क्षणिक प्रेम; जीवनको गोरेटोमा


शिव राम पौडेल (कुवेत)

प्रेम वरदान हो यसै भन्छन् मानिसहरु तर मेरो लागी त यही प्रेम नै अभिशाप बनिदियो । म भुल्न नै कहाँ सक्छु र ती अविस्मरणीय क्षणहरुलाई । एक दिन बेलुकी म पोखराबाट काठमाण्डौको यात्रा गरिरहेको थिएँ । पुस महिनाको जाडो बढिरहेको थियो, यात्रा अघि बढिरहेको थियो मलाई थाहा थियो उनी घरीघरी मलाई हेरिरहेकी थिईन् । किन हो कुन्नी मलाई उनका नजरले उनको नजिक तान्यो ।
 
हामी यात्राका क्रममा दमौली नजिकै पुग्यौँ । उनी जाडोले काम्दै थिईन्, मैले त कोट लाएकाले खासै फरक परेन । उनलाई आफ्नै अँगालोमा बाँधेँ । यात्राका क्रममा धेरै कुराकानी गदै हामी काठमाण्डौ पुग्यौँ । हामी एक अर्कालाई धेरै प्रेम गथ्यौँ । साँच्चै यस्तो लाग्थ्यो हामी बाहेक अरु कोही छैन जसले यति धेरै प्रेम गर्छन् तर विडम्बना निष्ठुरी समयले आफ्नो निष्ठुरीपन देखाएरै छाड्यो, उनी मबाट धेरै टाढा भएर गईन । मैले केहि भन्न सकिनँ । त्यसपछि त साँच्चै उजाड बनिदियो मेरो जीवन एउटा पात झरेको नाङ्गा रुख जस्तै ।

सम्पूर्ण  खुशीहरु बगाईलग्यो आँशुको भेलले, आँशुका सागरहरुमा म बगिरहेँ । एउटै मुटु दुईटा भयो आफू परेँ गरिब तिम्रो सारा खुसी किन्न सकिनँ ठीकै भन्यौ, तिमीले माग्यौ भने आकाशका जूनतारा टिपी तिम्रो हातमा राखिदिन सक्दिनथेँ । सधै दुखिरहने छातीभित्रका आफ्ना घातक व्यथा पोख्न पनि सकिनँ । तिमी रमाउदै गयौ पराईको अँगालोमा, म पीडामा जल्दै गएँ तर पनि तिमीसँग मेरो केहि गुनासो छैन । बस एउटै कुरा दुख्दो रहेछ मुटु विछोडले रेट्दा जति कहाँ दुख्छ र खुकुरीले रेट्दा । मैले त माया गरेको थिएँ, सच्चा मनले पवित्र साईनो गाँसेको थिएँ । मनभित्रै राखी कल्पनाको नयाँ-नयाँ संसारमा सपनाका मीठा-मीठा चाहानाहरु बुनेको थिएँ ।

खोई कुन कर्मको फल हो कुन्नी बदलमा आँशु झारी रुनु सिवाय अरु कुनै विकल्प रहेन । रोइरहेँ हरपल, हरक्षण आफैभित्र म पलपल जीवनभरी जलिरहेँ, मैन झैं बस जलिरहेँ, जलि नै रहेँ । आज पनि मैले केहि बिराएको छु, केहि भुलाएको छु तर माया मात्र यो मुटु मै सजाएको छु ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s