माउण्ट एभरेष्ट एम.बि. बमजन गोल्ड कपको फाईनल खेल सम्पन्न, हिमाल रेमिटद्वारा राष्ट्रिय स्तरका खेलाडिहरुको जर्सी हस्तान्तरण, घाईते खेलाडिलाई क्लवद्वारा राहत प्रदान

जय आले / शिव पौडेल, कुवेत

२६ फेब्रुअरी २०१०, शुक्रवारको दिन, अम्घारा कुवेतको फूटबल मैदानमा माउण्ट एभरेष्ट एम. बि. बमजन अन्तर नेपाली गोल्ड कप फूटबल टुर्नामेण्टको फाइनल चरणको खेल अत्यान्तै भव्यताका साथ सम्पन्न भएको छ । फाईनल चरणसम्म आउन सफल टिमहरु द्वय अलघानिम सेक्युरिटी ग्रुप र अल-अमाना सेक्युरिटी ग्रुपबीच निकै प्रतिश्पर्धात्मक एवं रोचक खेल भएको थियो । पहिलो हाफसम्म अल-अमानाको निकै आक्रमक खेलले लाग्दथ्यो टुर्नामेण्ट अल-अमानाकै पक्षमा हुनेछ, फेरिपनी पहिलो हाफमा गोल रहित नै रहेका दुवै टिमहरु दोस्रो हाफमा भनें अलघानिम बढी आक्रमक शैलिमा प्रस्तुत हुन पुग्यो र अल-अमानाको बिरुद्द २ गोल गर्न सफल भई टुर्नामेण्ट बिजेता बन्न पुग्यो भनें, निकै कोशिसको बावजुत पनि अल-अमाना टिमले गोल फर्काउन नसकेकोले उपबिजेताको उपाधी हाँसिल गर्न सफल भएको छ ।

माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव काठमाण्डौ, कुवेतको प्रतिनिधित्वमा प्रत्येक वर्ष संचालन हुने यस गोल्ड कप टुर्नामेण्टमा लगातार ३ पटकसम्म बिजयी हाँसिल गरी गत वर्ष गोल्ड कप नै आफ्नो पक्षमा पार्दै एउटा ईतिहाँस रच्न सफल अलघानिम टिमले यस वर्षको टुर्नामेण्टमा पनि आफ्नो कुशल र शान्तिपूर्ण खेल प्रदर्शन गरी लगातर चौंथो पटक गोल्ड कपमा बिजयी हाँसिल गरेको छ ।

यसैगरी खेल सम्पन्न भई सके पश्चात पुरस्कार वितरण र अन्य कार्यक्रमहरु पनि रहेका थिए । माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लवका सचिव ईन्द्र प्रसाद भूषालले संचालन गर्नु भएको उक्त कार्यक्रमको सभापतित्व क्लव अध्यक्ष किरण पौड्यालको रहेको थियो भनें अतिथी दिर्घामा हिमालयन बैंकका प्रतिनिधि शैलेन्द्र श्रेष्ठ, नेपालकुवेत डट कमका सम्पादक एवं NRNA कुवेतका सचिव सुजन के. सि., नयाँ नेपाल क्लवका अध्यक्ष दिल पुन, तमू समाज कुवेतका सचिव राजु गुरुङ्ग र काली गण्डकी बचत समुहका अध्यक्ष चेतराम मगर हुनु हुन्थ्यो ।  

कार्यक्रममा MESC एवं NRNA कुवेतका उपाध्यक्ष तथा माउण्ट एभरेष्ट एम. बि. बमजन गोल्ड कप टुर्नामेण्टका खेल संयोजक श्री धर्मराज गिरी ज्यूले स्वागत मन्तव्य दिंदै क्लव र गोल्ड कप सम्बन्धी प्रकाश पार्नु भयो ।

कुवेतका लागि प्रथम नेपाली राजदूत महामहिम श्री मधुवन प्रसाद पौडेलज्यूको प्रमुख आतिथ्यमा बिजेता र उपबिजेता टिमका खेलाडिहरुलाई पुरस्कार वितरण गरिने तय भएको उक्त कार्यक्रममा वहाँको अस्वस्थताका कारण वहाँ उपस्थित हुन सक्नु भएन । 

उक्त अवसरमा राष्ट्रिय स्तरका नेपाली खेलाडिहरुको लागि कुनै पनि अन्तर्राष्ट्रिय टुर्नामेण्टहरुमा नेपालको तर्फबाट सहभागिता जनाउँदा लगाउने स्तरिय खालको जर्सी दिलाई दिन माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लवले बारम्बार गरेको अनुरोधलाई स्विकार गर्दै, हिमालयन बैंक लिमिटेड काठमाण्डौ, नेपालले उपलब्ध गराएको जर्सीहरु हिमालयन बैंक लिमिटेड (हिमाल रेमिट) कुवेतका प्रतिनिधि श्री शैलेन्द्र श्रेष्ठ ज्यूबाट माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लवका अध्यक्ष श्री किरण पौड्याल मार्फत क्लवलाई हस्तान्तरण गरियो ।

यसैगरी यस वर्षको माउण्ट एभरेष्ट एम. बि. बमजन गोल्ड कप टुर्नामेण्टमा घाईते हुन पुगेका अलघानिम टिमका खेलाडी बिनोद बिष्ट ज्यूलाई माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लवको खेलाडी संरक्षण कोषबाट केही राहत स्वरुप रकम प्रदान गरियो ।  घाईते बिष्ट राष्ट्रिय स्तरका खेलाडी पनि हुनु हुन्छ ।

बिजेता टिम अलघानिम र उपबिजेता टिम अल-अमानाका खेलाडिहरुलाई अतिथी ज्यूहरुबाट पुस्कार, मेडल र प्रमाण पत्र वितरण गरियो भनें यस वर्षको टुर्नामेण्टमा सहभागि आठ टिमहरु मध्य उत्कृष्ट टिमको उपाधी हाँसिल गर्न कुवेतको पुरानो टिम भनेर चिनिने र सेमिफाइनल चरणमा अलघानिमसँग पराजित हुने अत्यान्तै अनुशासित टिम जासिम ट्रान्स्पोर्ट सफल भएको छ । यसैगरी यस गोल्ड कप टुर्नामेण्टको मेन अफ द म्याच, बेस्ट प्लेयर अर्थात उत्कृष्ट खेलाडीको उपाधी उपबिजेता टिम अल-अमानाका खेलाडी धीरज गुरुङ्ग ज्यूले हात पार्न सफल हुनु भएको छ, जसले आफ्नो कुशल र रोचक खेल देखाई आफुलाई हमेशा एउटा खेलाडीमा हुनु पर्ने गुण र अनुशासनको दायरा भित्र सिमित राखी तमाम दर्शकहरु र आयोजकको मन जित्न सफल हुनु भएको थियो ।

कार्यक्रमको अन्त्यमा क्लव अध्यक्ष एवं सभापति श्री किरण पौड्याल ज्यूले सम्पूर्ण सहभागि टिमहरु लगायत उपस्थित दर्शकहरुलाई धन्यवाद ज्ञापन गर्दै र बिजेता, उपबिजेता टिमहरुलाई बधाई तथा शुभकामना दिंदै कार्यक्रमको समापन भएको घोषणा गर्नु भयो ।

टुर्नामेण्ट अवधी र समारोहका तस्विरहरु तल हेर्नुहोस ।

 

10 Responses to माउण्ट एभरेष्ट एम.बि. बमजन गोल्ड कपको फाईनल खेल सम्पन्न, हिमाल रेमिटद्वारा राष्ट्रिय स्तरका खेलाडिहरुको जर्सी हस्तान्तरण, घाईते खेलाडिलाई क्लवद्वारा राहत प्रदान

  1. MESC Upadhyachha yebam khel samyojak bhayeko natale sampurna sahabhagi mera kheladi sathi harulai dhanyabad dina chahanchhu. All the best gyus.

  2. Homnath Giri

    अल अमना सिक्युरिटी फूटबल टिम सम्पूर्ण समर्थक हरु लाई धन्यवाद ग्यापन गर्न चाहन्छ यहाँ हरु को सपोर्ट त पाइयो तर समये ले नै हामी लाई धोका दिन पुग्यो हजुर हरु को समर्थन ले गर्दा हामी ले पहिलो हाप पुरै रुप मा हाम्रो पक्ष मा राखे ता पनि सेकेन्ड हाप मा हामी लाई समये ले साथ दिएन र त्यो मरभुमी को हावा र धुलो हाम्रो सत्रु बनेर अाइदियो । एक पटक फेरी पनि अल अमना का सम्पूर्ण खेलादी अनी दर्शक हरु स्विडेस र KPTC क्प्म्पनी का साथीहरु लाई समर्थन को लागि मुरी मुरी धन्यवाद टक्र्याउन चाहन्छ र भबिस्य मा पनि यस्तै सहयोग को आशा राख्दछ र यहाँ हरु लाई कुनै पनि सहयोग चहिएको बेलामा अल अंमना यहाँ हरु लाई हेल्प गर्न अगी सर्नेछ। धन्यवाद

    अल अंमना सिक्युरिटी कम्पनी

  3. U GUYS DOESNT HAVE ANOTHER NEWS THEN FOOTBALL??? AND ALL NEWS ARE COPY AND PASTE FROM ANOTHER NEPALESE DAILLY WHAT IS THIS ?????

  4. milan lama

    DHERAI RAMRO KHEL DEKHAUNU BHAYAKO MA . AL AMANA R ALGHANIM TEAM LAI

  5. L B Yonjan

    यस एम्बी बोम्जन मेमोरिअल गोल कप मा अल अमन को साथीहरुले १४ घण्टा नाइट दिउटी गरेर पनि धेरै राम्रो खेल देखाउनु भएको थियो। तरा मौसमलेसथ नदियरा हामीले हर खानु परेयो। म धन्नेबाद दिन चाहन्छु यस कुवैत को मरु भूमीमा कारेरत खेल प्रेमीमित्रहरुलाई जो अल अमनलाई फुल सपोट गर्नु भयको थियो। हजुरहरुलाई थाहनै छ मौसमको करणले यस अल अमना कम्पनी रनर अफ हुनपुगेयो समयलेनै साथ नदिय पछी के लग्दरहेछरा। धन्नेबाद।

  6. Dear Alamana ko bros, article padda kheri bahut namaja lagyo. sanchai mausamle alamanalai matrai saath nadiyeko ho ki alghanim lai pani ho? K Alamana khelne thau ma matrai hawa huri chaleko thiyo Alghanim ko side ma hawa chaleko thiyena? Ani Alghanim le first half khelda kheri hawa chaleko thiyena? Haar bhayo ta kina nana thari kura garnu paryo thikai chha testai ho bhane ek din ramro mausam hune dinma feri khelau kasle jitdo rahechha? Alamana harnako main reason pani estai sano tino bachche manasthiti ani appropriate strategity nabhayera nai hareko ho. We, Alghanim are ready to play anytime anywhere lets se who wins d game d time says who is well………

  7. Shuvachintak

    आदर्णीय साथीहरु,

    तपाईंहरुको कमेन्ट पढ्दा साह्रै दु:ख लाग्यो। हुन त हार्ने टिमको प्रतिकृया यस्तै हुन्छ। आफुले जित्न नसके पछी मौसमले धोका दियो भनेर चित्त बुझाउनु भएको होला जस्तो लाग्यो नत्र के मौसम्ले अल- अमानालाई मात्र धोका दिएको थियो त? अल्घानिम सिक्युरिटी टिमलाई जित्नको लागि धेरै दु:ख अनी कस्ट गर्नु भयो तर तपाईंहरुको केही लागेन। फुल सपोर्टको बब्जुद पनि हार्नु भनेको कस्तो लाज लाग्दो कुरा हगी। यहाँहरुलाई स्मरण रहोस् गेम भनेको सपोर्टले मात्र पुग्दैन खेल्ने खेलाडिको कौसल पनि चाहिन्छ। केही छैन फेरी फेरी कोशिश गर्नुहोस् सफलता अबस्य हात पर्ने छ।

    धन्यवाद!!!!!

  8. Mr. Rana yo bhaneko Football, Vollyball khelaune sastha ho bhanera pahila bhujanuhos. tespachi tapaile aaru web site hernu parbash bata sanchalan hune dherai online haru copy pest nai hunchan. http://www.kuwaitnepal.com Bhaneko MESC ko aadhiptyabata chaleko web ho yo bujanuhosh. yo sewa bhannera bujanuhosh Business haina.

    Khadama bhageko ra Kuwaitma Bakala chalaune manisko Life History lekhana http://www.kuwaitnepal.com jaruri pani sochadaina.

    Chandra

  9. Mt. Everest M. B. Bomjan Gold Cup ended peacefully this year. Some hooligans tried to spoil the match between Al Amana Security and Big 3 but they could not get success. Because of good arrangement by Mt. Everest Sporting Club Kathmandu Kuwait, the tournament ran smoothly. Many Many congratulation to MESC for the most successful tournament.
    All the participants showed their honesty, sincerity, obedience to wrap up the tournament in peaceful condition. MESC must thanks to all the participated teams and audience for their help to make the tournament successful.
    All seven matches have been played in peaceful condition and no players have involved themselves in any kind of bad activities except the one from Al Amana Security Group. That has happened by mistake. May be the particular player from Al Amana Security Group has suffered alot for being away from the tournament. He may had tasted the taste of booking in the tournament.
    Well… the tournament was very nice. Despite of dusty and windy weather on the day of final, players from both team (Alghanim Security Group vs Al Amana Security Group) played their good game and made the final very interesting to watch to all audience present on the ground. In the first half of the final, 95%audience may have thought that the Gold Cup will go to the pocket of Al Amana Security Group but on the second half, players of Alghanim Security Group changed their game strategy and started to put pressure on Al Amana Security Group. As the result, on the 4th minute of second half Mr. Manoj Nepali from Alghanim scored from 65 yard free kick. The goal was very nice. We can see this type of goal in European leagues. After that goal players from Al Amana Security group got into great pressure and we saw frustration on their faces. The well organised players from Alghanim put alot of pressure on opponent team and found the net in 82nd minute by the well chipped shot from Mr. Jiten Gurung. According to the survey among the audience, it was the best goal in the tournament. On the other side, Alghanim Security Group shouldn’t forget 5/6 fine saves made by their smart and clever goalkeeper Mr. Mani Gurung.
    Al Amana Security group had started their good game in the first half but they couldn’t find the net. Due to the lack of team combination and understanding they lost their own game. They also tried alot to get the back of the net but couldn’t get the success. At least, they showed their best football playing skill and satisfied themselves being the runner up.
    Well well well……….. Congratulation to both teams who made the final berth and many many congratulation to the team of Alghanim to create the record by winning 4th straight title in the row in the history of M. B. Bomjan Gold Cup.

  10. Good to hear about all individual comments,

Leave a Reply

Fill in your details below or click an icon to log in:

Gravatar
WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s