२७ फेब्रुअरी २०१० को दिन कुवैतको एसिया क्लव रेस्टुरेन्टमा बसेको माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव कार्यसमितिको मासिक बैठकले २५ सदस्यीय कार्यसमितिको बिस्तार गरी ३५ सदस्यीय बनाएको छ । साथै पद पूर्तीको लागि निम्न बमोजिम नयाँ सदस्यहरु थप गरेको समेत जानकारी गराइन्छ ।
राजु गुरुङ् – सह-सचिव
नबराज श्रेष्ठ – सदस्य
ईन्द्र बहादुर श्रेष्ठ – सदस्य
सरीता पौड्याल – सदस्य
शिला गिरी – सदस्य
गंगा संग्रौला – सदस्य
साथै नव नियुक्त सह-सचिव राजु गुरुङ ज्यूलाई क्लबको स्वामित्वमा संचालित कुवेतनेपाल डट कमको संवाददाता पदमा चयन गरिएको र भुपाल राना मगर ज्यूलाई वेव डिजाइनरमा अनुमोदन गरिएको जानकारी गराइन्छ ।
यसैगरी माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव काठमाण्डौ, कुवेत कार्यसमितिले राष्ट्रिय स्तरका नेपाली खेलाडीहरुको हितमा लगू हुनेगरी खेलाडी संरक्षण कोषलाई बलियो पार्न कार्यसमितिको सदस्यहरुबाट खेलाडी संरक्षण कोषमा रकम जम्मा गरी ब्याजमा चलाउने र जम्मा भएको मुनफा रकम खेलडीहरु घाइते हुन गएको खन्डमा सदुपयोग गरिने समेत थप जानकारी गराइन्छ ।
माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव काठमाण्डौ, कुवेत














































best of luck for all new member