Daily Archives: 10/02/2010

“स्रष्टा र डिजिटल वार्ता” पुस्तक डिजिटल्ली बिमोचित

कृष्ण बजगांई, काठमाण्डौं

१० फेब्रुअरी, “स्रष्टा र डिजिटल वार्ता” नामक पुस्तकको आज सर्वाधिक लोकप्रिय सामाजिक संजाल फेसबुकमा प्रा. डा. गोविन्दराज भट्टराईले डिजिटल्ली सार्वजनिकीकरण गर्नु भयो । वार्ताकार कृष्ण बजगाईंको २९० पेजको उक्त पुस्तकमा डायोस्पोरा र नेपालका गरी जम्मा २३ जना स्रष्टाहरुसँग अनुवाद, उत्तरआधुनिकता, डायोस्पोरा साहित्य, साइबर साहित्य तथा समकालीन साहित्यका बारेमा गरिएका डिजिटल कुराकानी समावेश गरिएको छ । नेपाली साहित्यमा यसखालको यो पहिलो पुस्तक हो । Continue reading

लेखनाथमा पनि बर्डफ्लु, संक्रमणग्रष्त क्षेत्रमा पहिलो चरणको काम पुरा

पोखरा उपमहानगरपालिका वडा नम्बर ७ घारीपाटनको क्षेत्रमा बर्ड फ्लु देखा परेको स्थानमा पंछिहरु नष्ट पार्न नपाउदै लेखनाथ नगरपालिकाको तल्लो गगन गौंडामा पनि बर्डफ्लु अन्यत्र फैलिन नदिन टोलीले १ सय २५ बोईलर, स्थानीय जातका २० वटा कुखुरा, ७५ केजी दाना र दुईवटा अण्डा नष्ट गरेको छ । Continue reading

अर्थका सहसचिव श्रेष्ठले भ्रष्टाचार गरेको ठहर

विशेष अदालतले अर्थ मन्त्रालयका तत्कालीन सहसचिव नरेन्द्रमान श्रेष्ठले ४६ लाख ४ हजार रुपैयाँ भ्रष्टाचार गरेको ठहर गरेको छ । आदालतले श्रेष्ठको उक्त रकम जफत, सोहीबमोजिम जरिवाना र उनलाई एक वर्ष कैद फैसला मंगलबार सुनाएको हो । Continue reading

कुवेतमा MESC का भुतपूर्व सदस्य याम बहादुर रेश्मीको असामयिक निधन

माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लवका भुतपूर्व कार्यसमिति सदस्य, याम बहादुर रेश्मी मगरको गत २४ जनवरीको साँझ उच्च रक्तचापको कारणबाट अचानक मृत्‍यु भएको छ । मृतक रेश्मीले २४ जनवरीको साँझ आफुलाई रिङ्गाटा लाग्यो भनेर वाथरुममा गएको र केहीछिन पश्चात वाथरुमबाट लडेको जस्तो आवाज आएको सुनेर आफन्त र साथीहरु गई हेर्दा अचेत अवस्थामा लडिरहेको पाएर तुरुन्त वहाँलाई आदान अस्पतालमा लगिएको थियो । तर, दुर्भाग्यवश उच्च रक्तचापको कारण दिमाखमा रगत जम्न गई, उपचारको क्रममा होशै नखुलिकन वहाँको मृत्‍यु भएको डाक्टरहरुले जनाएको र वहाँको पार्थिव शरीर फरवानियाँको मुर्दा कक्षमा राखिएको र वहाँको पार्थिव शरीर नेपाल पठाउन सम्बन्धित निकायहरुमा पहल भई रहेको साथै नेपालमा वहाँको श्रीमती लगायत ३ नावालक छोरीहरु पनि भएको एक सम्बन्धित श्रोतबाट खुल्न आएको छ । Continue reading

राष्ट्रपति भारत भ्रमणमा जाने

काठमाडौ, राष्ट्रपति डा. रामवरण यादवले यही आगमी फागुन ३ गते सोमबारदेखि मित्रराष्ट्र गणतन्त्र भारतको औपचारिक भ्रमण गर्नुहुने भएको छ । भारतका राष्ट्रपति प्रतिभादेवी सिंह पाटिलको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति डा. यादवको भ्रमण हुन लागेको हो । Continue reading