Daily Archives: 10/03/2010

Sony मा नेपाली कामदारको माग

मलेसियाको बहुराष्ट्रिय कम्पनी सोनी इलेक्ट्रोनिक्सले नेपालबाट एक सय महिला कामदार लिने भएको छ । फ्युजन इन्टरनेसनल र एसिएल म्यानपावरले यो माग ल्याएको हो ।

विश्व आर्थिक मन्दीमा सुधार आएपछि मलेसियाको सोनीले दुई हजार महिला कामदार माग गरेको थियो । त्यसैमध्ये एक सय नेपालबाट लग्न खोजेको फ्युजनका प्रबन्ध निर्देशक कुमुद खनालले जानका दिए । कम्पनीमा भियतनामी र इन्डोनेसियाली महिलाले काम गरिरहेका छन् । ‘यसअन्तर्गत जाँदा कुनै शुल्क तिनुपर्दैन, पछि तलबमा कटाउन मिल्ने सुविधा छ,’ उनले भने, ‘वैदेशिक रोजगार विभागले यो माग स्वीकृत गरिसकेको छ ।’

कम्पनीले यसअघि पनि सोनीमा महिला कामदार पठाएको थियो। मन्दीपछि माग आएको भने पहिलोपटक हो । मलेसियाको संस्थागत क्षेत्रमा पाँच हजार नेपाली महिला कार्यरत छन्। खनालका अनुसार महिला कामदारले मासिक ९ सय ४८ गिंट (२० हजार रुपैयाँ) तलब पाउँछन् ।

आर्थिक सुधारतर्फ अघि बढिरहेको मलेसियामा पछिल्लो समय कामदारको माग बढिरहेको छ । मलेसियाले यही अप्रिल अन्तिम सातासम्म विभिन्न क्षेत्रमा एक लाख कामदार माग गरेको छ । यसमध्ये २० हजार गइसकेका छन् । अप्रिल अन्तिम साताभित्र ८० हजार कामदार पठाउन नसके कोटा सकिने खनालले बताए। यसअन्तर्गत औद्योगिक क्षेत्रमा बढी माग आएको छ। त्यसमध्ये इलेक्ट्रोनिक्स कम्पनी प्रमुख हुन् । Continue reading

मेरो अनुभव: किस

अरुणिमा लम्साल (नायिका)

माया अभिव्यक्त गर्ने माध्यम हो किस । स-साना बालबालिकालाई काखमा राखेर गालामा म्वाइँ खानु वा राम्रो कुकुर तथा खरायोको बच्चालाई म्वाइँ खानु पनि किस नै हो । आमाबुबालाई माया गर्दा गालामा म्वाइँ खानु पनि किस नै हो । अति माया लाग्दा किस गरेर माया व्यक्त गरिन्छ । प्रेमी-प्रेमिका अथवा पति-पत्नीमा पनि माया धेरै भएपछि किस गरिन्छ । त्यस्तो किस निधारमा, गालामा र ओठमा गरिन्छ । अति नै माया गरिने अवस्थामा ‘टङ्गकिस’ गरिन्छ । Continue reading

नानोपछि फिगो कार

अमेरिकी कम्पनी फोर्डले मंगलबार भारतीय बजारमा बहुप्रतिक्षित सानो कार फिगो बजारमा ल्याएको छ। फिगो भारतको सानो कारको प्रतिस्पर्धामा खरो उत्रिने कम्पनीको दावी छ। कम्पनीका अनुसार यो कारको मूल्य साढे तीन लाखदेखि ४ लाख ४८ लाख भारु बीचमा रहेको छ। कम्पनीका अनुसार फिगोले मारुतीको स्विफ्ट, हुन्डाईको आई २० र हालै बजारमा आएको फक्सवागनको पोलोको प्रतिस्पर्धामा खरो उत्रिनेछ।

भारतमा वार्षिक १२ लाख कार बिक्री हुन्छ। यसमा ७० प्रतिशत अंश सानो कारको रहेको छ। भारतीय बजारमा मारुती कार ५५ प्रतिशत हिस्सा ओगट्दै शिर्ष स्थानमा छ। फोर्ड २००९ मा भारतमा ३० हजार मात्र कार बेच्न सफल भएको थियो। फोर्डले यो वर्गमा अरु मोडलका कार निकाल्ने योजना बनाएको छ। फोर्ड इन्डियाका प्रबन्ध निर्देशक माइकल वोनमैनले सानो कारको वर्गमा अरु मोडल चाहिएको बताउँदै यो वर्गका कार बजारमा निकाल्न प्रयत्न गर्ने जानकारी दिए।उनले फोर्डले १२ देखि १८ महिनामा भारतमा नयाँ सवारी साधन प्रस्तुत गर्ने बताए। Continue reading

चेलीबेटी बेचबिखनविरुद्ध सीधै दूतावासमा पत्राचार गर्न सुझाव

रीना नेवा, (काठमाडौं)

 महिला बेचबिखन कार्य रोक्न निजीस्तर मात्र पर्याप्त नभएको उल्लेख गर्दै एक कार्यक्रमका वक्ताहरूले त्यसका लागि सरकारी स्तरबाट नै कूटनीतिक पहल गर्नुपर्ने खाँचो औंल्याएका छन्। माइती नेपालले मंगलबार राजधानीमा आयोजना गरेको चेलीबेटी बेचबिखनसम्बन्धी अन्तरक्रिया कार्यक्रममा भारतीय प्रहरीका पूर्वअधिकृत डा. किरण बेदीले सो सुझाव दिनुभएको हो। दुई देशका मानव तस्करले मिलेमतोमा नेपाली चेलीहरू भारतमा बेचिने गरेका कारण क्रेता र विक्रेताको मनोबल घटाउन सरकारी स्तरबाट नै पहल गर्न विज्ञले सुझाव दिएका हुन्। Continue reading

प्रिन्सिपलले छात्रा बलात्कार गरेको आरोप / तोडफोड र आगजनी, विद्यालय बन्द

रामकृष्ण चापागाईं, (काभ्रे)

 आफ्नै विद्यालयमा अध्ययनरत एक छात्रालाई प्रिन्सिपलले नै बलात्कार गरेको आरोप लगाउँदै जिल्लाको शंखुस्थित डिभाइन लाइट उच्चमाध्यमिक विद्यालय तोडफोड गरिएको छ भने विद्यालयको एउटा गाडी जलाएर ध्वस्त बनाइएको छ।

विद्यालयका प्रिन्सिपल गोपालबहादुर कार्कीले कक्षा ८ मा अध्ययनरत १३ वषिर्या बालिका रुविना (नाम परिवर्तन) लाई दुई हप्ताअघि अफिस कोठामा बलात्कार गरेको तोडफोडमा संलग्नहरूको आरोप छ। मंगलबार भएको तोडफोडपछि विद्यालय क्षेत्र तनावग्रस्त छ भने विद्यालय पनि अनिश्चितकालका लागि बन्द भएको छ। Continue reading

हङकङविरुद्ध नेपाल ६ विकेटले विजयी

काठमाडौं/ निश्चल पाण्डेले चार विकेट लिएपछि सोमबार एसिसी यु-१६ इलाइट कप क्रिकेट प्रतियोगितामा आयोजक नेपालले विजयी सुरुवात गरेको छ ।प्रतियोगिताको समूह ‘बी’ को खेलमा नेपालले त्रिवि मैदानमा हङकङलाई ६ विकेटले हराउँदै पहिलो जित हासिल गरेको हो । पाहुना टोली हङकङले पहिलो ब्याटिङ गर्दै ३५ ओभर चार बलमा ८८ रनको झिनो योगफल बनायो । युवा समूहको प्रतियोगिता भएकाले एसिसीले प्रतियोगिता ४० ओभर गराइएको हो ।घरेलु मैदानमा ८९ रनको सहज लक्ष्यलाई नेपालले १८ ओभर तीन बलमै भेट्टायो । सिनियर टोलीमा जस्तै उमेर समूहमा पनि नेपालको प्रारम्भिक जोडी क्रिजमा राम्ररी जम्न सकेनन् । सरद् खड्का र निश्चलले पहिलो विकेटका लागि केवल नौ रनमात्र जोड्न सकेका थिए । निश्चलले आठ बलको सामना गरी चार रनको पारी खेलेका थिए । उनी सिवनदीपको ओभरमा क्याचआउट हुन पुगेका थिए । Continue reading

हस्तलिखित राहदानी छिट्टै लिन दूतावासको आग्रह

(काठमाडौं), सरकारले अन्तर्राष्ट्रिय नागरिक उडययन संगठनको प्रावधानअनुसार अप्रिल महिनादेखि मेसिन रिडएवल पासपोर्ट, (एमआरपी) लागू गर्न नसक्ने भएपछि विदेशस्थित नेपाली दूतावासले समयमै हस्तलिखित राहदानी लिन नेपालीलाई अनुरोध गर्न थालेका छन्। विशेष गरी भिसा र राहदानीविहीन अवस्थामा बसोबास गर्दै आएका नेपालीलाई भविष्यमा पर्न सक्ने समस्यालाई मध्येनजर गर्दै दूतावासले समयमै राहदानी लिन अनुरोध गरेको हो। भिसा र राहदानीविहीन नेपाली कामदार धेरै रहेका जापान र दक्षिण कोरियास्थित नेपाली दूतावासले अप्रिल १ अघि नै राहदानी लिन सूचना जारी गरिसकेका छन्। Continue reading

गृह राज्यमन्त्रीले आज राजीनामा दिने

 फागुन २६ (नागरिक)- गृहमन्त्री भीमबहादुर रावलसँगको लामो खटपटपछि राज्यमन्त्री रिजवन अन्सारीले पदत्याग गरेका छन्। उनले बुधबार प्रधानमन्त्रीसमक्ष औपचारिक राजिनामा पत्र बुझाउनेछन्। आठ महिनाअघि राज्यमन्त्रीमा नियुक्त भएदेखि नै अन्सारीले सरुवा, आर्थिक सहायता, सुरक्षा लगायत जिम्मेवारी नपाएको भन्दै मन्त्रीविरुद्व असन्तुष्टी ब्यक्त गर्दै आएका थिए। मंगलवार राति नेपालले राजीनामा मागेपछि अन्सारी पदत्यागको निर्णयमा पुगेका हुन्। सार्वजनिक रुपमा सरकार र मन्त्री रावलको आलोचना गरेको आरोपमा अन्सारी कारवाहीमा परेका छन्। Continue reading

सेनालाई बेलायती सहयोग मागिने

(काठमाडौं) प्रधानसेनापति छत्रमान सिंह गुरुङले बेलायती सेनाध्यक्ष सर डेबिट जुलियन रिचर्डको निमन्त्रणामा आगामी असोज १८ देखि २२ गतेसम्म बेलायतको औपचारिक भ्रमण गर्नुहुने भएको छ।  उहाँ बेलायत भ्रमण गर्ने १०औं प्रधानसेनापति हुनुहुनेछ। सन् १९८२ देखि नेपाल र बेलायतका सेनाध्यक्षले एकअर्का देशको औपचारिक भ्रमण गर्ने क्रम शुरू भएको थियो। सरकारले बेलायत भ्रमणका लागि यही फागुन ५ गते प्रधानसेनापति गुरुङलाई अनुमति प्रदान गरेको थियो। गत माघ २३ गते बेलायती सेनाध्यक्ष रिचर्डले नेपालको औपचारिक भ्रमण गरेपछि त्यसैबेला प्रधानसेनापति गुरुङलाई भ्रमणको निम्तो दिनुभएको हो। प्रधानसेनापति गुरुङले आफ्नो भ्रमणको क्रममा बेलायत सरकारले नेपाललाई प्रदान गर्दै आएको तालिमको कोटा बढाउन, बम डिस्पोजल सामग्री उपलब्ध गराउन र थप सैन्य सहयोग उपलब्ध गराउन आग्रह गर्नुहुने उच्च सैनिकस्रोतले जानकारी दियो। Continue reading

नेपाल १०१ रनले विजयी

 निश्चल पाण्डेको धारिलो बलिङले नेपालले कुबेतमाथि १ सय १ रनको विशाल अन्तरको विजय हासिल गरेको छ। निर्धारित ४० ओभरको खेलमा २५ औं ओभरमा सबै विकेट गुमाएर कुबेत ८२ रनमा सीमित भयो। नेपालका लागि विवेक चौधरीले ३ र राजिव शाहले एक विकेट लिए। एसीसी यु १६ अन्तर्गतको दोस्रो खेलमा नेपालले कुबेतलाई १ सय ८४ रनको लक्ष्य दिएको थियो। निर्धारित ४० ओभरमा नेपालले सबै विकेट गुमाएर १ सय ८३ रन जोडेको हो। निश्चल पाण्डेले ५८ रन जोड्दै नेपाललाई बलियो बनाउन प्रमुख भूमिका निर्वाह गरे। सरद खड्काले ३३, शतीस भागतले २९, दीपेन्द्र चन्दले १२ रन बटुले। टस जितेर कुबेतले फिल्डिङ रोजेको हो।