Daily Archives: 03/03/2010

एशियन फूटवल लिग गेम सम्वन्धी जरुरी सूचना !!

कुवेत नगरीमा पेशारत समस्त ‘खेलप्रेमी’ दाजुभाई तथा दिदिबहिनीहरु;

उपरोक्त सम्वन्धमा यहि आउदो  ५  मार्च २०१० को  दिन  Expats Football Federation Kuwait को आयोजनामा, Asian Football League Kuwait ‘Season One’ Tournament; कुवेतस्थित १० विदेशी राष्ट्रहरुको बिच संचालन भईरहेको र उक्त टुर्नामेण्टमा राष्ट्रिय स्तरको नेपाली टिमले माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लवको सकृयता एवं प्रतिनिधित्वमा सहभागिता जनाएको  हुँदा कुनै पनी सघ सस्था साथै नेपाली दाजुभाई तथा दिदिबहिनीहरु मा उक्त टुर्नामेण्टमा सहभागी भाई टिमलाई हौसल बडाई दिनको लागि माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव हार्दिक अनुरोध गर्दछ।  र खेल सुरु हुने समय  साँझको ५ : ०० बजे देखी कुवेतको सुवैख फायर स्टेशन फूटवल मैदानमा श्रीलंका  बिरुद्द नेपाली टिम खेल्ने जानकारी समेत गराउन चाहन्छौं ।

धन्यवाद ।

माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव काठमाण्डौ– कुवेत

 

 

कस्तो कांग्रेस ? कसको कांग्रेस ?

(प्रदीप पौडेल)

नेपाली कांग्रेसको महाधिवेशन नजिकिँदै छ, चौतर्फी क्षय भोगिरहेको यो पार्टीमा महाधिवेशनलाई मध्यनजर गरी जुन ढंगको विचारधारात्मक र नीतिगत बहस सुरु हुनुपर्ने हो, त्यो हुन सकेको छैन । महाधिवेशनको जे जति चर्चा भएको छ, त्यो मूलतः व्यक्तिकेन्दि्रत छ । कांग्रेस जुन परिस्थितिमा छ, त्यसलाई हेर्दा केबल नेतृत्व छनोटले मात्रै महाधिवेशनको ऐतिहासिक दायित्व पूरा हुँदैन ।

यतिबेला कांग्रेस प्रश्नै प्रश्नको घेरामा छ । किन घटिरहेको छ यसको जनाधार ? किन मुर्जाएको छ कांग्रेसको रूख ? किन हतास छन् कार्यकर्ता ? जनजाति किन तर्किएको छ ? किन भागेको छ दलित कांग्रेससँग ? सबैभन्दा ठूलो आधार क्षेत्र मधेसमा कांग्रेस किन हरेक दिन कमजोर हुँदै गएको छ ? यतिखेर बिस्फोट भइरहेका जातीय, क्षेत्रीय, वर्गीय आकांक्षालाई कांग्रेसको जवाफ के हो ? सबैभन्दा मुख्य प्रश्न कांग्रेस कस्तो पार्टी हो र कसको पार्टी हो ? महाधिवेशनले यी प्रश्नको जवाफ खोज्नै पर्छ । Continue reading

तीन दल बैठक बिनानिष्कर्षटुंगियो

 राजनीतिक गतिरोध अन्त्य गरी निर्धारित समयमै संविधान निर्माणका लागि मंगलबार बसेको प्रमुख तीन दल एनेकपा (माओवादी), नेपाली कांग्रेस र एमालेको बैठक विश्वासको वातावरण निर्माणमा जोड दिँदै बिना निष्कर्षटुंगिएको छ।

बैठकको प्रारम्भमा नै माओवादी नेतृत्व बाह्रबुँदे सहमतिअगाडिको जस्तो आक्रामक शैलीमा र सहमतिको भावनाविपरीत प्रस्तुत भइदिँदा कांग्रेस र एमालेमा माओवादीप्रति आशंका तीव्र रूपमा देखिएको तर लामो छलफलपछि राज्यको पुनःसंरचनाका लागि राज्य पुनःसंरचना आयोग बनाउने सैद्धान्तिक सहमति भएको बैठकमा सहभागी एक नेताले बताएका छन्। Continue reading

रियल म्याडि्रड विश्वकै धनी क्लब

स्पेनिस दिग्गज क्लब रियल म्याडि्रड र बार्सिलोना फेरि एकपटक फुटबलजगत्कै विश्वकै धनी क्लब बनेका छन् । यस सिजनमा खेलाडीमाथिको खर्च तथा व्यवस्थापनमा खर्चिएको आधारमा स्पेनिस क्लबले शीर्ष दुई स्थान रक्षा गरेका हुन् । युरोपको डेलोटिज स्पोट्र्स कम्पनीले गत जनवरीसम्म गरेको सर्वेक्षणअनुसार धनी क्लबहरू सार्वजनिक भएको हो ।
संसारकै धनी क्लबको छिनोफानो हुँदा रियल म्याडि्रडले बाजी मारेको छ । म्याडि्रडले स्पेनिस लिगको चिरपरिचित प्रतिद्वन्द्वी बार्सिलोनालाई दोस्रो स्थानमा धकेल्यो । रियलले सिजनमा क्रिस्टियानो रोनाल्डो, साबी ओलोन्सा तथा काकाजस्ता विश्वस्तरीय खेलाडीलाई करोडौँ डलर खर्चेर क्लबमा भित्र्याएर तहल्का मच्चाएको थियो । Continue reading

क्यानद्वारा खेलाडी सम्मानित

 काठमाडौं/ नेपाल क्रिकेट संघ -क्यान) ले मंगलबार पेप्सी आइसिसी विश्वकप क्रिकेट डिभिजन-५ का विजेता नेपाली क्रिकेट टोलीलाई सम्मानित गरेको छ । विजयी खेलाडी तथा अफिसियललाई क्यानले जनही ५०/५० हजार प्रदान गरेको छ । यसैगरी रिबर्कले पनि प्रत्येक खेलाडीलाई ‘ट्रयाकसुट’ प्रदान गर्यो । Continue reading