
२६ फेब्रुअरी २०१०, शुक्रवारको दिन, अम्घारा कुवेतको फूटबल मैदानमा माउण्ट एभरेष्ट एम. बि. बमजन अन्तर नेपाली गोल्ड कप फूटबल टुर्नामेण्टको फाइनल चरणको खेल अत्यान्तै भव्यताका साथ सम्पन्न भएको छ । फाईनल चरणसम्म आउन सफल टिमहरु द्वय अलघानिम सेक्युरिटी ग्रुप र अल-अमाना सेक्युरिटी ग्रुपबीच निकै प्रतिश्पर्धात्मक एवं रोचक खेल भएको थियो । पहिलो हाफसम्म अल-अमानाको निकै आक्रमक खेलले लाग्दथ्यो टुर्नामेण्ट अल-अमानाकै पक्षमा हुनेछ, फेरिपनी पहिलो हाफमा गोल रहित नै रहेका दुवै टिमहरु दोस्रो हाफमा भनें अलघानिम बढी आक्रमक शैलिमा प्रस्तुत हुन पुग्यो र अल-अमानाको बिरुद्द २ गोल गर्न सफल भई टुर्नामेण्ट बिजेता बन्न पुग्यो भनें, निकै कोशिसको बावजुत पनि अल-अमाना टिमले गोल फर्काउन नसकेकोले उपबिजेताको उपाधी हाँसिल गर्न सफल भएको छ । Continue reading
Posted in खेलकूद