जय आले, कुवेत
कुवेतका प्रधानमन्त्री शैख नासर अल-मोहमद अल-अहमद अल-जाबर अल-सवाहले नेपालका राजदूत महामहिम मधुवन प्रसाद पौडेल ज्यूसँग ०४ मार्च २०१० को दिन कुवेतको सैफ प्यालेसमा भेटवार्ता गर्नु भएको छ ।
नेपाली दूतावास कुवेतबाट जारी बिज्ञप्ती अनुसार, सो अवसरमा वहाँले नेपालको राजनैतीक स्थितिको बारेमा जानकारी लिंदै संबिधान लेखन प्रगतिको बारेमा बिशेष जानकारी लिनु भएको थियो । राजदूत पौडेलले यस सम्बन्धमा दिनु भएको जानकारी पश्चात शैख नासर अल-सबाहले नेपालको राजनैतीक र आर्थिक स्थितिको लागि शुभकामना व्यक्त गर्नु भयो ।
प्रधानमन्त्री शैख नासर अल-मोहमद अल-अहमद अल-जाबर अल-सबाहले नेपालको पूर्वधार बिकासका लागि ”अरब आर्थिक बिकासको लागि कुवेत कोष” बाट समेत सहयोग पुर्याउन तयार रहेको व्यहोरा व्यक्त गर्नु भयो । सो अवसरमा राजदूत पौडेलले कुवेत सरकारबाट बिगतमा प्राप्त सहयोग बिशेष गरी जलबिद्युत र सिंचाइ योजनाहरुमा गरेको लगानी तथा हालसालै नेपाली दूतावास स्थापना गर्नका लागि गरेको सहयोगको लागी आभार व्यक्त गर्नु भएको थियो ।
यसैगरी राजदूत पौडेलले नेपालको पुर्वाधार बिकासको लागि सहयोग गर्न अनुरोध गर्दै हाल अधिकांश नेपालीहरु घरेलु र अर्धदक्ष कामदारको रुपमा रहेकोले उच्च व्यवसायिक व्यक्ति र दक्ष जनशक्तिलाई समेत नियुक्ती गर्न सक्ने कुरा व्यक्त गर्नु भयो । कुवेतको हालको बिकासको गति सँग सँगै नेपालमा धेरै सहयोगका क्षेत्रहरु जस्तै: व्यापार, बाणिज्य, लगानी र पर्यटकिय,आदी अवसरको रुपमा रहेका कुरा वहाँले ध्यानाकर्षण गराउनु भयो ।
साथै नेपाल केवल अदक्ष र न्युन पारिश्रमिकमा कार्यरत जनशक्ती- जो नेपाल सरकारको जानकारी बिना नै यस देशमा कार्यरत नागरिक निर्यात गर्ने देश मात्र नभई, पर्याप्त मात्रमा बिभिन्न बिधामा व्यवसायिक व्यक्ति, विशेषज्ञ र दक्ष जनशक्ती निर्यात गर्ने राष्ट्रको रुपमा समेत चिनिन चाहन्छ, राजदूत पौडेलले भन्नु भएको थियो ।















































