Daily Archives: 17/02/2010

नेपाली दूतावास साउदी अरबले ५ घरेलु कामदारको उद्वार गर्‍यो

रोजगारीको शिलशिलामा अवैध तरिकाले साउदी अरब पुगेर बिभिन्न समस्यामा फस्दै नेपाली दूतावासको शरणमा पुगेका ५ नेपाली महिलाहरुको नेपाली दूतावास साउदी अरबले उद्दार गर्दै १६ फेब्रुअरी २०१० को दिन एयर अरेबियाको उडान नं. G9 157 मार्फत नेपाल पठाएको छ । उनिहरु १७ फेब्रुअरीको दिन, दिनको १२.४५ बजे काठमाण्डौ पुग्ने छन । Continue reading

उपचार खर्च नभएपछि तीन जनाले सामुहिक आत्माहत्या गरे

रुकुम भलाक्चा १ का  एकै घरका तीन जनाले रुखमा झुन्डिएर आत्महत्या गरेका छन् । भलाक्चा १ का ७० बर्षीय दलबहादुर ओली उनकी श्रीमती कलि ओली र २७ बर्षीय छोरी तुलसा ओलीले गएराति सामुहिक आत्महत्या गरेका हुन् । छोरी तुलसा ओलीलाई छारे रोग भएकोले उपचार गर्न नसकेपछि घर नजिकैको चिउरीको रुखमा झुन्डिएर उनिहरुले  आत्महत्या गरेको बताइएको छ । Continue reading

इलाममा भएको भिषण आगलागीबाट करोडौँको क्षति

सोमबार राति इलाम बजारमा विद्युत सट भएर आगलागी हुँदा  ११ वटा घर जलेर नष्ट भएका छन् । आगलागी नियन्त्रणका लागि सेना, प्रहरी र सशस्त्र प्रहरी खटिएका थिए भने झापा र सुनसरीबाट दमकलहरु पुगका थिए । उक्त आगलागी आज बिहान ४ बजेतिर मात्र नियन्त्रणमा आएको थियो । Continue reading

काली गण्डकी बचत समुहले पुन: भलिवल प्रतियोगिता राख्ने

सूचना !  सूचना !!

कुवेत नगरीमा पेशारत समस्त खेलप्रेमी दाजुभाई तथा दिदीबहिनीहरु;

गत २९ जनवरी २०१०, शुक्रवारको दिन, काली गण्डकी बचत समुह नेपाल, कुवेतको आयोजनामा खुल्ला भलिवल प्रतियोगिता सम्पन्न भएको सबैमा विदितै छ । साथै कुवेतवासी नेपालीहरु बीच पुन: अर्को भलिवल प्रतियोगिता राखी मनोरञ्जन दिलाउने मनसायले काली गण्डकी बचत समुह नेपाल, कुवेतले यही आगामी १२ मार्च २०१० को दिन फेरिपनी भलिवल खेलाउने निर्णय गरेको समस्त कुवेतवासी नेपालीहरु बीच जानकारी गराउन चाहन्छौं । Continue reading