Daily Archives: 04/03/2010

भारतले पूर्वका १० ठाउँमा सीमा मिचेको पुष्टि, स्तम्भसमेत गायव

 फागुन २०- भारतले इलामको पूर्वी सीमावर्ती क्षेत्रका १० ठाउँमा अतिक्रमण गरेको पुष्टि भएको छ। सीमा प्रशासन, इलाका प्रहरी कार्यालय पशुपतिनर र नागरिक समाजको संयुक्त टोलीले स्थलगत अनुगमनपछि १० ठाउँ मिचेको पुष्टि गरेको हो। टोलीले गरेको अनुगमनमा सीमा क्षेत्रका पाँच वटा सीमा स्तम्भसमेत गायव भएको तथ्य फेला परेको छ।
  पशुपतिनगर–४ हिलेभञ्ज्याङ क्षेत्रमा रहेका ७१/२१, ७१/२२, ७१/२३ पशुपतिनगर र श्रीअन्तु गाविसमा पर्ने दीपकमल वनक्षेत्रभित्र रहेका ७२/३ र ७२/४ नम्बर सिमास्तम्भ गायव छन्। सन्दकपुर, मानेभञ्ज्याङ, सिमाना बजार, पुलखोला, फाटक, पेनल हिले भञ्ज्याङ, गुफापातल र छब्बीसे भारत पक्षबाट अतिक्रमण भएको टोलीका सदस्य देवेन्द्र पाण्डेले बताए। Continue reading

धादिङमा कङ्ग्रेस-माओवादी झडप

 फागुन २०- धादिङ सदरमुकाम धादिङबेसीमा बिहीबार बिहान नेपाली कङ्ग्रेस र वाइसिएलबीच झडप भएको छ। झडपमा नेविसङ्घका कार्यकर्ता सुरेन्द्र तामाङ गम्भीर घाइते भएका छन्। झडपलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले चार राउण्ड हवाई फायर र केही सेल अश्रुग्याससमेत प्रहार गरेको छ।
झडपका कारण धादिङबेसी तनाव रहे पनि प्रहरीले शान्त पार्न बजारमा प्रहरी फोर्स परिचालन गरेको छ। सो घटनामा देषी ठहरिएका वाइसिएलका प्रताप तामाङसहित ६ जनालाई पीडित पक्षले ज्यान मार्ने उद्योगमा मुद्दा दायर गरेको छ भने अन्य चार जनालाई सार्वजनिक अपराधमा कारबाहीअन्तरगत कारबाही गर्न माग गरिएको छ। Continue reading

राष्ट्रिय सम्मानसहित दीपकलाई दस लाख

 दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा लगातार चार स्वर्णपदक जितेर इतिहास रचेका तेक्वान्दो खेलाडी दीपक विष्टलाई नेपाल सरकारले राष्ट्रिय सम्मानसहित दस लाख रुपैयाँ प्रदान गर्ने भएको छ ।
मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले कीर्तिमानी खेलाडी दीपकलाई सो रुपैयाँसहित राष्ट्रिय सम्मान गर्ने निर्णय गरेको छ । बैठकले एघारौँ सागअन्तर्गत  धउद्घाटनको दिनै होटलको लिफ्ट चुँडिएर घाइते भएका जुडो खेलाडीहरूको उपचारखर्च पनि सरकारले व्यहोर्ने भएको छ ।
‘सागमा लगातार चारवटा स्वर्णपदक जितेका दीपकलाई सरकारले दस लाखसहित राष्ट्रिय सम्मान गर्ने निर्णय गरेको छ मन्त्रिपरिषद्को बैठकपछि सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता शंकर पोखरेलले जानकारी दिए । घाइते भएका जुडोलगायत अन्य खेलाडीको निःशुल्क उपचार हुनेसमेत  उनले बताए । Continue reading

सेनाले सरकारलाई बुझायो दशवर्षको योजना / नेपाल छिमेकी मुलुकहरूबाट असुरक्षित

 नेपाली सेनालाई आधुनिकीकरण र एसियाली मापदण्डको बनाउन सरकारले १० वर्षको कार्ययोजना अघि सारेको छ। सैनिक मुख्यालयले सेनाको आधुनिकीकरण गर्नका लागि १० वर्षको कार्ययोजनाको मस्यौदा रक्षा मन्त्रालयमा पेस गरेपछि मन्त्रालयले उक्त कार्ययोजना कार्यान्वयनका लागि प्रधानमन्त्री कार्यालयमा पठाएको छ। सेनाको आधुनिकीकरण गर्ने १० वर्षको कार्ययोजनालाई अल्पकालीन, मध्यकालीन र दीर्घकालीन गरी तीन भागमा विभाजन गरेर कार्य अगाडि बढाउन मुख्यालयले रक्षा मन्त्रालयलाई आग्रह गरेको छ। Continue reading

पासपोर्ट संकट’का कारण चैत १९ पछि विदेश यात्रा अनिश्चित

फागुन २०- एक-दुई दिनभित्रै नाटकीय निर्णय भएको अवस्थामा बाहेक मुलुक चार सातापछि राहदानीविहीन हुने पक्का छ। यसले नेपालमा उपचार संभव नभएर विदेश लैजानुपर्ने अवस्थाका विरामीदेखि वैदेशिक रोजगारीका लागि जाने युवा सबैको अन्तर्राष्ट्रिय उडान रोकिने छ। उच्च शिक्षाका लागि विदेशमा पढ्न जाने विद्यार्थी, आफन्त भेट्न जाने, सरकारी कामका सिलसिलामा विदेश यात्रा गर्ने कर्मचारीसमेतको विदेश यात्रा प्रभावित हुनेछ। Continue reading

नेपाली सेनाले कुवेती राजाको सुरक्षा गर्ने

 फागुन २०- कुवेत सरकारले त्यहाँको राजा (अमिर)को अंगरक्षक र दरबार सुरक्षाका लागि नेपाली सेनाको माग गरेको छ। बहालवाला सैनिकलाई अवकाश दिई अंगरक्षकमा पठाउने प्रस्तावप्रति नेपालले सकारात्मक जवाफ दिने भएको छ।

कुवेतका अमिर सबाह अल अहमद अल जबर अल सबाहले एक महिना अघि आफ्नो दरबार सुरक्षार्थ दुई सय नेपाली सैनिक माग गरेका थिए। कुवेतका लागि नेपाली राजदुत मधुवन पौडेलले त्यहाँको सरकारसँग औपचारिक छलफल गरी परराष्ट्र मन्त्रालयमार्फत् जंगीअड्डालाई प्रस्ताव पत्र पठाएका थिए। Continue reading

खगेन्द्र थापा मगर विश्वकै होचा व्यक्ति

कास्की, फाल्गुन १९ – बाग्लुङ धुल्लुबासकोट ६ का खगेन्द्र थापा मगर विश्वकै होचा व्यक्ति भएका छन् । ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ को प्रक्रियामा उनी सबैभन्दा होचा रूपमा दरिएका हुन् । रेकर्डमा नाम लेखाउन इटालीको रोमबाट पोखरा फर्किएको भोलिपल्ट बुधबार प्रक्रियामा रहेकामध्ये उनी होचा भएको जानकारी दिइएको हो । वल्र्ड रेकर्ड टोलीले साताअघि उनको परीक्षण गरी विश्वकै सानो बच्चाको उपाधि दिएको छ । गिनिज बुकमा नाम लेखाउन १८ वर्ष पुग्नुपर्ने प्रावधान छ । उनी छ महिनापछि मात्र १८ वर्ष पुग्ने भएकाले अहिले आधिकारिक प्रमाणित गर्न नमिलेको हो । उनलाई होचो बच्चाका मेडल भने पहिराइएको छ । Continue reading

कतारको तलब अब कम्तीमा १६ हजार

काठमाडौ, फाल्गुन १९ – सरकारले रोजगारीमा कतार जाने नेपाली कामदारको न्यूनतम मासिक पारिश्रमिक ८ सय रियाल -करिब १६ हजार रुपैयाँ) निर्धारण गरेको छ । मलेसियामा जानेका लागि ६ वर्षअघि तोकिए पनि त्यसयता न्यूनतम पारिश्रमिक तोकिएको थिएन । Continue reading