माउण्ट एभरेष्ट एम. बि. बमजन गोल्ड कप फूटबल टुर्नामेण्टको सेमिफाइनलको खेल सम्पन्न


शिवराम पौडेल

१९  फेब्रुअरी २०१० शुक्रवारको दिन, कुवेतको अम्घारा फूटबल मैदानमा माउण्ट एभरेष्ट एम. बि. बमजन गोल्ड कप फूटबल टुर्नामेण्टको  सेमिफाइनलको खेल सम्पन्न भएको छ । जसमा अल-अमाना  टिमको बिरुद्द सुनौलो बिहानी (KPTC) र अलघानिमको बिरुद्द कुवेतमा पुरानो टिम भनेर चिनिने जासिम  टिमहरु  खेलेका थिए । जसको पहिलो खेलमा अल-अमाना र  सुनौलो बिहानी (KPTC)विच भएको थियो । पहिलो खेल निर्धारित समयमा १ ,१ गोलको बराबरी खेल्दै  गेम थप समयतिर लम्किएको थियो ।  थप १५  मिनेटको समयमा  उचित लाभ उठाउदै अल आमनाले सुनौलो बिहानी माथि थप १ गोलगर्दै खेल १ -का बिरुद्द २ गोल अन्तरले जित्दै अल आमना  फाइनलमा प्रवेश गर्न सफल भएको छ ।
 दोश्रो खेलभने कुबेतको चर्चितटिम अलघानिम र जासिमको   विच कडा प्रतिस्पर्दाका साथ भएको थियो ।  निर्धारण गरेको समयभित्र दुवैपक्ष बाट १, १ गोल बाराबरी भएपछी ,खेल थपसमयतिर  लम्किएको थियो ।  १५ मिनेट  पाएको सो समयको फाईदा कुनै पक्षले पनि उठाउन नसक्दा खेल पेनाल्ती शुट गरिएयको  दुवै टिमलाई  ५ ,५ जनाले पेनाल्टी मार्फत गोलाहानने मौका दिइयो जस्को फाईदा उठाउदै अल घानिमले १ पेलाल्टी बल गुमाउदै ४ गोल गर्न सफल भयो भने , जासिमले आफुले पाएको ५ पेनाल्टी बल मध्ये २ बल गुमाउदै ३ गोलगर्यो , सो खेल ३ का बिरुद्द ४ पेनाल्टी गोलले जित्दै अल्घानिम टिमले फाइनलमा प्रवेश गर्न सफल भएको छ

यस टुर्नामेण्टको फाइनल खेल अम्घारा फूटबल मैदानमै २६  फेब्रुअरी २०१० को दिन खेलाईने छ । जसमा अल-अमाना र  अलघानिमको  बिरुद्द खेल्ने छन ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s