Daily Archives: 21/02/2010

सम्पूर्ण कुवैतबासी नेपाली दाजुभाइ-दिदीबहिनीहरुमा सादर आमन्त्रणा !!!

कुवेत नगरीमा पेशारत समस्त नेपाली दाजुभाई तथा दिदीबहिनीहरु;

आगामी २६  फेब्रुवरी २०१०, शुक्रवारको दिन  माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव काठमाण्डौ, कुवेतको आयोजना गरेको  माउण्ट एभरेष्ट एम. बि. बमजन  गोल्ड कप फूटवल टुर्नामेण्टको फाइनल अल-अमाना र  अलघानिमको  बिरुद्द खेल्ने छन सो खेलमा  उपथित भाई खेलको सोभा बढाइ दिनु हुन  बुद्धिजिबी, समाजसेवी, पत्रकार,  ब्यापारी तथा कलाकार साथै कुवेतमा पेशारत समस्त नेपालीहरुमा सादर आमन्त्रणा गरिन्छ।
मिति : २६  फेब्रुवरी २०१०, शुक्रवारको दिन
समय : विहान १2 बजे
स्थान : कुवेतको अम्घारा फूटबल मैदानमा
 
धन्यवाद ।

माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव काठमाण्डौ, कुवेत ।

 

एशियन फूटवल लिग गेमको लागि सहयोगको अपिल !!

कुवेत नगरीमा पेशारत समस्त ‘खेलप्रेमी’ दाजुभाई तथा दिदिबहिनीहरु;

उपरोक्त सम्वन्धमा यहि आगामी १९  फेब्रुअरी २०१० देखी, Expats Football Federation Kuwait को आयोजनामा, Asian Football League Kuwait ‘Season One’ Tournament; कुवेतस्थित १० विदेशी राष्ट्रहरुको बिच संचालन भईरहेको र उक्त टुर्नामेण्टमा राष्ट्रिय स्तरको नेपाली टिमले माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लवको सकृयता एवं प्रतिनिधित्वमा सहभागिता जनाएको  हुँदा कुनै पनी सघ सस्था साथै नेपाली दाजुभाई तथा दिदिबहिनीहरुमा Continue reading

मंगोल नेशनल अर्गनाइजेशनको तेश्रो राष्ट्रिय माहधिबेसन

 मंगोल नेशनल अर्गनाइजेशनको तेश्रो राष्ट्रिय माहधिबेसन भब्य रुपमा सफल परौ इलाम बासीलाई आव्हान एवम् अनुरोध हामीले तिन वटा लडाईं जित्यौ । काठमाडौ मंगोल नेशनल अर्गनाइजेशनको तेस्रो राष्ट्रिय महाधिवेशन इलाम जिल्लाको सदरमुकाम इलाम बजारमा हुने भएको छ । Continue reading

“आइसीसी विश्व क्रिकेटमा नेपालले शतक पूरा”

आइसीसी विश्व क्रिकेट लीग डिभिजन पाँच अन्तर्गतको दोस्रो खेलमा कमजोर सुरुवात गरेको नेपालले ३५ औ ओभरमा शतक पुरा गरेको छ। सिंगापुरविरुद्धको खेलमा टस जितेर बलिङ रोजेको नेपालले ३५ ओभरमा ५ विकेट गुमाएर १०१ रन जोडेको हो। Continue reading

सरकार शान्ति सम्झौता भङ्ग गर्ने दिशामा: एकीकृत माओवादी, जनपद र सशस्त्रले हतियार ल्याउन पाउँछः सरकार

  सशस्त्र प्रहरीले वोकेका हतियारहरु एकीकृत माओवादीका कार्यकर्ताहरुले धादिङको धार्केमा समातेपछि सरकार र एकीकृत माओवादीवीच आरोप-प्रत्यारोप सुरु भएको छ । सो घटनापछि एकीकृत नेकपा माओवादीले सरकार शान्ति सम्झौता भङ्ग गर्ने दिशातर्फ उन्मुख भएको आरोप एकीकृत नेकपा माओवादीले लगाएको छ भने नेपाल प्रहरी र सशस्त्र प्रहरीले चाहेको समयमा हतियार ल्याउन सक्ने दाबी सरकारले गरेको छ । Continue reading

भूमिगत भुटानी नेताको हत्या

भूमिगत भुटानी नेताको हत्या भुटानी शरणार्थी नेता रमेश सुब्बाको हत्या भएको छ। चालीस वर्षीय सुब्बालाई शुक्रबार साँझ अज्ञात सशस्त्र समूहले गोली हानेर मारेको इलाका प्रहरी कार्यालयले जनाएको छ। प्रहरीका अनुसार मेचीनगरपालिका–१३ को ईंटाभट्टास्थित फुटानीचोकमा उनीमाथि सो समूहले गोली प्रहार गरेको हो। उनी भुटानी शरणार्थीको भूमिगत सङ्गठन युनाइटेड रिभोलुसनरी फ्रन्ट अफ भुटानका प्रमुख रहेको बताइएको छ। बेलडागी–१ स्थित शिविरमा बस्दै आएका मृतक सुब्बालाई टाउको, दुवै कोखा र छातीमा पाँचवटा गोली लागेको थियो।