी सम्बन्ध सुधारको लागि नेपाल सरकारको उच्च प्राथमिकता रहेको जानकारी गराउँदै, हाल कुवेतमा कार्यरत अधिकांश नेपालीहरु घरेलु र अर्धदक्ष कामदारको रुपमा रहेकोले उच्च व्यवसायिक र दक्ष जनशक्तिलाई समेत कुवेतमा नियुक्ती गर्न सक्ने कुरा व्यक्त गर्नु भयो ।

यसैगरी राजदूत पौडेलले नेपाल, कुवेती पर्यटकहरुको लागि एक अत्युत्तम र मनोहर पर्यटकिय गन्तव्य हुन सक्ने र जसले दुई देशको द्विपक्षी सम्बध एवं वाणिज्य व्यापार व्यवसायमा समेत सुधार ल्याउन सक्ने कुरा पनि राजकुमार शैख नवाफसँग व्यक्त गर्नु भएको जारी बिज्ञप्तीमा जनाईएको छ ।

स्मरण रहोस्, राजदूत पौडेलले ०४ मार्च २०१० का दिन, कुवेतका प्रधानमन्त्री शेख नासरसँगको भेटवार्तामा पनि यस्तै किसिमका हितमुलक सवालहरु प्रधानमन्त्री समक्ष राख्नु भएको थियो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

Gravatar
WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s