Monthly Archives: February 2010

जो खुट्टाले चलाउँछन् कम्प्युटर

दुइटै हात छैनन् उनका । तर पढाइमा उनी हात हुनेहरू भन्दा कम्ती छैनन् । पढाइमा तेज छन् । उनको हयान्डराइटिङ (हस्तलेखन) पनि सुन्दर छ। तर, खुट्टाले लेख्ने भएकाले उनका सन्दर्भमा ‘यान्डराइटिङ’ भन्दा ‘लेगराइटिङ’ भन्नु उपयुक्त होला। लेख्नेमात्रै होइन  उनी कम्प्युटरसमेत खुट्टाले नै चलाउँछन् । उनी अर्थात् उत्सव खड्गी । Continue reading

यसरी जित्यो नेपालले

फागुन १२ , आइसीसी विश्व क्रिकेट लिग डिभिजन-५ मा नेपालले लगातार तेस्रो शानदार विजय हासिल गरेको छ। मंगलबार सैनिक महाविद्यालय भक्तपुरमा बहरानविरुद्ध नेपालले ८ विकेटको शानदार विजय हात पारेको छ। ४७ ओभरको खेलमा नेपालले १ सय १५ रनको लक्ष्य २२.५ ओभरमै पूरा गर्‍यो। ७१ रन बनाएका पारस खड्का म्यान अफ द म्याच भए।

राहदानी बनाउन ढिलाइ नगर्नुहोस्

आफ्नतहरुलाई विदेश बोलाउन चाहानुहुन्छ भने छिट्टै राहदानी लिनुहोला। राहदानी बनाउन ढिलाइ नगर्नुहोस् । किनभने परराष्ट्र मन्त्रालयले निकट भविष्यमै विदेश जान चाहने सर्वसाधारणलाई मार्च ३१ भित्र राहदानी लिइसक्न आग्रह गरेको छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) को बाध्यकारी प्रावधानअनुरूप अपि्रल १ देखि संसारभर मेसिन रिडेवल राहदानी (एमआरपी) लागू हुँदैछ । Continue reading

प्रेमविवाह गर्न नपाएको झोकमा आत्महत्या

प्रेमविवाह गर्न नपाएको झोकमा महोत्तरीमा एक युवतीले आत्महत्या गरेकी छिन्। एकजारा गाविस वडा नं.९ बस्ने राजेन्द्र यादवकी १६ वर्षीया छोरी सुनैनाकुमारीले आत्महत्या गरेकी जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। लामो समयदेखि स्थानीय अखिलेस यादवसँग प्रेमसम्बन्धमा रहेकी उनलाई परिवारले इच्छाविपरीत अर्कै ठाउँमा विवाह गर्न लागेकाले गएराति आफू सुत्ने कोठामा पासो लगाई आत्महत्या गरेकी मृतककी आमाले बताइन्। मृतक सुनैनको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याइएको छ भने घटनाको थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक शैलेन्द्र यादवले बताए।

नेपाल बहराइनसँग भिड्दै

पेप्सी विश्व क्रिकेट लिग डिभिजन-५ को फाइनलमा प्रवेश पाउने बलियो सम्भावना बोकेको नेपालले आज बहराइनसँग खेल्दैछ। नेपालले पहिलो दुई खेलमा जर्सी र सिंगापुरलाई पराजित गरी डिभिजन-४ मा उक्लने सम्भावना बलियो बनाएको नेपालले मंगलबार बहराइनसँग भक्तपुरको वीरेन्द्र सैनिक स्कुल मैदान र बुधबार फिजीसँग त्रिवि मैदान कीर्तिपुरमा खेल्नेछ। सहभागी ६ टोलीमा यी दुईलाई कमजोर मानिएको छ। Continue reading

सम्पूर्ण कुवैतबासी नेपाली दाजुभाइ-दिदीबहिनीहरुमा समय फेरबदल गरीएको जानकरी गर्दछौ !!!

 कुवेत नगरीमा पेशारत समस्त नेपाली दाजुभाई तथा दिदीबहिनीहरु;

आगामी २६ फेब्रुवरी २०१०, शुक्रवारको दिन माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव काठमाण्डौ, कुवेतको आयोजना गरेको माउण्ट एभरेष्ट एम. बि. बमजन गोल्ड कप फूटवल टुर्नामेण्टको फाइनल अल-अमाना र अलघानिमको बिरुद्द खेल्ने छन सो खेलमा उपथित भई खेलको सोभा बढाइ दिनु हुन बुद्धिजिबी, समाजसेवी, पत्रकार, ब्यापारी तथा कलाकार साथै कुवेतमा पेशारत समस्त नेपालीहरुमा सादर आमन्त्रणा गरिन्छ। साथै समय फेरबदल गरीएकोमा माफी चाहन्छौ । वतावारणको साथै बढदो गर्मीले गदा १२ बजे देखी भनिएको समय लाई फेरबदल गरी ९ बजे राखिएको जानकरी गर्दछौ ।

मिति : २६ फेब्रुवरी २०१०, शुक्रवारको दिन

समय : विहान ९ बजे देखी

स्थान : कुवेतको अम्घारा फूटबल मैदानमा

धन्यवाद ।

 साथै माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव काठमाण्डौ, कुवेत ।

अनेसास इजरायलको आयोजनामा साहित्यिक भेटघाट र वृतचित्र प्रदर्शनी

यही फेब्रुअरी २० शनिबार साँझ इजरायलको तेल अभिवमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज इजरायलले नेपाल बाट इजरायल भ्रमणमा आउनु भएका कवि एवं साहित्यकार श्री अनिल पौडेलको स्वागतार्थ एक साहित्यिक कार्यक्रम तथा रात्रिभोजको आयोजना गर्यो । अनेसास इजरायल, मेरो नेपाल द्वैमासिक पत्रिका प्रकाशन समिति लगायत इजरायल स्थित विभिन्न संघ संस्थाका प्रतिनिधिहरु सहभागी रहनु भएको सो कार्यक्रममा कवि एवं साहित्यकार श्री अनिल पौडेल द्वारा आफैले निर्देशन गर्नु भएको नेपाली वृतचित्र “झमक’ को प्रदर्शनी गरिएको थियो । Continue reading

कतारवासी तमूहरुको मनोरन्जनात्मक बनभोज कार्यक्रम

बुधबल तमू

कतार फेब्रुअरी १९

तमू बौद्ध सेवा समिति कतारको आयोजनामा अलखोर पब्लिक गार्डेनमा फेब्रुअरी १९ मा कतारवासी तमूहरुले यस वर्षको बनभोज विभिन्न मनोरन्जनात्मक कार्यक्रमहरुका साथ सम्पन्न गरेका छन् । कतारवासी तमूहरु विच भाईचारको संबन्ध बढाउन र एक आपसमा परिचित गराउने उद्धेश्यले आयोजना गरिएको बनभोज कार्यक्रममा कतारका तमूहरुको उल्लेखनिय उपस्थिती थियो । Continue reading

विश्व लीग क्रिकेटः नेपालको छनोट सम्भावना बलियो

नेपालले पेप्सी विश्व क्रिकेट लिग डिभिजन-५ मा विजय क्रमलाई निरन्तरता दिएको छ। आइतबार सिंगापुरविरुद्धको निकै प्रतिस्पर्धात्मक खेलमा नेपालले ६ विकेटको रोमाञ्चक विजय पायो। लगातार दोस्रो जितपछि नेपालको डिभिजन-४ मा उक्लने सम्भावना बलियो बनेको छ। विश्वकप २०१५ को छनोट आधारको रूपमा रहेको प्रतियोगिताका शीर्ष दुई टोलीले अघिल्लो चरणमा प्रवेश पाउने छन्। नेपाल र अमेरिकाले पहिलो दुवै खेल जितेका छन्। नेपालले म‌गलबार बहराइन र बुधबार फिजीसँग खेल्ने छ। Continue reading

गिनिजबुकमा नाम लेखाउन खगेन्द्र इटलीतर्फ

 विश्वका सबैभन्दा होचा मानिसका रूपमा गिनिज बुकमा नाम उल्लेख गर्ने उद्देश्यका साथ बाग्लुङका खगेन्द्र थापामगर हिजो इटलीतर्फ उडेका छन्। गिनिज बुकमा उनको नाम राख्नका लागि सहयोग गर्न इटलीका रेडियोकर्मीहरुको एक समूहले सहयोग गर्ने भएको छ। सोही समूहको आमन्त्रणमा बुबा मीनबहादुर रानामगरका साथ उनी त्यसतर्फ प्रस्थान गरेका हुन्। बाग्लुङ जिल्लाबाट २०६६ साल असारमा नागरिकताको प्रमाणपत्र लिएका १८ वर्षीय थापामगरको तौल हाल साढे चार किलोग्राम र उचाइ २० इन्चमात्र रहेको छ।

६०० मेघावाटको जलासययुक्त बूढीगण्डकी जलविद्युत आयोजनाका लागि पाँच प्रस्ताव

धादिङमा पर्ने ६०० मेगावाटको जलाशययुक्त बूढीगण्डकी आयोजनाका लागि पाँचवटा अन्तर्राष्ट्रिय कम्पनीका प्रस्ताव परेका छन् । जलाशययुक्त आयोजनामा अत्यधिक लगानी पर्ने हुनाले कुनै पनि नेपाली कम्पनीहरुले चासो देखाएका छैनन् । जलाशययुक्त आयोजनामा विदेशी कम्पनीको प्रस्ताव परेको पहिलोपटक हो । प्रस्तावमध्ये बढी सेयर दिनेलाई छनोट गर्ने प्रक्रिया सरकारले अघि बढाएको छ । Continue reading

एकीकृत माओवादी नेताबाटै कार्यकर्ताको जीवन असुरक्षारअध्यक्ष प्रचण्डसँग जीवन रक्षाका लागि याचना

 माओवादीको मजदुर संगठनका तीन कार्यकर्ताले आफूहरू पार्टी नेताबाटै असुरक्षित भएको भन्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जीवन रक्षाको आग्रह गरेका छन् । उनीहरूले “जीवन सुरक्षा गराइपाउँ” भनी प्रचण्डलाई निवेदन दिएका हुन् । अध्यक्ष जमरकट्टेलले भने दुःखद घटना भएको भन्दै आफूले कुनै निर्देशन नदिएको दाबी गरेका छन् । Continue reading

यूएईमा नेपालीको मृत्यूदर प्रतिदिन बढ्दो

 गिरधारी रिजाल

२१ फर्वरी २०१० अबुधाबी

यूएईमा नेपालीहरुको बढ्दो आगमनका साथ मृत्यूदर पनि दैनिक बढ्दै जाने क्रम जारी छ । रामेछाप जिल्ला पक्करबास गा वि स वडा नं २ रजगाउँ घर भएका ४० वर्षीय बहादुरे माझी रोजगारीको सिलसिलामा करीब ५ महिना पहिले यूएई आएका थिए । अबुधाबी स्थित रुवेसको जीएस ईन्जनियरिङ्ग एण्ड कन्स्ट्रक्सन नामक एक कोरियन कम्पनी अन्तर्गत तकरीरको ग्रीन डिजल प्रोजेक्टमा स्काफफोल्डिङ्गको काम गरिरहेका माझीको गत १८ फर्वरी २०१० का दिन रातको साढे बाह्र बजे हृदयाघातबाट मृत्यू भएको खबर प्राप्त भएको छ । Continue reading

सम्पूर्ण कुवैतबासी नेपाली दाजुभाइ-दिदीबहिनीहरुमा सादर आमन्त्रणा !!!

कुवेत नगरीमा पेशारत समस्त नेपाली दाजुभाई तथा दिदीबहिनीहरु;

आगामी २६  फेब्रुवरी २०१०, शुक्रवारको दिन  माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव काठमाण्डौ, कुवेतको आयोजना गरेको  माउण्ट एभरेष्ट एम. बि. बमजन  गोल्ड कप फूटवल टुर्नामेण्टको फाइनल अल-अमाना र  अलघानिमको  बिरुद्द खेल्ने छन सो खेलमा  उपथित भाई खेलको सोभा बढाइ दिनु हुन  बुद्धिजिबी, समाजसेवी, पत्रकार,  ब्यापारी तथा कलाकार साथै कुवेतमा पेशारत समस्त नेपालीहरुमा सादर आमन्त्रणा गरिन्छ।
मिति : २६  फेब्रुवरी २०१०, शुक्रवारको दिन
समय : विहान १2 बजे
स्थान : कुवेतको अम्घारा फूटबल मैदानमा
 
धन्यवाद ।

माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव काठमाण्डौ, कुवेत ।

 

एशियन फूटवल लिग गेमको लागि सहयोगको अपिल !!

कुवेत नगरीमा पेशारत समस्त ‘खेलप्रेमी’ दाजुभाई तथा दिदिबहिनीहरु;

उपरोक्त सम्वन्धमा यहि आगामी १९  फेब्रुअरी २०१० देखी, Expats Football Federation Kuwait को आयोजनामा, Asian Football League Kuwait ‘Season One’ Tournament; कुवेतस्थित १० विदेशी राष्ट्रहरुको बिच संचालन भईरहेको र उक्त टुर्नामेण्टमा राष्ट्रिय स्तरको नेपाली टिमले माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लवको सकृयता एवं प्रतिनिधित्वमा सहभागिता जनाएको  हुँदा कुनै पनी सघ सस्था साथै नेपाली दाजुभाई तथा दिदिबहिनीहरुमा Continue reading