Daily Archives: 15/02/2010

तेस्रो लिङ्गीको पर्यटकिय केन्द्र: नेपाल

बिमल लामिछाने (कुवेत)

भारतीय गुजराती रोयल राजकुमार मनबिन्द्र सिंह गोहिलको छक्का विवाह नेपालको सम्मानित हिन्दु मन्दिर पशुपतीनाथमा हालै सम्पन्न भएको छ । यो समाचारले नेपालको मानचित्र फेरी एकपटक तेस्रो लिङ्गी तथा उभयलिङगी व्यक्तिहरुको लागी आशा लाग्दो समाचार भएको छ । Continue reading

ईलिगल (अवैधानिक) कामदारका परिवेशहरु

बिमल लामिछाने (कुवेत)

बिभिन्न परिवेशमा आफ्ना आर्थीक चुनौतीको लागि बिदेशिएका कामदारका बारेमा सुनिने, देखीने लगायतका घटनाक्रमहरुको बारेमा बेलीबिस्तार लगाईरहन कुनै जरुरी छैन, हालको अवस्थासम्म आईपुग्दा हरेक दश मध्य चारजना नेपाली कामदार दु:खीत, श्रमीत तथा ईलिगल रुपमा कुबेतमै पनि रहेको कुरा बिभिन्न स्रोतले जनाउँछ । नेपाली कामदारहरु ईलिगल रुपमा आश्रीत रहने गरेको सेक्युरिटी तथा क्लिनिङ्ग कम्पनीमा लोकल रुपमा हायर गरेर ईलिगल कामदारहरु राख्ने गरिएको कुरा स्रोतले जनाउँछ । हुन त कानून सम्मत रुपमा यि ब्यबस्थापकिय जिम्मेवारी भए पनि यसले कुबेत सरकारको आन्तरीक घरेलु कामदार सम्बन्धि कानूनको ठाडो उल्लंघन गरेको जनाईन्छ । Continue reading

मरुभूमिको कोशेली परिवारको हार्दिक निमन्त्रणा !!

व्यक्तित्व चर्चा: लोक गायक “राजेन्द्र बिरही”

मनोज काफ्ले ‘मनसुन’/ कुवैत

सुरीलो स्वरको मिठासपन, मार्मिक शब्दका भावनाहरु अनि संवेदनाका गीत गायक राजेन्द्र बिरही पहिचानसँगै आएको छ । गीत धेरैले गाउछन्, धेरैले लेख्छन् तर माटो र मन छुने गीत गाउन र संगीत सृजना गर्न भने धेरैलाई कठिन परेको हुन्छ । यही परिप्रेक्ष्यमा विरहीको स्वरले धेरैको मन छोएको मात्रै छैन, हृदयसँग साटीने उनका गीत धेरैले मन पराएका छन् । पिता श्री समशेर रसाइली र माता श्री लक्ष्मी रसाइलीका माइला सुपुत्रका रुपमा २०३३ मङ्सिर ४ गते तनहुँको भानु गा. वि. स. वाड नं ४ चुदीरम्घामा जन्मनु भएका राजेन्द्र बिरही अहिले नेपाली लोकगीतका क्षेत्रमा देशमा वा परदेशमा आफ्नो नाम कमाउन सफल हुनु भएको छ । Continue reading

राष्ट्रपति यादवको पहिलो विदेश भ्रमण

१५ फेब्रुअरी २०१०, राष्ट्रपति डा. रामवरण यादवले आज सोमबारबाट आफ्नो पहिलो विदेश भ्रमण गर्दै हुनुहुन्छ । राष्ट्रपति डा. यादव आजबिशेष विमानमार्फत छिमेकी देश भारतको भ्रमणमा प्रस्थान गर्नुभएको छ । उहाँलाई उपराष्ट्रपति परमानन्द झा, प्रधानमन्त्री माधवकुमार नेपाल, संविधानसभा अध्यक्ष सुभाष नेम्वाङ लगायतका मन्त्रीहरुले बिदाई गरेका थिए । Continue reading

पासपोर्ट काण्ड विवादमा, संकट आउने

समयमै मेसिनले पढ्न सकिने पासपोर्ट नछापिने अवस्था पैदा भएको छ । कमिशनको खेलका कारण छपाई प्रक्रिया अगाडि बढ्न नसकेपछि नेपालीहरु विदेश जान नपाउने खतरा बढेको छ । विश्वभर मेशिनले पढ्न सकिने रिडेबल पासपोर्ट डेढ महिनापछि अनिवार्य गरिने भएपछि नयाँ पासपोर्ट निर्माण प्रकृया थालिएको हो । Continue reading

उड्यो नेपाली रकेट

कक्षा आठकी विद्यार्थीले कोकको जम्बो बोतल प्रयोग गरेर बनाइन् पानीबाट चल्ने रकेट, तीन सय किलोमिटर प्रतिघन्टाका दरले उडेको रकेट एक किमि उचाइसम्म पुग्यो, पानीबाट उड्ने रकेट संसारमा अहिलेसम्म बनेको थिएन !!

काठमाण्डौ, १ फागुन
विश्वमा नै इन्धनको माग बढ्दै गएको वेला कक्षा ८ मा अध्ययनरत नेपाली विद्यार्थीले पानीबाटै चल्ने रकेट बनाएर उडाएकी छिन् । Continue reading