Daily Archives: 11/03/2010

एमाले कार्यकर्ता हतियारसहित पक्राउ

२५ फाल्गुन, पोखरा । नेकपा एमाले निकट युवा संघ नेपालका दुई कार्यकर्ता पेस्तोलसहित पक्राउ परेका छन् । संघको कास्की क्षेत्र नं १ को प्रथम क्षेत्रिय सम्मेलनबाट फर्कदै गर्दा उनीहरुलाई सुरक्षा जाँचको क्रममा प्रहरीले पृथ्वीराजमार्गको शिशुवाखण्डमा पक्राउ गरेको हो । पक्राउ पर्नेमा लेखनाथ भण्डारढिक घर भएका युवा संघ क्षेत्र नम्बर एकका सदस्य प्रविण सुनार र अमित गुरुङ रहेका छन् । सुनार सोही सम्मेलनबाट सदस्यमा चुनिएर घरतर्फ आउँदै गरेका थिए । Continue reading

नेपाल यु-१६ क्रिकेटको सेमिफाइनलमा

२७ फागुन, काठमाण्डौ । नेपालले एसीसी यु १६ एलिट कप क्रिकेटमा लगातार तेस्रो जीत हात पार्दै सेमिफाइनलको यात्रा तय गरेको छ । भक्तपुरस्थित क्रिकेट मैदानमा विहीबार भएको खेलमा बहराइनलाई ८५ रनले पराजित गर्दै नेपालले आफ्नो अपराजित यात्र कायम राखेको हो ।२०७ रनको विजयी लक्ष्य पछ्याएको बहराइनले निर्धारित ४० ओभरमा ९ विकेट गुमाउंदै १२१ रन मात्र बनाउन सक्यो । निश्चल पाण्डेले बहराइनका महत्वपूर्ण ५ विकेट झारे भने हरि चौलागाईले पहिलो ओभरमै बहराईनको महत्वपूर्ण दुई विकेट झार्दै बहराइनलाई कमजोर बनाएका थिए । यस्तै राजिव शाह र शरद खड्काले एक-एक विकेट लिएका थिए । Continue reading

नेपाली सेनाको गोलीप्रहारबाट ३ को मृत्यु

२७ फागुन, काठमाडौं । सुर्खेतको हरिहरपुर २ गाजापानीमा नेपाली सेनाको गोली लागेर ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय कृष्णबहादुर बिक, हरिकला विक र देवीकला विक रहेका छन् ।बर्दिया राष्ट्रिय निकुन्जभित्र दाउरा र स्याउला काट्न गएका उनीहरुमाथि निकुन्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको टोलीले आज दिउँसो गोली प्रहार गरेको थियो । Continue reading

Football: UEFA Champions League 2010 – Man United through as Real Madrid Crash Out

Alex Ferguson rarely seems to err when it comes to player transfers and, for the casual observer, tonight’s last 16 UEFA Champion’s League matches would seem to underline the Scot’s business acumen. Cristiano Ronaldo and his new teammates at Real Madrid were dumped from the tournament while Manchester United, through Wayne Rooney, were rampant in tearing AC Milan – along with another old boy, David Beckham – to reach the quarter finals with a 7-2 aggregate victory.

Real Madrid were held to a home 1-1 draw with Lyon which meant they lost 2-1 on aggregate, while United won 4-0 at home with a brace from Rooney, and a goal each from Park and Darren Fletcher. Continue reading

बहिनी हराएपछि दाजु झुन्डिए

इश्वरराज ढकाल (काठमाडौं)

बहिनी हराएको पीडा खप्न नसकेपछि सात पेज लामो मृत्युपत्र लेखी दाजुले झुन्डिएर आत्महत्या गरेका छन्। तीन दिनअघि आठ कक्षामा अध्ययनरत बहिनी मनीषा राई घरबाट हराएपछि प्रहरीलाई फोटोसहित जानकारी दिँदासमेत बेवास्ता गरेको दुःख मृत्युपत्रमा लेख्दै भोजपुरका २४ वर्षीय महेन्द्र राईले बुधबार बिहान फेटाको पासो लगाएर आत्महत्या गरेका हुन्।दुई दाजुभाइकी एक मात्र बहिनी हराएपछि भावविहवल बन्न पुगेका कान्छा दाजु महेन्द्र कीर्तिपुरमा सँगै बस्दै आएका दाजु सनराज राईलाई पत्तै नदिई बुधबार बिहानदेखि नै हराएका थिए। Continue reading

आज विश्व मिर्गौला दिवस ” छुट्टै अस्पताल चाहियो “

भगवती तिमल्सिना (काठमाडौं)

आज विश्व मिर्गौला दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ। विश्वमा कुल जनसंख्याको झण्डै १० प्रतिशत मानिस मिर्गौला रोगबाट ग्रसित छन् भने नेपालमा एक अनुमानअनुसार २७ लाख व्यक्ति मिर्गौला रोगबाट ग्रसित छन्। राष्ट्रिय मिर्गौला उपचार केन्द्रका निर्देशक डा. ऋषिकुमार काफ्ले भन्नुहुन्छ- ‘नौ वर्षघि यस केन्द्रमा ७ सय २४ सेसन डायलसिस गराउने बिरामीहरू आउने गरेकोमा अहिले २१ हजार ९ सय २४ जना बिरामीले सन् २००८-२००९ मा डायलसिस उपचार गराइसकेका छन्। मिर्गौला उपचारको मुख्य समस्या भनेकै बिरामी समयमा स्वास्थ्य संस्थामा पुग्न नसक्नु नै हो। मधुमेह र उच्च रक्तचापकै कारण मिर्गौलाको समस्या देखा पर्दछ। Continue reading

बिहेमा गएर फर्कदै गरेका जिप दुर्घटना हुँदा दसको मृत्यु

तनहुँ, २७ फागुन । तनहुँको काँहुशिवपुरबाट दमौलीतर्फ आउँदै गरेको जिप बुधबार काहुँशिवपुर(३ सेटाङ भन्ने ठाउँमा दुर्घटना हुँदा १० को मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्‍ ।   बिहेमा गएर फर्कदै गरेको उक्त जिप कच्ची सडकबाट करिब १५० मिटर तल खस्दा सो दुर्घटना भएको उद्धारमा संलग्न प्रहरीले जनाएका छन्‍ । घटनास्थल सदरमुकाम दमौलीबाट करिब १० किलोमिटर दक्षिण भेगमा पर्ने भएकाले विस्तृत विवरण आउन सकेको छैन । घटना भएलगत्तै दमौली अस्पतालमा मानिसको ठूलो भीड लागेको छ ।

नेपाली दूतावास साउदी अरेबियाको अत्यन्त जरुरी सूचना !!!

आदरणीय नेपाली दाजु-भाइ तथा दिदी-बहिनीहरू; 
 
कृपया ध्यान दिनु होला, यदि तपाईं बिदेशमा रहनु भएकोछ र तपाईंको राहदानीको म्याद सन् २०१० को अप्रिल १ देखि जुन ३० को अवधिमा सिध्दिने अवस्थामा छ भनें अहिल्यै बिचार पुर्‍याउनु होला ! अब उप्रान्त यस अघिको जस्तो आजको भोलि राहदानी पाउने अवस्था रहने छैन ! नेपाल सरकार पररास्ट्र मन्त्रालयबाट मसीन रिडेबल पासपोर्ट (एम.आर.पी.) वितरण गर्ने तैयारी भैरहेको छ । पूर्ण जानकारीका लागि तपाई रहनु भएको देशबाट नजिकमा रहेको नेपाली नियोगमा सम्पर्क राख्नु हुन वा यस राजदूताबासको वेब साइट www.neksa.org हेर्न हुन हार्दिक अनुरोध गरिन्छ । Continue reading

युसफ र युनिसमाथि आजीवन प्रतिबन्ध

कराची (पाकिस्तान), फागुन २६ (एजेन्सी)- पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले पूर्व कप्तानद्वय मोहम्मद युसुफ र युनिस खानमाथि अनिश्चितकालीन प्रतिबन्ध लगाएको छ। अष्ट्रेलिया भ्रमणका क्रममा भएका घटनाका सम्बन्धमा यसले गरेको छानविनमा दुवै सलग्न भएको झगडाले टिमको स्तरमा नकारात्मक असर पारेको ठहर गरेको थियो। राणा नावेदउल हसन र सोएव मलिक दुवैमाथि ठूलो जरिवानाका साथै एक एक वर्षको प्रतिबन्ध लगाइएको छ। शाहिद अफ्रिदी, कमरान अकमाल र उमर अकमालमाथि पनि ठूलो जरिवाना लगाइएको छ भने छ महिना परीक्षणकालका क्रममा उनीहरूमाथि कडा निगरानी गरिने भएको छ।
केही समयअघि सम्पन्न अष्ट्रेलिया भ्रमणमा भएको पाकिस्तानको फितलो प्रदर्शनको कारणबारे जानकारी लिन गठित छानविन समितिको सिफारिसलाई पिसिबीले बुधबार लागू गरेको पनि बिबिसीले जनाएको छ।

चिनियाँ र भारतीयमा अर्बपति बढे

बिल गेट्सलाई पछि पार्दै मेक्सिकोका स्लिम सबभन्दा धनी-
 फागुन २७ (नागरिक)- फोर्ब्स म्यागेजिनले बुधबार सार्वजनिक गरेको विश्वका अर्बपतिहरुको सूचिमा एसियाली धनाढ्यहरुको संख्या बढेको छ। चीनका धनाढ्यहरुको संख्या पोहोरको तुलनामा दोब्बरभन्दा बढेर ६४ पुगेको छ भने भारतीयको संख्या ४९ पुगेको छ।
गत वर्ष चिनियाँ धनाढ्यहरुको संख्या २८ मात्र थियो भने भारतको २४। एसियाली धनाढ्यहरुको सूचिमा हङकङ तेस्रो स्थानमा परेको छ। हङकङका २५ अर्बपति सूचिमा छन्। दक्षिण एसियाबाट भारत बाहेक पाकिस्तानको मात्र सूचिमा नाम छ। पाकिस्तानका एक जना धनाढ्य सूचिमा छन्। पाकिस्तानी धनाढ्य सूचिमा परेको यो पहिलो अवसर हो। एक अर्ब अमेरिकी डलर कूल सम्पतिसहित पाकिस्तानमा लुगाको निर्यात गर्ने तथा देशको सबैभन्दा ठूलो निजी रोजगारप्रदायक कम्पनी निशाल समूहका मियाँ मोहम्मद मन्सा यो वर्ष सूचिमा पर्न सफल भएका हुन्। Continue reading

पिता अस्वस्थ भएपछि भ्रमण छोट्याएर उपप्रधानमन्त्री सुजाता फर्किइन्

फागुन २७, पिता नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको स्वास्थ्य बिग्रिएपछि भ्रमण छोट्याएर उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री सुजाता कोइराला आज बिहान काठमाडौँ फर्किएकी छिन्। उनी फर्किएपछि मात्रै  कोइरालालाई थप उपचारका लागि विदेश लैजाने कि नलैजाने भन्ने विषयमा निर्णय हुने उनी निकट स्रोतहरुले बताएका छन्। तेह्रौँ संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषदको बैठकमा भाग लिन सुजाता जेनेभा  गएकी थिइन्। मन्त्री कोइरालाले मानवअधिकार परिषदको बैठकपछि फागुन २१ देखि २९ सम्म मित्र राष्ट्रहरु बेल्जियम, नर्वे, फिनल्याण्ड र डेनमार्कको समेत भ्रमण गर्ने कार्यक्रम तय गरिएको भए पनि पिताको स्वास्थ्य प्रतिकूल भएपछि भ्रमण छोट्याएर आज फर्केकी हुन्।

सर्वोच्च अदालतको आदेश / ‘सबै विधवालाई भत्ता देऊ’

 जुनसुकै उमेरका महिला विधवा भएमा पनि उनीहरूलाई भत्तँको व्यवस्था गर्न बुधबार सर्वोच्च अदालतले सरकारलाई आदेश दिएको छ। न्यायाधीशहरू खिलराज रेग्मी र गिरीशचन्द्र लालको संयुक्त इजलासले सम्पूर्ण विधवा महिलालाई भत्ताको व्यवस्था गर्न आदेश दिएको हो। सरकारले २०६३ सालदेखि सामाजिक सुरक्षा कार्यक्रम अर्न्तर्गत ६० वर्षउमेर पार गरेका विधवा महिलालाई मात्र भत्ता दिने गरेको थियो।त्यस्तो कार्यक्रम असमान भएको दाबी गरी जनहित संरक्षण मञ्च (प्रोपब्लिक) र मानवअधिकारका लागि एकल महिला समूहकी लिली थापासमेतले संयुक्त रूपमा २०६५ साल पुस ७ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए। Continue reading

नेपाली राजदूतको कुवेती राजकुमारसँग शिष्टाचार भेटवार्ता

जय आले, कुवेत

१० मार्च २०१० को नेपाली दूतावास कुवेतद्वारा जारी बिज्ञप्ती अनुसार, कुवेतका लागि प्रथम नेपाली राजदूत महामहिम मधुवन प्रसाद पौडेलले कुवेती राजकुमार शैख नवाफ अल-अहमद अल-जाबर अल-सबाहसँग कुवेतको बयान प्यालेसमा शिष्टाचार भेटवार्ता गर्नु भएको छ । उक्त अवसरमा राजकुमार शैख नवाफले नेपालको राजनैतीक एवं आर्थिक स्थितिको बारेमा जानकारी लिंदै, दुई देशबीच द्विपक्षी सम्बन्ध बलियो पार्न अन्य उच्च स्तरिय भेटवार्ता र छलफल बारम्बार हुन जरुरी भएको कुरा दृढ पार्नु भयो । साथै राजकुमार शैख नवाफले नेपालको उन्नती र विकाशको लागि संभावित सहयोग पुर्‍याउन कुवेत सरकार सधैं तत्पर रहेको कुरा समेत व्यक्त गर्नु भएको छ । Continue reading

वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको खर्च-सीमा तोकिने

सरकारले वैदेशिक रोजागारीमा जाँदा नेपाली कामदारका लागि लाग्ने अधिकतम खर्चको हद खण्डीकरण गरी तोक्ने भएको छ ।सरकारले वैदेशिक रोजगारमा जाने कामदारलाई ठगिनबाट रोक्न यसअघि रहेको एकमुष्ट रकम लिन पाउने व्यवस्था खण्डीकरण गरी विभिन्न शीर्षकमा खर्चको हद तोक्न लागेको हो ।यसअघि समग्रमा बढीमा यति शुल्क लिन पाउने भनी तोकेकोमा अब नयाँ व्यवस्था लागू भएपछि विभिन्न शीर्षकअन्तर्गत खर्च-सीमा तोकिनेछ । Continue reading