Posted on 31/03/2010 by शिव पौडेल
(LIVE UPDATE: Dharma Giri/Bikram Thapa/Hom Giri-Unity Ground) ३१ मार्च २०१० बिहानको ९ बजेदेखी कुवेतको अहमादीस्थित युनिटी ग्राउण्डमा नेपाल र हङ्गकङ्गबीच भएको एसिसि एलाइट ट्रफी कुवेत २०१०, क्रिकेट म्याचमा नेपालले टस जितेर पहिलो ब्याटिङ्ग गर्दै ५० ओवरमा ७ विकेट गुमाउदै २३६ रन बनाउन सफल भई हङकङलाई ११८ रनको भारी अन्तरले पराजित गरेको छ । जसमा महेश २, [...]
Filed under: समाचार | Leave a Comment »
Posted on 31/03/2010 by शिव पौडेल
(काठमाडौं), लामो समयदेखिको उद्योग-व्यवसायीको मागलाई सम्बोधन गर्दै सरकारले मंगलबार औद्योगिक सुरक्षाबलको गठन गर्ने निर्णयगरेको छ।व्यवसायीहरूले सुरक्षाको प्रत्याभूति नदिए औद्योगिक प्रतिष्ठानमा ताला लगाएर प्रधानमन्त्रीलाई तालाचाबी बुझाउने चेतावनी दिएका थिए।सरकारले औद्योगिक सुरक्षा बलको गठन गर्ने नीतिगत निर्णयगरे पनि यसका लागि आवश्यक ऐन र नियमावली भने बन्न बाँकी रहेको छ। यससम्बन्धी थप प्रक्रियागत व्यवस्था मन्त्रिपरिषद्को राजनीतिक समितिले गर्ने [...]
Filed under: समाचार | Leave a Comment »
Posted on 31/03/2010 by शिव पौडेल
सुदर्शन सापकोटा, काठमाडौं, बैंकहरुले एक आपस (अन्तर बैंक) बाट सापटी पाउन छाडेका छन्। तरलता संकट गहिरिँदै गएपछि बढीमा सात दिनसम्म अन्तर बैंक सुविधा लिदै आएका बैंकले बैंकिङ प्रणालीभित्र पैसा कम भएपछि सापटी पाउन छाडेका हुन्। मंगलबार अधिकांश बैंकले सापटी माग गरे पनि कसैले उपलब्ध गराउन सकेनन्। ‘मंगलबार सापटी दिन कुनै बैंक तयार भएनन् लक्ष्मी बैंकका [...]
Filed under: समाचार | Leave a Comment »
Posted on 31/03/2010 by शिव पौडेल
भारतले लुम्बिनी उतै रहेको प्रमाणित गर्यो भने नेपाल शिरविनाको मुर्कट्टो हुनेछ बुद्ध भारतमा जन्मिएको दाबी र नेपालले नक्कलमात्रै गर्न खोजे पनि असफल भएको आरोपसहित नेपालको जस्तै ‘भग्नावशेष’ बनाउन करोडौँका प्रोजेक्ट तयार गरी रातदिन ट्रयाक्टर र मजदुर खटाएर गौतमबुद्धको मावली देवदह, जन्मस्थल लुम्बिनी र दरबार तिलौराकोट प्याकेजमै भारतमा बनाइँदै छ (हेर्नुहोस्, नयाँ पत्रिका, ४ चैत २०६६) [...]
Filed under: समाचार | 1 Comment »
Posted on 31/03/2010 by शिव पौडेल
काठमाडौं, नेपालमा शान्ति र विकासमा बेलायती सहयोगको प्रभाव अध्ययन गर्न बेलायतका प्रधानमन्त्री गोर्डन ब्राउनका विशेष दूत ज्याक म्याककनेल तीनदिने भ्रमणका लागि आज नेपाल आउँदै छन्।नेपालको शान्ति र विकासका लागि बेलायती सहयोगबारे प्रत्यक्ष जानकारी लिन म्याककनेल आउन लागेको बेलायती दूतावासद्वारा मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ।
Filed under: समाचार | Leave a Comment »
Posted on 31/03/2010 by शिव पौडेल
विश्वको सबैभन्दा ठूलो आर्थिक र सांस्कृतिक मेला, सांघाई एक्स्पोमा चीनले आमन्त्रण गरेका आठ नेताको सूचीमा माओवादी अध्यक्ष प्रचण्ड बेइजिङ ओलम्पिकको भव्य आयोजनाबाट विश्वलाई चकित पारेको चीन विश्व एक्स्पोको अन्तिम तयारीमा छ । सात वर्षको तयारीपछि १ मेमा सांघाई एक्स्पो आयोजना हुँदै छ । आयोजक चीनले एक्स्पोका बारेमा विश्वका एक सय सेलेबि्रटीसँग उनीहरूको सन्देश मागेको छ [...]
Filed under: समाचार | Leave a Comment »
Posted on 31/03/2010 by होम गिरी
लन्डन, फर्नान्डो टोरेजले दुई गोल गरेपछि लिभरपुलले आइतबार राति सन्डरल्यान्डलाई ३-० ले हराएर आगमी सत्रको च्याम्पियन्स लिगमा चयन हुने सम्भावनालाई कायम राखेको छ ।स्पेनका अन्तर्राष्ट्रिय स्ट्रइकरले खेलको तेस्रो मिनेटमा र ६० औँ मिनेटमा गोल गरेका थिए । लिभरपुलका लागि दोस्रो गोल ग्लेन जोन्सनको नाममा रहृयो । टिमले राम्रो खेलेकाले मैले गोल गर्न सकेँ, आशा गरौँ [...]
Filed under: समाचार | Leave a Comment »
Posted on 30/03/2010 by कुवेतनेपाल डट कम
काठमाडौ, चैत्र १७ – विभिन्न राजनीतिक दल सम्बद्ध दश युवा संगठनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई असफल पार्न अभिब्यक्ति दिने पूर्व राजा ज्ञानेन्द्र शाहलगायतलाई दिइएको सबै सरकारी सुविधा फिर्ता लिन र गिरफ्तार गरी कारवाही गर्न माग गरेको छ । दश युवा संगठनको मंगलबार बसेको संयुक्त बैठकले हालै शाह र पूर्व प्रधानमन्त्री कृष्णप्रसदा भट्टराईले दिएको अभिब्यक्तिलाई संघीय लोकतान्त्रिक [...]
Filed under: समाचार | Leave a Comment »
Posted on 30/03/2010 by कुवेतनेपाल डट कम
प्रदीप मेन्याङ्बो धरान, चैत्र १७ – क्षेत्रीय शिक्षा निर्देशकले निरीक्षण गरिसकेको एसएलसी परीक्षा केन्द्रबाट इलाका प्रसासन कार्यालयका प्रमुखले परीक्षार्थीहरुबाट तीन बोरा चीट, गेसपेपर र गाइड बरामद गरेको छ । मंगलबार विज्ञान विषयको एसएलसी परीक्षाको अनुगमन गर्न एक्लै निस्किएका धरानस्थित इलाका प्रशासन कार्यालयका प्रमुख राममणी पोखरेलले ल्यावरोटरी मावि परीक्षा केन्द्रबाट तीनबोरा चिट बरामद गरेको हो ।
Filed under: समाचार | Leave a Comment »
Posted on 30/03/2010 by कुवेतनेपाल डट कम
आदरणीय कुवेतवासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरु; ३१ मार्च २०१० देखी ९ अप्रिल २०१० सम्म कुवेतमा एसियन क्रिकेट काउन्सिल एलाइट ट्रफी कुवेत २०१०, १० एसियन राष्ट्रहरुबीच संचालन हुन गईरहेको र जसको समुह A बाट भोलि ३१ मार्च २०१० को दिन, बिहानको ९.०० बजे देखी कुवेतको बिरुद्द सिंगापुर- कुवेतको केईसि ग्राउण्ड (Doha)मा, अफगानिस्तानको बिरुद्द बहराइन- कुवेतको हुबारा [...]
Filed under: सूचना | 2 Comments »
Posted on 30/03/2010 by राजु गुरुङ्ग
काठमाडौ, चैत्र १६ – पछिल्लो एक साता दीपक विष्ट तनावमा रहे, रुन पनि बाध्य भए । तर ‘अन्त्यमा सत्यको सधैं विजय हुन्छ,’ भनिए झै यतिखेर उनमा खुसी छाएको छ । एक साता गलत कारणले चर्चामा रहेपछि तेक्वान्दो स्टार दीपकको विवाद प्रकरणले सोमबार निकास पायो । उनका लागि सोमबार पूरा दिन उतारचढावपूर्ण रह्यो । उनलाई कारबाही गरेको [...]
Filed under: समाचार | Leave a Comment »
Posted on 30/03/2010 by कुवेतनेपाल डट कम
(काठमाडौं), निर्धारित समयमा संविधान नबन्ने बढ्दो आशंका, माओवादीद्वारा वर्तमान सरकारले राजीनामा दिनुपर्ने माग र केही साना दलले संविधानसभाको म्याद थप गर्नुपर्ने प्रस्ताव राखेको सर्न्दर्भमा कसरी अगाडि बढ्ने भन्ने सर्न्दर्भमा प्रधानमन्त्री माधवकुमार नेपालले छलफल एवम् परामर्शलाई तीव्र पार्नुभएको छ। प्रधानमन्त्री नेपालले यदि आफू सरकारबाट हड्दा निर्धारित समयमै संविधान बन्छ र राष्ट्र बन्छ भने छोड्न तयार रहेको [...]
Filed under: समाचार | Leave a Comment »
Posted on 30/03/2010 by शिव पौडेल
काठमाडौं, उपकप्तान ज्ञानेन्द्र मल्लबिना नै नेपाली टोली एसिसी ट्रफी इलाइट खेल्न सोमबार कुवेत लागेको छ। १६ सदस्यीय नेपाली टोली बिहान साढे ९ बजे गल्फ एयरबाट कुवेततर्फ लाग्दा प्रमुख ब्याट्सम्यान ज्ञानेन्द्र भिसा अस्वीकृत गरिएका कारण घरैमा बस्न बाध्य भए। ज्ञानेन्द्र मल्ल नेपाली टोलीका वैकल्पिक सहित सबै खेलाडीको भिसा आए पनि ज्ञानेन्द्रको भिसा दुई पटक अस्वीकृत भएको [...]
Filed under: समाचार | Leave a Comment »
Posted on 30/03/2010 by शिव पौडेल
नयाँ दिल्ली, भारतकी टेनिस स्टार सानिया मिर्जाले पाकिस्तानी क्रिकेटर शोयब मलिकसँग विवाह गर्ने भएकी छिन्। सानियाका पिता इमरान मिर्जाले यो समाचारको पुष्टि गरेका छन्। सानिया परिवारले दुवैको विवाहको पार्टी यसै एक महिना भित्र हुने बताएका छन्। विवाहपछि सानिया र सोयब दुबईमा बस्ने छन्। शोयब दुबईमा बस्दै आएका छन्।सानियाका परिवारले जारी गरेको विज्ञप्तिमा सानियाले विवाहपछि पनि [...]
Filed under: समाचार | Leave a Comment »
Posted on 30/03/2010 by शिव पौडेल
काठमाडौं, सरकारले सन् २०११ का लागि पर्यटन वर्षको घोषणा गरेसँगै १२ वर्षअघि सन् १९९८ मा मनाएको नेपाल भ्रमण वर्षको तुलनामा अन्तर्राष्ट्रिय उडान गर्ने एयरलाइन्स, हवाईर् सिट र हवाईर् कारोबार दोब्बर हुने भएको छ ।अन्तर्राष्ट्रिय उडान गर्ने एयरलाइन्सको संख्या थपिने क्रम जारी रहेकाले यो संख्या दोब्बरभन्दा बढी हुन लागेको हो । ५ लाख पर्यटक भित्र्याउने उद्देश्यले [...]
Filed under: समाचार | Leave a Comment »
Posted on 30/03/2010 by जय आले
सम्झना तामाङ्ग, नेपाल आशाहरु आकाशका तारासँगै झरेर गए विश्वासहरु छैन मन्दिरहरु भात्केर गए खुशी र चाहनाहरु कुनै फूल झैं ओईलिएर गए, लजाउँदा लजाउँदै टाढा धेरै टाढा अनी त्यहाँ निर जन्मियो जहाँ मायाको एउटा छुट्टै संसार छ सुन्दैछु ऊ त खुशीको संसार बाँच्छ रे ईन्द्रेणी र पुर्णीमामा अर्को एउटा रंग भर्छ रे लाखौं जुनीसम्म पनि मायाको [...]
Filed under: बिचार | Leave a Comment »
Posted on 30/03/2010 by होम गिरी
दाङ, १६ चैत, पूर्वगृहमन्त्री एवं कांग्रेस केन्द्रीय सदस्य खुमबहादुर खड्काले दलहरूले जनताका लागि राम्रो काम गर्न नसके राजा फर्किने र इतिहास दोहोरिन सक्ने खतरा रहेको बताएका छन् । दलहरू संविधान बनाउनुभन्दा सत्ता केन्द्रित भएको र दलहरूको रवैया यस्तै रहे राजा फेरि र्फकन सक्ने उनको तर्क थियो । उनले थपे, ‘पछिल्लो समयमा राजाको समेत सक्रियता बढेको छ, [...]
Filed under: समाचार | Leave a Comment »
Posted on 30/03/2010 by होम गिरी
पोखरा, एकिकृत माओवादी उपाध्यक्ष डा.बाबुराम भट्टर्राईले कांग्रेस सभापति स्वर्गीय गिरिजाप्रसाद कोइराला चाहना पनि अहिलेको सरकार हटाउने नै रहेको दाबी गरेका छन् । कांग्रेस सभापति कोइरालाले यो सरकार परिवर्तन गरी माओवादी नेतृत्वमा सरकार बनाउन चाहेको उल्लेख गर्दै आफुहरूसंगको भेटमा कोइरालो यस्तो संकेत गरेको उनको दाबी थियो । कोइरालाको देहबसानले देशमा ठुलो अन्यौल बढेको भन्दै डा. भट्टर्राईले [...]
Filed under: समाचार | Leave a Comment »
Posted on 30/03/2010 by राजु गुरुङ्ग
मस्कोको स्थानीय समय अनुसार सोमबार बिहानको व्यस्त समयमा गरिएका दुईवटा आत्मघाती बम आक्रमणमा मर्नेहरूको संख्या कम्तीमा अडतीस पुगेको छ। त्यस्तै सत्तरीजनाभन्दा बढी घाइते भएका छन्। सुरक्षा निकायहरुले आत्मघाती बम हमलाकारीहरू रुसको उत्तरी ककेससस्थित एउटा उग्रवादी समूहसँग सम्वद्ध महिलाहरू भएको विश्वास गर्दछन्। सो क्षेत्रमा धेरै वर्षदेखि मुसलमान विद्रोहीहरु स्वतन्त्रताका लागि लडिरहेका छन्। रूसको प्रमुख गुप्तचर संस्था [...]
Filed under: समाचार | Leave a Comment »
Posted on 29/03/2010 by जय आले
जय आले, कुवेत कुवेतमा संचालन हुने एसीसी एलाइट ट्रफी २०१० मा सहभागिता जनाउन नेपाली क्रिकेट टिमको “पूर्व सूचना अनुसार” गल्फ एयरको उडान नं. GF-215 बाट आज २९ मार्च २०१० को दिन, बेलुकीको ५.१५ बजे कुवेत आगमन भएको छ । क्याप्टेन पारस खड्का सहित १६ जना खेलाडिहरुको टोलिमा टिम कोच सुरेश पाण्डे र टिम मेनेजर बिनोद [...]
Filed under: समाचार | 2 Comments »