कुवेतमा MESC का भुतपूर्व सदस्य याम बहादुर रेश्मीको असामयिक निधन


माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लवका भुतपूर्व कार्यसमिति सदस्य, याम बहादुर रेश्मी मगरको गत २४ जनवरीको साँझ उच्च रक्तचापको कारणबाट अचानक मृत्‍यु भएको छ । मृतक रेश्मीले २४ जनवरीको साँझ आफुलाई रिङ्गाटा लाग्यो भनेर वाथरुममा गएको र केहीछिन पश्चात वाथरुमबाट लडेको जस्तो आवाज आएको सुनेर आफन्त र साथीहरु गई हेर्दा अचेत अवस्थामा लडिरहेको पाएर तुरुन्त वहाँलाई आदान अस्पतालमा लगिएको थियो । तर, दुर्भाग्यवश उच्च रक्तचापको कारण दिमाखमा रगत जम्न गई, उपचारको क्रममा होशै नखुलिकन वहाँको मृत्‍यु भएको डाक्टरहरुले जनाएको र वहाँको पार्थिव शरीर फरवानियाँको मुर्दा कक्षमा राखिएको र वहाँको पार्थिव शरीर नेपाल पठाउन सम्बन्धित निकायहरुमा पहल भई रहेको साथै नेपालमा वहाँको श्रीमती लगायत ३ नावालक छोरीहरु पनि भएको एक सम्बन्धित श्रोतबाट खुल्न आएको छ ।
    
३१ वर्षिय नौजवान याम बहादुर रेश्मी गुल्मी जिल्लाको बिर्बास-९ निवासी र बिगत १० वर्षदेखी कुवेतको अलमिर कम्पनिमा कार्यरत रहँदै आउनु भएको थियो । कुनैपनि खेलकूद भनेंपछी आफ्नो सहभागिता जनाई हाल्ने मृतक रेश्मी सामाजिक सेवामा पनि उत्तिकै सकृय रहनु भएको तथ्यांक कुवेतवासी नेपालीहरुबीच ताजा र स्मरणयोग्य छन् । साथै हाल वहाँ नयाँ नेपाल क्लव कुवेतको कार्यसमितिमा समेत आवद्द रहनु भएको जानकारी प्राप्त भएको छ । 

माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लवको कार्यकारीणी समितिमा आवद्द रहेर करिब ४ बर्षसम्म क्लवलाई उल्लेखनिय योगदान पुर्‍याउनु हुने हाम्रा भुतपूर्व सकृय सदस्य एवं प्रिय मित्र याम बहादुर रेश्मी मगरको असामयिक निधनले पुरा माउण्ट एभरेष्ट क्लव परिवारलाई मर्माहित तुल्याएको छ । माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव परिवार वहाँको चिर आत्मको शान्तिको कामना गर्दै, शोक सन्तप्त परिवार प्रति धैर्यधारणताको शक्ति प्राप्तिको लागि परमेश्वर सँग प्रार्थना गर्दै हार्दिक समवेदनां प्रकट गर्दछ ।

माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव काठमाण्डौ, कुवेत

4 Responses to कुवेतमा MESC का भुतपूर्व सदस्य याम बहादुर रेश्मीको असामयिक निधन

  1. वहाँको चिर आत्मको शान्तिको कामना गर्दै वहाँको परिवार प्रति धैर्यधारणताको शक्ति प्राप्तिको लागि परमेश्वर सँग प्रार्थना गर्दै हार्दिक समवेदनां ……….

    Manoj kafle

  2. May his soul rest in peace, we will be always missing you.

  3. Life is nothing…………..

  4. Life is nothing…..

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s