जय आले, कुवेत
१२ फेब्रुअरी २०१० शुक्रवारको दिन, कुवेतको अम्घारा फूटबल मैदानमा माउण्ट एभरेष्ट एम. बि. बमजन गोल्ड कप फूटबल टुर्नामेण्टको दोस्रो चरणको खेल सम्पन्न भएको छ । जसमा अल-अमाना टिमको बिरुद्द बिग थ्री र जासिम टिमको बिरुद्द ट्रस्टले खेलेका थिए । जसको पहिलो खेलमा अल-अमानाले बिग थ्रीलाई १ को बिरुद्द २ गोल गर्दै सेमीफाइनलमा प्रवेश गर्न सफल भएको छ भनें कुवेतमा पुरानो टिम भनेर चिनिने जासिमले ट्रस्टलाई ० को बिरुद्द १ गोल गर्न सफल भई सेमिफाइनलमा प्रवेश गरेको छ ।
यस टुर्नामेण्टको सेमीफाइनल खेल अम्घारा फूटबल मैदानमै १९ फेब्रुअरी २०१० को दिन खेलाईने छ । जसमा पहिलो खेल सुनौलो बिहानी (KPTC) को बिरुद्द अल-अमानाले र दोस्रो खेलमा अलघानिमको बिरुद्द जासिमले खेल्ने छन ।
१२ फेब्रुअरीको टुर्नामेण्ट अवधिका फोटोहरु तल :-



















































