रोजगारीको शिलशिलामा अवैध तरिकाले साउदी अरब पुगेर बिभिन्न समस्यामा फस्दै नेपाली दूतावासको शरणमा पुगेका ५ नेपाली महिलाहरुको नेपाली दूतावास साउदी अरबले उद्दार गर्दै १६ फेब्रुअरी २०१० को दिन एयर अरेबियाको उडान नं. G9 157 मार्फत नेपाल पठाएको छ । उनिहरु १७ फेब्रुअरीको दिन, दिनको १२.४५ बजे काठमाण्डौ पुग्ने छन ।
नेपाली राजदूतावास रियादको सहयोगमा उद्धार गरी काठमाण्डौं पठाईंदै गरेका घरेलु कामदारहरुको नामावली निम्न बमोजिम छ ।
१. भगवती परियार, बीचमा उभिएकी, पोखरा ९, कास्की, यात्रा अनुमती पत्र नं. ००९९९४
२. राममाया माझी, देब्रेतिर अन्तिममा, काँकडभिट्टा झापा, यात्रा अनुमती पत्र नं. ००९९९१
३. सुकमाया विश्वकर्मा, बीचबाट दाहिनेतिर पहिलो, दुलारी ५, मोरङ्ग, यात्रा अनुमती पत्र नं. ००९९९२
४. कमला भट्टराई, बीचबाट देब्रेतिर पहिलो, उर्लावारी २, मोरङ्ग, यात्रा अनुमती पत्र नं. ००९९९८
५. तारा घर्तीमगर, दाहिनेतिर अन्तिममा, हलवार ५, दाङ्ग, यात्रा अनुमती पत्र नं. ००९९९०
नेपाली राजदूतावास रियाद
मितिः फागुन ४ २०६६ फेब्रुअरी १६ २०१०














































