Daily Archives: 01/03/2010

माउण्ट एभरेष्ट एम.बि बमजन मेमोरियल गोल्डकप फुटबल टुर्नामेण्ट (फेब्रुअरी २०१०)

माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव, काठमाण्डौ-कुवेतद्वारा फेब्रुअरी २०१० मा सम्पन्न माउण्ट एभरेष्ट एम.बि. बमजन मेमोरियल अन्तर नेपाली गोल्ड कप फुटबल टुर्नामेण्टका केही झलकहरु फोटोमा… Continue reading

२५ सदस्यीय MESC कार्यसमितिलाई बिस्तार गरी ३५ बनाइयो

२७ फेब्रुअरी २०१० को दिन कुवैतको एसिया क्लव रेस्टुरेन्टमा बसेको माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव कार्यसमितिको मासिक बैठकले २५ सदस्यीय कार्यसमितिको बिस्तार गरी ३५ सदस्यीय बनाएको छ । साथै पद पूर्तीको लागि निम्न बमोजिम नयाँ सदस्यहरु थप गरेको समेत  जानकारी गराइन्छ ।

राजु गुरुङ् – सह-सचिव
नबराज श्रेष्ठ – सदस्य
ईन्द्र बहादुर श्रेष्ठ – सदस्य
सरीता पौड्याल – सदस्य
शिला गिरी – सदस्य
गंगा संग्रौला – सदस्य

साथै नव नियुक्त सह-सचिव राजु गुरुङ ज्यूलाई क्लबको स्वामित्वमा संचालित कुवेतनेपाल डट कमको संवाददाता पदमा चयन गरिएको र भुपाल राना मगर ज्यूलाई वेव डिजाइनरमा अनुमोदन गरिएको जानकारी गराइन्छ । Continue reading

साउदीमा १७ युवा अलपत्र

वैदेशिक रोजगारीका लागि साउदी अरब गएका पूर्वी नेपालका १७ युवा ७ दिनदेखि अलपत्र परेका छन् । अलपत्र परेका मध्ये एक गम्भीर विरामी परेका छन् । काठमाडौंको भाटभटेनीस्थित र्‍यापीड मेनपावरबाट त्यहा पुगेका मोरङ भोगटेनी -८ का जसबहादुर तामाङ तथा रत्नबहादुर तामाङ, इलामका भीम विश्वकर्मा, तह्रथुमका रहरमान श्रेष्ठ, पाल्तेन शेर्पालगायत १७ युवा अलपत्र परेका उनीहरुका आफन्तले बताएका छन् । Continue reading

इजरायलमा ४० जना कृषि कामदारको माग

सुसारे (केयर-गिभर) का लागि आकर्षक मानिएको इजरायलमा तीन वर्षपछि कृषि कामदारको माग आएको छ। इजरायल सरकारले ४० जना नेपालीलाई कृषि कामदारका रूपमा भियाउन अनुमति दिएको हो। महिलाका लागि आकर्षक मानिएको केयर-गिभरमा भने अझै भिसा खुला गरिएको छैन। इजरायलस्थित नेपाली दूतावासका द्वितीय सचिव विष्णुप्रसाद गौतमले ४० जना कृषि कामदारको माग आएको जानकारी परराष्ट्र मन्त्रालयलाई दिएका छन्। Continue reading

नेपाली पासपोर्टमा बंगलादेशी

रोजगारीका लागि कतार आएका एक युवक दोहा अन्तर्राष्ट्रिय विमानस्थलमा तीन दिनसम्म अलपत्र परे । उनी काम गर्न आएको कम्पनी लिन नआएपछि विमानस्थलमै कहिले यता त कहिले उता गरेर बसे । त्यही विमानस्थलमा काम गर्ने नेपालीहरूले तिनको हालत देखेर सोधखोज गरे । युवक धनुषाका रहेछन् तर उनलाई न नेपाली भाषा आउँथ्यो न मैथिली न त हिन्दी नै ।पछि उनलाई नेपाली दूतावासले उद्धार गर्‍यो । Continue reading

नम्रता फेरि ब्रान्ड एम्बेसडर !

डिजे तान्त्रिकसँगको सेक्स भिडियो टेपका कारण विवादमा परेकी नायिका तथा मोडल नम्रता श्रेष्ठ सो भिडियोका कारण पुनः चलचित्रमा र्फकन सकेकी छैनन्। सो सेक्स भिडियोका बारेमा हालसम्म केही नबोलेकी उनी यौन काण्डपछि सार्वजनिक जीवनमा र्फकन नखोजेकी पनि होइनन्, तर वचन पाए पनि त्यो पूरा हुन सकिरहेको छैन। Continue reading

साउदी अरबबाट उपचार गराउन स्वदेशै आउन बाध्य

साउदी अरबबाट त्रिभुवन विमानस्थल उत्रेलगत्तै लालबहादुर पुन सीधै स्वास्थ्य परीक्षण गर्न ओम अस्पताल गए।परीक्षणबाट ग्यास्टिक भएको र मृगौलामा खराबी देखियो। उनी जोरपाटीस्थित मेडिकल कजेलमा भर्ना भई उपचार गराइरहेका छन्। नौ महिनाअघि मात्रै साउदी पुगेका दाङ, नारायणपुरका पुन स्वास्थ्य उपचारका लागि मात्रै कार्यस्थल छाडेर स्वदेश फिर्नु पर्‍यो। Continue reading

ज्यान जोगाउन पैसा बाल्ने व्यक्ति

यूरोपको सबैभन्दा लामो पर्वत श्रृङ्खला आल्प्समा हिउँ चिप्लेटी खेल्न गएका युवक हिउँले पुरिएपछि आफ्नो ज्यान जोगाउन र अरुले देखेर आफूलाई बचाउलान् कि भन्ने आशामा आफूसँग भएको सबै पैसा जलाएका छन् । जर्मनीको म्युनिख शहरनिवासी २२ वर्षो डोमिनिक पोडोल्स्की हिउँ चिप्लेटी खेल्दै अस्टि्रयाको होच्जीलर्ेटल नजिक फँसेको बीबीसीले जनाएको छ । Continue reading