ईलिगल (अवैधानिक) कामदारका परिवेशहरु


बिमल लामिछाने (कुवेत)

बिभिन्न परिवेशमा आफ्ना आर्थीक चुनौतीको लागि बिदेशिएका कामदारका बारेमा सुनिने, देखीने लगायतका घटनाक्रमहरुको बारेमा बेलीबिस्तार लगाईरहन कुनै जरुरी छैन, हालको अवस्थासम्म आईपुग्दा हरेक दश मध्य चारजना नेपाली कामदार दु:खीत, श्रमीत तथा ईलिगल रुपमा कुबेतमै पनि रहेको कुरा बिभिन्न स्रोतले जनाउँछ । नेपाली कामदारहरु ईलिगल रुपमा आश्रीत रहने गरेको सेक्युरिटी तथा क्लिनिङ्ग कम्पनीमा लोकल रुपमा हायर गरेर ईलिगल कामदारहरु राख्ने गरिएको कुरा स्रोतले जनाउँछ । हुन त कानून सम्मत रुपमा यि ब्यबस्थापकिय जिम्मेवारी भए पनि यसले कुबेत सरकारको आन्तरीक घरेलु कामदार सम्बन्धि कानूनको ठाडो उल्लंघन गरेको जनाईन्छ । यस सम्बन्धित बिषयमा कुबेतको सम्बन्धित निकाय पनि अनभिज्ञ रहेको भन्न चाँही  मिल्दैन ।

धैरेजसो घरबाट भागेका नेपाली युवतीहरु कुनै ड्राईभर लगायतकाको सहारामा केहि महिनाको बसाई पछि उनिहरुकै सहयोगमा कुनै अर्को व्यक्ति तथा कम्पनीमा काम गरिरहेको पाईएको छ भनें केहि युवतीहरु निमित्त श्रीमती बनेर कुनै व्यक्तिमा आश्रीत रहेको पनि देख्न पाईन्छ, यिनिहरु जुनसुकै बेला कुबेत पुलिसको फन्दामा बेश्याको आरोपमा पक्राउ हुन सक्ने सम्भावना अति देखीन्छ तर पनि उनिहरु यसैमा खुशी देखिन्छन ।

केहि नेपाली दलालहरुको लहैलहैमा नेपालमा ठुलो रकम बुझाएर कुबेत आईपुगेका युवाहरु पनि उनिहरुलाई ल्याउने व्यक्तिको कारण ईलिगल भएको अवस्थामा छन, नेपालबाट डोमेस्टिक भिसामा आएकाहरु उनिहरु कुबेतमा आएपछि आफूलाई ल्याउने दलालले भिसा रिन्युवल नगरीदिने लगायतका समस्याले गर्दा विवसताको जिन्दगी जिईरहेका छन । पाईला परेपछि न फर्किनु न यहाँ टिक्न सक्ने अवस्था आईपरेपछि कुनै चिने जानेकाहरुको सहारामा सजिलो र भरपर्दो कामको खोजिमा भौंतारीई रहेका पाईएको छ । आखीर यि सबैको पुर्ण र आधिकारीक जिम्मेबार को हो त ? सम्बन्धित व्यक्ति, आस्वासन बेच्ने दलाल वा नेपाल सरकारको फितलो बैदेशिक रोजगार सम्बन्धित नियम ??

बिगत केहि दिन पहिले कुबेतस्थित नेपाली राजदूतावासका प्रतिनिधिले कुनै पनि घरेलु कामदारलाई भगाउने व्यक्तिलाई तुरुन्त भिसा क्यान्सिलेशन (रद्द) गरेर कानूनी कारवाहीको लागि सिफारीश गरिने बताईन्छ । तर ती खाले व्यक्ति के नेपाली मात्र हुन सक्छन त ? बङ्गाली, मिश्री तथा पाकिस्तानी लगायतकाहरुसँग दिन बिताईरहेका नेपाली युवतीहरुको लागी जिम्मेबार को हुने त ? अर्को कुरा के कुनै नेपाली युवाले नै युवतीलाई घरेलु कामदारबाट भगाएको हो भन्ने कुराको प्रमाणीकरणको लागि के कस्ता कानूनी प्रस्तावनाहरु छन त नेपाल सरकारका महामहिम ज्यूहरु सँग ? समयको अन्तराल सँगै सबै अनुत्तरित प्रश्नहरुको जबाफ आउने नै छन होला !!!

अझ चाख लाग्दो कुरा त के सुन्नमा आयो भनें नेपाली राजदूतावासले सेल्टर नदिने, तर किन नदिने त भन्ने कुराको उचित जबाफ राजदूतावासले दिन नसके जस्तो देखीयो । राजदूतावासले कुबेत सरकारको कारण देखाउँदै आफ्नो जिम्मेवारीबाट टाढा भागे झैं महशुस हुन आउँछ । आज कुनै कारणले दु:खीत नेपालीले सुरक्षीत अवतरणको लागि अपेक्षा गरेको वातावरण नहुँदा युवतीहरु उसै पनि यौनसँग आश्रय साटिरहेको त सबैले देखेकै छन ।

काजगी बातावरणको लागि त कुबेत सरकारले नै एम्नेष्टीको नाममा प्रत्येक केहि बर्षमा सम्बन्धित देश फर्किने बातावरण त गरिदिएको नै छ । हुन त आगामी दिनहरुमा आउने नयाँ कामदारको लागि कुबेत सरकारले नै आफ्ना कानूनको परिमार्जन गरिरहेको छ । हालै श्रम-कानूनमा गरिएको परिवर्तन आई. एल. ओ. को मान्यता प्राप्त आधारमा तयार गरिएको छ । यो कुबेतको सरकारी ग्याजेटमा आगामी ६ महिना भित्र प्रकाशीत भई कानूनी रुपमा लागु हुने नै छ । सम्मभत: आगामी मे २०१० सम्ममा घरेलु कामदार सम्बन्धित कानून पनि पुनर्मुल्यांकन गर्ने तरखरमा कुबेत सरकार रहेको पाईन्छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s