Daily Archives: 28/02/2010

मरुभूमिको वनभोज एक प्रेरणाको श्रोत

 गिरधारी ‘विरही’ रिजाल

कसैलाई वनभोज भनेको के हो भनि सोध्यो भने सीधा उत्तर आउँन सक्छ कि घरदेखि बाहिर वनजंगलको छेउछाउमा गरिइने भोजको कार्यक्रम भनेर तर सीधा रुपमा  त्यो अर्थ लगाइए पनि यो शब्दको अर्थ त्यत्तिमै मात्र सीमित हुदैन होला शायद । घरदेखि टाढा कुनै अपरिचित स्थान जुन रमणीय एकान्त मनमोहक प्राकृतिक रुपले सुन्दर र खुल्ला वातावरणयुक्त हुन्छ चाहे त्यो वनजंगलको छेउछाउ होस् या पार्क चौर देउराली भाज्याङ्ग बेसी अनकन्टार पहाड तथा मरुभूमितुल्य उच्च समस्थली र सामुदि्रक बीच तट किन नहोस् त्यसमा पाकृतिक रुपले आफ्नै विशेषता लुकेको हुन्छ । हो त्यस्तै ठाउँहरुमा गै गरिइने भोज नै वास्तविक वनभोज हो जसले विभिन्न तवरले वितृष्णा जागेका कामबाट हैरान र थकित भएकाहरुलाई केही क्षण भएपनि मन प्रफुल्ल बनाइदिन्छ र सबै दुःख बिसे्रर त्यही दुनियामा हराएको थाहा पनि हुदैन । Continue reading

साउदीको दमाममा नेपाली सांस्कृतिक कार्यक्रम सम्पन्न : प्रबासी लांघाली मगर संघ साउदी अरब

नेपालबाट आउनुभएका कलाकारहरु इशा आले, देवी घर्ति र जगदिश समालका साथमा साउदी अरबको रियाद र दमाम क्षेत्रका स्थानीय कलाकारहरु समेतको संयुक्त प्रस्तुती रहेको नेपाली सांस्कृतिक कार्यक्रम २६ फेब्रुअरी राति ८ बजे दमाममा सुसम्पन्न भएको छ | Continue reading

छोरो खेलाउँदै बिपना

भारतीय नागरिकसंग बिबाह बन्धनमा बाँधिएकी एक जमानाकी चल्ती नायीका बिपना थापा तीन महिनाको नवजात छोरालाई साथमा लिएर काठमाण्डौ आई पुगेकी छन् । सुत्केरी बस्न माइती आएकी बिपनाले संचारकर्मीसाग भनिन- ‘म त बेबी केयरमै ब्यस्त छु ।’ Continue reading