नेपाली सेनाले कुवेती राजाको सुरक्षा गर्ने


 फागुन २०- कुवेत सरकारले त्यहाँको राजा (अमिर)को अंगरक्षक र दरबार सुरक्षाका लागि नेपाली सेनाको माग गरेको छ। बहालवाला सैनिकलाई अवकाश दिई अंगरक्षकमा पठाउने प्रस्तावप्रति नेपालले सकारात्मक जवाफ दिने भएको छ।

कुवेतका अमिर सबाह अल अहमद अल जबर अल सबाहले एक महिना अघि आफ्नो दरबार सुरक्षार्थ दुई सय नेपाली सैनिक माग गरेका थिए। कुवेतका लागि नेपाली राजदुत मधुवन पौडेलले त्यहाँको सरकारसँग औपचारिक छलफल गरी परराष्ट्र मन्त्रालयमार्फत् जंगीअड्डालाई प्रस्ताव पत्र पठाएका थिए।

संवैधानिक राजतन्त्र भएको कुवेत विश्वकै पाँचौ ठूलो पेट्रोलियम भण्डार भएको मुलुक हो। नेपाली सेनाले आफ्ना बहालवाला सैनिकलाई अवकाश दिएर अमिरको सुरक्षार्थ खटाउन सकिने जवाफ परराष्ट्र मन्त्रालयमार्फत् पठाउन लागेको हो।

कुवेत अमिरको प्रस्तावमा ३५ वर्ष उमेर नघागेको, १२ देखि १५ वर्षसम्म जागिर गरिसकेको र भीभीआईपी सुरक्षासम्बन्धी विशेष तालिम लिएको वहालवाला सैनिक हुनुपर्ने मापदण्ड तोकिएको छ। सैनिक प्रवक्ता एवम् सहायक रथी रमिन्द्र क्षेत्रीले नागरिकसित भने स्ताव आएको हो, त्यसबारेमा सम्भाब्यता अध्ययन अनुसन्धान गइरहेके छौं।
कुवेत अमिरको सुरक्षा गर्न खटाइने सैनिकको छनौट भने नेपाली सेनाले गर्ने भएको छ। दुई वर्षका लागि दिइने त्यस्तो अवसरमा जान चाहाने सैनिकलाई मासिक साढे दुई लाखजति तलब हुने प्रस्ताव छ। यो रकम शान्ति सेनामा ‘अब्जरभर’ मा खटिने सैनिक अधिकृतको सुविधा बराबर भएको स्रोतले बतायो।
‘कुवेतले परराष्ट्र मन्त्रालयमार्फत औपचारिक पत्र पठाएर एक सय ५० देखि २०० जनासम्म बहाल सैनिक बडिगार्डका लागि माग गरेको छ,’ रक्षा मन्त्रालयका प्रवक्ता श्रीधरप्रसाद पोखरेलले भने, ‘हामी त्यससम्बन्धमा सकारात्मक छौं।’

‘अमिरको सुरक्षामा नेपाली सेनालाई विश्वास गर्नु मुलुककै लागि गौरवको विषय हो, सेनाको अनुशासन, व्यवसायिकता, विश्वसनियता तथा भरपर्दो पृष्ठभूमि हेरेर दिइने कुरा हो’, एक सैनिक उच्च अधिकारीले भने, ‘१५ वर्ष पुरा भइसकेको सैनिकको पेन्सन पनि नहुने भएकोले उनलाई अवकाश दिएर मात्र कुवेत खटाउने तयारी गरिरहेका छौं।’

चार वर्षअघि संयुक्त अरब इमिरेट्स (युएई) का राजा शैख खालिफा बीन जायद अल नाहयनको मागबमोजिम त्यहाँको दरबार सुरक्षार्थ नेपाली सेनाका बहालवाला ५५ जना सैनिकलाई अवकाश दिएर खटाइएको थियो। उनीहरूको दुई वर्षको थियो।

ब्रनाइका सुल्तानले दरबार सुरक्षार्थमा ब्रिटिस गोर्खाका अवकाशप्राप्त सैनिकलाई प्रयोग गर्दै आएका छन्। त्यतिमात्र नभइ उनले गोर्खा रिजर्ब युनिट (जीआरयु) स्थापना गरी त्यसले दरबारको सम्पूर्ण सुरक्षाको जिम्मेवारी सम्हाल्दै आइरहेके छ।

नेपाली इमान्दार, वफादार र वीर हुन्छन् भन्ने विश्वव्यापी सन्देशका कारण खाडी मुलुकका राजाको नेपाली सेनाप्रति मोह बढेको हो। २०४२ सालतिर पूर्व रथी भिक्ट्री राणा, पूर्व रथी ओमबहादुर पुन, पूर्व उपरथी प्रदिपप्रताप बममल्ल र हालका सम्भाररथी रामबहादुर गुरुङ अफ्रिकी मुलुक ग्यावोन गइ त्यहाँको भीभीआईपी सेक्युरिटीबारे एक वर्षसम्म तालिम दिएका थिए।

हालै युएइ र कतारमा मख्यालय बनाएको भीभीआईपी सेक्युरिटीमा काम गर्ने एक वेल्जियम कम्पनीले आफ्ना सुरक्षादस्तालाई नेपाली सेनाको ‘माउण्टेन वारफेर’ र ‘जंगलवारफेर’ तालिम गर्न इच्छा जाहेर गरेको थियो। सेनाले त्यस्तो प्रस्ताव सिधै नस्वीकार्ने र तालिम गराउन चाहे सरकारको एजेन्सी भएर आउनुपर्ने जवाफ दिएको थियो। 

2 Responses to नेपाली सेनाले कुवेती राजाको सुरक्षा गर्ने

  1. K P Sharma

    नेपाली सेनाले कुबेती दरबार र कुबेती राजाको सुरक्षा को लागि माग भएको भन्ने समाचार पडन पाउदा नेपालको गौरब बडेको अनुभुती
    भयो नेपाल कै राजनीतिक दल र बिशेस गरी माओ बादी भनिने पाटी ले त आफ्नु निजी नोकर बनाउन लागे को सेना लाई बरु बिदेस
    बाट विश्वाश र ईज्जत दिएको मा अरु नेपाली त खुशीनै होलान नि होइन र? बाहेक माओवादी बाहेक|

  2. It truth and good news for all Nepalese people, in Nepalese accept Gurung and Magar they are honest and human been.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s