हस्तलिखित राहदानी छिट्टै लिन दूतावासको आग्रह


(काठमाडौं), सरकारले अन्तर्राष्ट्रिय नागरिक उडययन संगठनको प्रावधानअनुसार अप्रिल महिनादेखि मेसिन रिडएवल पासपोर्ट, (एमआरपी) लागू गर्न नसक्ने भएपछि विदेशस्थित नेपाली दूतावासले समयमै हस्तलिखित राहदानी लिन नेपालीलाई अनुरोध गर्न थालेका छन्। विशेष गरी भिसा र राहदानीविहीन अवस्थामा बसोबास गर्दै आएका नेपालीलाई भविष्यमा पर्न सक्ने समस्यालाई मध्येनजर गर्दै दूतावासले समयमै राहदानी लिन अनुरोध गरेको हो। भिसा र राहदानीविहीन नेपाली कामदार धेरै रहेका जापान र दक्षिण कोरियास्थित नेपाली दूतावासले अप्रिल १ अघि नै राहदानी लिन सूचना जारी गरिसकेका छन्।
मलेसिया, खाडी राष्ट्रहरू, कोरिया, जापानलगायतका देशमा धेरै नेपाली राहदानीविहीन अवस्थामा रहेका छन्। खाडी राष्ट्र र मलेसियामा धेरै नेपाली कामदार रहेकाले समयमै राहदानी बनाउन परराष्ट्र मन्त्रालयले समेत सूचना जारी गरिसकेको छ।
लामो समय विदेशमा काम गर्ने उद्देश्यले गएका तर ६ महिनादेखि १ वर्षम्म राहदानीको म्याद भएका वाहकले समयमै राहदानी नबनाए समस्या पर्ने भएको छ। सरकारले छिटोछरितो एमआरपीको तयारी नगरे १४ लाखभन्दा बढी नेपाली कामदार मसस्यामा पर्नेछन्। बिदामा घर आएर पुनः जाने कामदार एमआरपी समस्याबाट बढी पीडित हुनेछन्। स्वदेश र्फकन मात्र ट्राभल डकुमेन्टले काम गर्ने भए पनि राहदानीको म्याद छोटो हुने कामदार बिदामा आउँदा समस्या आउन सक्नेछ। त्यसलाई ध्यान दिएर परराष्ट्र मन्त्रालयले विदेशस्थित नेपाली दूतावासलाई नयाँ हस्तलिखित राहदानी जारी गर्न सूचना पठाइसकेको मन्त्रालयका प्रवक्ता दुर्गाप्रसाद भट्टराईले जानकारी दिनुभयो।
तत्काल एमआरपी लागू गर्न नसक्ने भएपछि हामीले हाललाई (मार्च ३१ सम्म) हस्तलिखित राहदानी वितरण गर्न दूतावासमा सूचना गरिसकेका छौं प्रवक्ता भट्टराईले नेपाल समाचारपत्रसँग भन्नुभयो- ‘नेपाल र्फकनका लागि मात्र भने ट्राभल डकुमेन्टले काम गर्नेछ।’
एमआरपी लागू हुन ढिला हुने भएपछि विभिन्न देशमा रहेका नेपाली दूतावासमा राहदानी लिने नेपालीहरूको संख्या बढ्न थालेको छ।
मन्त्रालयले हाल जारी भइसकेका वा ३१ मार्च २०१० सम्म जारी गरिने हस्तलिखित राहदानीहरू २४ नोभेम्बर २०१५ सम्म मात्र मान्य हुने जनाएको छ। सो समयपछि विदेश जाने वाहकले अनिवार्य रूपमा एमआरपी लिनुपर्ने हुन्छ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s