Daily Archives: 06/03/2010

दक्षिण कोरीयास्थित संचारकर्मीहरुको “प्रेस बिज्ञप्ती”

मीन प्रकाश उप्रेती, दक्षिण कोरीया

हाल देशमा संचार क्षेत्रसँग सम्बन्धित व्यक्तिहरु माथि लागातार भईरहेको हत्या तथा हत्या गर्ने धम्की प्रति दक्षिण कोरीयाका कृयाशिल संचारकर्मीहरुको गम्भिर ध्यानार्कषण भएको छ । सञ्चार उद्यमी जमीम शाहाको हत्या गरीएको रगतको टाटो सूक्न नपाउँदै अर्का सञ्चार उद्यमी  अरुण सिंहानियाको हत्याले हामीलाई मर्माहित बनाएको छ । सही र सत्य समाचार लेख्ने कलमलाई कायरहरुले बन्दुक द्धारा आफ्नो अनुकुल बनाउने दूष्प्रयासको हामी घोर निन्दा र भर्त्सना गर्दछौं । Continue reading

भन्सार नबढाए चैतदेखि सुन संकट

  सुनको भन्सारदर तत्काल वृद्धि नगरिए चैतदेखि उपभोक्ताले सुन खरिद गर्न नपाउने सम्भावना देखिएको छ नेपाल राष्ट्र बैंकले सुन आयातमा रोक लगाएको र व्यवसायीसँग रहेको सुन फागुनसम्म मात्र कारोबार गर्न पुग्ने हुँदा चैतदेखि अभाव हुने सुनचाँदी व्यवसायी संघका अध्यक्ष तेजरत्न शाक्यले बताएका हुन् ।१८ फागुनअघि सात सय किलो सुन ह्याण्डक्यारीमार्फत आयात भए पनि यो महिनामा सबै रित्तिने अध्यक्ष शाक्यको दाबी छ । ‘२ हजार व्यापारी छन्, दैनिक सरदर १२/१३ किलो कारोबार भैरहेको छ, यो क्रमले फागुन महिनामा सबै सुन सकिन्छ,’ उनले भने ।सरकारले अध्यादेश ल्याएर भए पनि भारतमा जति नै भन्सारदर कायम नगरेमा चैतदेखि बजारमा कारोबार गर्न सुन नहुने उनको भनाइ छ । Continue reading

खेलकुदमा भौतिक पूर्वाधार थप्नुपर्छ : खेलकुद मन्त्री

 युवा तथा खेलकुद मन्त्री गणेश तिवारी (नेपाली) ले खेलकुद क्षेत्रको विकासका लागि भौतिक पूर्वाधार थप्नुपर्नेमा जोड दिएका छन्। अन्तरविद्यायस्तरीय सडक दौड र चित्रकला प्रतियोगिताका विजयी खेलाडीलाई शनिबार यहाँ पुरस्कार प्रदान गर्दै उहाँले खेलकुदक्षेत्रको प्रभावकारी विकासका लागि पूर्वाधार थप्न सरकार क्रियाशील रहेको बताए। त्यस अवसरमा एघारौँ दक्षिण एसियाली खेलकुद प्रतियोगितामा स्वर्णपदक विजेता राजेन्द्र भण्डारीलाई मन्त्री तिवारीले सम्मान गरे। काठमाडौँ उपत्यकाका बीसवटा विद्यालयका छात्रछात्राले भाग लिएको सडकदौडमा बालुवार उच्चमाध्यमिक विद्यालयका सुवास राई प्रथम, बौद्ध माविका राजु तामाङ द्वितीय र  लिटिल मेमोरियल स्कुलका विजय लामा तृतीय भएका थिए।

अबुधाबीमा फेरि अर्को नेपालीको निधन

गिरधारी “विरही” रिजाल, यूएई

काठमाण्डौ महानगरपालिका स्थित कीर्तिपुर निवासी अन्दाजी वर्ष २५ को श्याम लामाको यही मिति ५ मार्च २०१० का दिन मृत्यु भएको समाचार प्राप्त भएको छ । यूएईको अबुधाबी नेशनल होटल कम्पनीमा विगत २० महिनादेखि लामाले काम गर्दै आइरहेका थिए । Continue reading