
Wishing you a very Happy Valentine’s Day to all our Viewers.
To make your day beautiful.

Wishing you a very Happy Valentine’s Day to all our Viewers.
To make your day beautiful.
Posted in शुभकामना
मनोज काफ्ले ‘मनसुन’, कुवेत
आज भोलि गजल लेखनको एउटा लहर नै चलेको छ । के बुढा, के तन्नेरी आज सवै गजल लेख्नमा तम्सिएका पाइन्छन । आफ्नो पनि गजलमा छाप छोड्न वा आफ्नो प्रभावलाई कायमै राख्न हत्तारिरहेका देखिन्छन । यति सम्म कि हिजो गजल केही होइन, यो कनिष्ट एवं तुच्छ विधा हो भन्नेहरु पनि आज चोरी चोरीकन भए पनि गजल लेख्न थालेका छन । उनीहरुलाई डर छ कही कतै यो विधामा आफ्नो नाम नआउने पो होकि । कतै आफू पछि परिने पो हो कि भनेर, त्यसैले उनीहरु हत्तारिएका हुन यो नेपाली गजलका लागि । हामी गजल प्रेमीहरुका लागि सफलताको कुरा पनि हो, यो हाम्रो लागि खुसीको कुरा पनि हो अझ भन्दा यसलाई एउटा जीतको कुरा हो भन्न अत्युक्ती नहोला । Continue reading
Posted in बिचार/बिमर्श
जय आले (कुवेत)
अनेरास्ववियु अध्यक्ष रामकुमारी झाँक्रीको बिहे पशुपतिबाबु पुरीसित भएको छ । पशुपति पुरी जिल्ला विकाश समिति ललितपुरका योजना अधिकृत हुन् । उनी अहिले काठमाडौंमा परिवारसाथ बसेका छन् । पुरी र झाँक्रीबीच ६/७ बर्षदेखि चिनजान थियो ।
गुल्मी जिल्लाको झ्यालपोखरिमा जन्मनु भएकी ३१ वर्षिया झाँक्री सन् २००८ सेप्टेम्बरमा भएको अनेरास्ववियु (नेकपा एमालेको विद्यार्थी संगठन) को १९औं राष्ट्रिय सम्मेलनमा अध्यक्ष पदको लागि लड्नु भयो । Continue reading
Posted in मनोरन्जन
राम श्रेष्ठ (साउदी अरब)
NRNA साउदी अरबको गत ९ मई २००९ मा गठित अलहासा अबकिक क्षेत्रिय समन्वय तदर्थ समितिको १२ फेब्रुअरी २०१० मा बसेको एक बिशेष बैठकमा पुनर्गठन गरिएको छ । बिजय रेग्मीको अध्यक्षतामा तथा संघका राष्ट्रिय समन्वय परिषद साउदी अरबका अध्यक्ष धरम के. सी. को बिशेष उपस्थितीमा बसेको यस बैठकले पारित गरेको पुनर्गठित क्षेत्रिय समितिको नामावली निम्न बमोजिम छन । Continue reading
Posted in अरब विशेष, NRNA गतिविधि
काठमाडौँ, फागुन १, महाशिवरात्रीको अवसरमा ७ लाखले पशुपतिनाथको मन्दिरमा दर्शन गरेका छन् । पशुपति विकास कोषले अपेक्षा गरेको भन्दा एक लाखले बढीले दर्शन गरेका छन् । शनिबार बिहान २:३० बजे विभूजी महाराजबाट महाशिवरात्रीको औपचारिक समापन भएको छ । Continue reading
Posted in समाचार
काठमाडौं, माघ २९, नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा भव्य कार्यक्रमसहित सेना दिवस मनाएको छ । राष्ट्रपति रामवरण यादव, प्रधानमन्त्री माधवकुमार नेपाल, प्रधानन्यायाधिश अनुपराज शर्मालगायतको आतिथ्यमा सेनाले विभिन्न सैन्य कवाज समेत देखाएका थिए ।
प्रधानमन्त्री माधवकुमार नेपालले शुभकामना सन्देश दिदैं सेनाले आफ्नो गौरबमय परम्परालाई निरन्तरता तथा समय सापेक्ष बनाउदै लगिरहेको बताएका छन् । Continue reading
Posted in समाचार
पाल्पाको ठिमुरे गाविसमा माघ २८ मंगलबारको राती एकै परिवारका चार जनालाई धारिलो हतियार ‘खुकुरी’ प्रयोग गरी हत्या गरिएको छ । खुकुरी प्रहारबाट मृत्यु हुनेहरुमा घरमुली ५५ बर्षीया यमकुमारी वगाले, छोरी बर्षीया २७ तुलसा घर्ती, ६ बर्षीया नातीनी सन्ध्या घर्ती र ५ बर्षीय नाती सन्दीप घर्ती रहेका छन् । Continue reading
Posted in समाचार
जय आले, कुवेत
१२ फेब्रुअरी २०१० शुक्रवारको दिन, कुवेतको अम्घारा फूटबल मैदानमा माउण्ट एभरेष्ट एम. बि. बमजन गोल्ड कप फूटबल टुर्नामेण्टको दोस्रो चरणको खेल सम्पन्न भएको छ । जसमा अल-अमाना टिमको बिरुद्द बिग थ्री र जासिम टिमको बिरुद्द ट्रस्टले खेलेका थिए । जसको पहिलो खेलमा अल-अमानाले बिग थ्रीलाई १ को बिरुद्द २ गोल गर्दै सेमीफाइनलमा प्रवेश गर्न सफल भएको छ भनें कुवेतमा पुरानो टिम भनेर चिनिने जासिमले ट्रस्टलाई ० को बिरुद्द १ गोल गर्न सफल भई सेमिफाइनलमा प्रवेश गरेको छ । Continue reading
Posted in खेलकूद