तेस्रो लिङ्गीको पर्यटकिय केन्द्र: नेपाल


बिमल लामिछाने (कुवेत)

भारतीय गुजराती रोयल राजकुमार मनबिन्द्र सिंह गोहिलको छक्का विवाह नेपालको सम्मानित हिन्दु मन्दिर पशुपतीनाथमा हालै सम्पन्न भएको छ । यो समाचारले नेपालको मानचित्र फेरी एकपटक तेस्रो लिङ्गी तथा उभयलिङगी व्यक्तिहरुको लागी आशा लाग्दो समाचार भएको छ । यस किसिमका व्यक्तिहरुको लागि विश्व बजारमा खुल्ला मानसीकता आएको केहि दशक पनि नहुँदै नेपालमा भनें यि खाले व्यक्तिहरुको समुहबाट नै सुनिल बाबु पन्त नेपालका संविधान सदस्यमा मनोनित भएको कुरा हामी सबैलाई ज्ञात भएकै हो ।

हुनत नेपालमा तेस्रो लिङ्गिको लागी कुनै खास कानूनको व्यवस्था नभए पनि अरु देशको तुलनामा बिगत केहि बर्षहरुदेखी कानूनमा सुधारको प्रयास थालनी गरिएको कुरा ब्लु डाईमन्ड सोसाईटीले जनाएको एफपीलाई दिएको एक अन्तर्वार्तामा सुनिल बाबु पन्त बताउँछन ।

नेपालको मुस्ताङ जिल्लामा केहि बर्ष पहिले भएको लेस्बियन विवाह होस् या नेपाल आर्मिले लेस्बियनको आरोपमा चार महिना जेल राखेर बर्खास्त गरिएकी एक युबती (गोप्यताको कारण नाम गोप्य) हुन या माओबादीले हिचडाको आरोपमा कुटपिट गरेर निकालेकी तराई मुलका लेस्बियन युगल नै किन नहुन, आज ब्लु डाईमन्डको सहयोगमा काठमान्डौमा अभ्यस्त खुल्ला जीबन जिउने प्रयन्तमा छन ।

अझ चाखलाग्दो बिषय त यो छ की, तपाईहरु हालसालै काठमान्डौ जाने सोंचमा हुनुहुन्छ भनें छक्काहरुले सन्चालन गरेको डिस्कोतिर पनि पाईला पुर्‍याउनु होला । ठमेलतिर कुनै गल्लीमा ब्लु डाईमन्ड सोसाईटी कै सहयोगमा केहि छक्काहरुले डिस्को नै चलाएका छन । रात को मदमस्त निलो लाईटमा नाचिरहेका यिनिहरुको सुन्दर पदचापहरु हेर्न दाहाल झै थाईल्याण्ड नै जानु पर्ने दिनको अन्त्य भएको छ ।

नेपाल सरकारले आगामी बर्ष २०११ लाई नेपाल पर्यटकीय बर्षको रुपमा मनाउने घोषणा गर्दै गर्दा ब्लु डाईमन्ड सोसाईटीका लक्षमण भट्टराई भनें पाँच लाख जती विश्व भरीका छक्का तथा तेस्रो लिङ्गीहरु नेपाल भित्रने कुरामा विश्वस्त हुन खोज्छन । नेपाल भित्रै यस किसिमका मानिसको संख्याको बारेमा यकिन तथ्यांक हाँसिल गर्न हालसम्म नसकिए पनि विश्वभरीबाट नेपालमा पर्यटकको रुपमा छक्काहरु भित्रने र छक्काहरुको लागी उचित व्यवस्थापनको खाँचो औल्याउँछन ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s