Daily Archives: 14/02/2010

नेपाली जन प्रगतिशील माच बहराइनको अन्तरकि्रया कार्यक्रम

सन्तोष दाहाल, बहराइन

नेपालमा चलिरहेको राजनैतिक तरलता र प्रवासीन वाध्य नेपालीहरुको स्थितीलाई मध्य नजर राख्दै नेपाली जनप्रगतिशील माच बहराइनले नेपाली जनयुद्धको १५औं वार्षिकउत्सव पारेर १२ फेव्रुवरी २०१० का दिन बहराइनको सित्रा स्थित मोःमो इन्टरनेशलन क्याट्रीङ्ग सेन्टरको हलमा राष्ट्रिय स्वाधिनता, नागरिक सर्वोच्चता, संघीय गणराज्य र प्रवासीहरुको भुमीका बिषयक एक दिने अन्तरकि्रया कार्यक्रम सम्पन्न गरेको छ । Continue reading

युनिटी लाईफ ईन्टरनेशनल लि. ले सुविधा सम्पन्न डिपार्टमेन्ट स्टोरको उद्घाटन गर्‍यो

स्वास्थ्य, शिक्षा, सुरक्षा, रोजगार र समुन्नत नेपालको नारालाई आत्मसाथ गर्दै, नयाँ नेपाल निर्माणको अभियानमा जुटेको युनिटी लाईफ ईन्टरनेशनल लि. ले जावलाखेलस्थित आफ्नै भवन युनिटी टावरमा सुविधा सम्पन्न डिपार्टमेन्ट स्टोर शुरु गरेको छ । भ्यालेन्टाईन डे को दिन पारेर संचालन गरिएको युनिटी डिपार्टमेन्ट स्टोरको युनिटी ग्रुपका अध्यक्ष काशीराम गुरुङ्गले रिवन काटेर र अर्थ निर्देशक भिम गुरुङ्गले झण्डोत्तोलन गरेर उद्घाटन गर्नुभयो । Continue reading

एशियन फूटवल लिग गेम सम्वन्धी जरुरी सूचना !!

मिति : १४ फेब्रुअरी २०१०

कुवेत नगरीमा पेशारत समस्त ‘खेलप्रेमी’ दाजुभाई तथा दिदिबहिनीहरु;

उपरोक्त सम्वन्धमा यहि आगामी १९ फेब्रुअरी २०१० देखी, Expats Football Federation Kuwait को आयोजनामा, Asian Football League Kuwait ‘Season One’ Tournament; कुवेतस्थित १० विदेशी राष्ट्रहरुको बिच संचालन हुन गईरहेको र उक्त टुर्नामेण्टमा राष्ट्रिय स्तरको नेपाली टिमले माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लवको सकृयता एवं प्रतिनिधित्वमा सहभागिता जनाउँने साथै नेपाली टिमले १९ फेब्रुअरी कै दिन, साँझको ७.०० बजे देखी कुवेतको सुवैख फायर स्टेशन फूटवल मैदानमा बङ्गलादेशको बिरुद्द खेल्ने जानकारी समेत गराउन चाहन्छौं । Continue reading

पुणे बम बिस्फोटनमा दुई नेपाली घाइते

मुम्बइको पुनेमा भएको बम विष्फोटमा दुई नेपाली घाइते भएका छन् । शनिबार महराष्ट्रको पुनेमा बम विस्फोट हुँदा करीव ९ को मृत्यु र ४५ जना घाइते भएका थिए ।

घाइते हुनेमा ४ इरानी, २ सुडानी, १ ताइवान, १ जर्मन र २ नेपाली नागरिक रहेको त्यहाँस्थित स्थानीय समाचार संस्थाहरुले जनाएका छन् । मृत्यु हुनेमा १ ताइवानी र  ३ भारतीय नागारिक रहेको भारतीय गृहमन्त्रालयले जनाएको छ । अन्यको पहिचान खुल्न सकेको छैन् । Continue reading

एक कप कफीले पनी असर गर्छ

चिया र कफी संसारभर नै निकै लोकप्रिय पेय पदार्थहरु हुन्। अझ अहिले त जाडोको समय त्यसैले यो समयमा चिया र कफी झन् धेरै पिउने गरीन्छ। बिहान उठ्ने बित्तिकै कफीको गरमागरम चुस्की लिनेहरुको यहाँ कमी छैन।

जिउ तातो बनाउने वा अन्य कुनै बहानामा कफे पिउनेहरु मध्ये धेरैलाई यसले फाईदा गर्दैन भन्ने पनी थाहा छ तर धेरैले कफी जानेर वा नजानेर छाड्न सकिरहेका हुदैनन्।

धेरै कफी पिउँदा फाईदा गर्दैन भन्ने कुरा त पहिले देखी नै सुनिदै आएको कुरा हो तर ईटलीका अनुसन्धानकर्ताहरुले त क्याफीनयुक्त तातो कफीको एक प्यालाले पनी मुटुलाई नोक्सान गर्ने बताएका छन्। ति अनुसन्धानकर्ताहरुका अनुसार कफीले मुटुमा हुने रक्तप्रवाह रोकिने स्थिती बढाएर ५ गुना सम्म पुर्याउन सक्छ। Continue reading

शहरमा पसेको चितुवा मारियो

काठमाडौं जोरपाटी दक्षिणढोकास्थित धनप्रसाद लामिछानेको बन्दै गरेको घरभित्र शनिबार बिहान अचानक चितुवा पसी उक्त घरमा काम गर्ने एक जनालाई आक्रमण गरी गम्भीर घाइते बनाएकाले उक्त चितुवालाई प्रहरीले वन कार्यालयका कर्मचारीको रोहवरमा गोली हानी मारेको छ।

चितुवाको आक्रमणबाट गम्भीर घाइते भएका हाल नाम, थर, ठेगाना खुल्न नसकेका ती व्यक्तिलाई उपचारका लागि नेपाल मेडिकल कलेजमा लगिएको छ। मारिएको चितुवालाई प्रहरीले वन कार्यालयमा बुझाएको छ।

प्रेम दिवसको धेरै धेरै शुभकामना…

मनोज काफ्ले  ‘मनसुन’/कुवैत

नवदुलहीको सिउँदोझैं सूर्योदयको कलिलो सिन्दूरे किरणले पूर्वी क्षितिज रङ्गिएको थियो बसन्त ऋतुको नवागमनलाई नयाँ पालुवा, शीतल सर्सराहट र चराहरुको चिर्विराइले भव्य स्वागत गरिरहेका थिए । त्यो नयाँ विहानी नयाँ उमङ्ग बोकेर आएको थियो, साँच्ची प्रेममय थियो त्यो दिन । मन देउरालीको फलैंचामा बसेर उही सिन्दूरे क्षितिजतिर एकोहोरो टोलाइरहेको थियो, मानौं ऊ कसैको आगमनको प्रतिक्षामा एकाविहानैदेखि चौतारोमा कुरिरहेको छ । ऊ अतीतको महासागरभित्र पौडन थाल्छ, जहाँ उसको जीवनका केही क्षणहरु अविस्मरणीय भएर गुज्रेका थिए । Continue reading

विदेशको कमाई आफ्नै गाउँको शिक्षामा

गोबिन्द कार्की, नेपाल

बिकट पूर्वी पहाडी जिल्ला खोटाङ्गको छितापोखरी गा. वि. स. वडा नं. ३ मा अवस्थित श्री जनसेवा माध्यामिक विधालय छितापोखरीलाई आफ्नो विदेशी पसिनाको केही भाग अनुदान गरेर ग्रामीण शिक्षाको बिकाशमा सहयोग पुर्‍याई एक उल्लेखनीय कदम बढाएका छन सोही गाविस वडा नं. २ निवासी (कुवेतमा कार्यरत) द्वय चन्द्र कुमार तामाङ्ग र जित बहादुर खड्काले, वहाँहरु द्वय अहिले छुट्टीमा घर आउनु भएको छ ।

Continue reading