बिमल लामिछाने (कुवेत)
हजारौं बर्ष पुरानो मानविय बिकास क्रम सँगै समुन्द्र र यस सँग सम्बन्धित बिषयहरु सधैं मानविय चासोको बिषय बनिरहेको कुराहरु हामिलाई प्राप्त बिभिन्न स्रोतहरुले जानकारी गराईरहेको हुन्छ । केहि कुराहरु सधैं-सधैंको लागी रहस्यमय हुने गरेको बारेमा आजसम्म पनि मानविय अनुसन्धानको बिषय बनेको बर्मुडा त्रिकोणको बारेमा जो कोहीले पनि पूर्व अनुमान लगाउन कठिन छ । त्यस रहस्यमय क्षेत्रको बारेमा अध्यायन गर्ने जो कोही पनि हालसम्म सफलता नजिक पुग्न सकेको छैन । एटलान्टीक महासागरको फ्लोरिडा, बाहामास, क्यबा र सेन्ट जुआट टापुको बीचको भागमा बनेको त्रिकोणीय समुन्द्री सतहले दिने गरेका रहस्यमय उपजको बारेमा मानविय अनुसन्धानले स्पष्टता पाउन नसकेको बर्षौ भैसकेको छ ।
उन्नाईसौं शताब्तीको शुरुतिर पाँचवटा अमेरीकी बिमान येसै बाटो भएर जाँदा बेपत्ता भएपछि यस सम्बन्धित खोज तथा अनुसन्धान शुरु भएको बिज्ञहरु बताउँछन । यस पछिका बर्षहरुमा प्रत्येक पटक यो बाटो भएर उडने जहाज, समुन्दी मालवाहक तथा भोयाजहरु कहिल्यै भेटिएनन् । १९६२ मा २० हजार टन सामान सहितको एक जर्मनी मालवाबहक भोयाज फ्लोरीडा नपुग्दै यसै त्रिकोणीय समुन्दी सतहमा बेपत्ता भएको थियो । ९५ बिलियन लामो धर्तीको ईतिहाँसमा यो एक अती नै रहस्यमय भएको कुरा त्यतिबेला स्पष्ट भयो, जती पटक पनि यस क्षेत्रमा बेपत्ता भएका दुर्घटित जहाज तथा भोयाजहरुको भग्नावेश पनि भेटिएन ।
१९७२ मा त्यसै क्षेत्र हुँदै उडेको अमेरीकी बिमानका कर्मचारीहरुले हराउँदै गर्दा पठाएको जानकारीमा आफुहरु कुनै अलौकीक प्रदेशमा आईपुगेको जनाउँदै आफ्नो बारेमा स्पष्टता दिन नसक्दै उनिहरु बेपत्ता भएका थिए । हुनत केही बैज्ञानिकहरुले यस क्षेत्रको सिधा तल या माथी एलियनहरुले अनुसन्धान केन्द्र बनाएको पनि हुन सक्ने दाबी गरेका छन । सो अनुसार ति क्षेत्र भएर जाने कुनै पनि बस्तुलाई उनिहरुको अती सुक्ष्म गुरुत्वले तानेर कुनै तेस्रो ग्रह युएफओहरुले लैजाने गरेको बताउँछन । तथापी केहि पुरातनवादी सोंचहरुले यसलाई बेतुकको तर्क बताउँछन ।
तर रहस्य सधैं रहस्य नै छ यस समुन्द्रिय धरातलको बारेमा !!
जस्तै कुबेतमा रहने गरेका नेपाली युवतिहरुको व्यासत जीबनशैलीको रहस्यपनी सम्बन्धित सबैको लागी रहस्यमय नै छ । कुबेतको नेपाली समाजमा सबैभन्दा चासोको बिषय बनेर गुन्जने गरेकोले होला यिनै माध्यम हुँदै आज संसारका सबै कुनामा चासो उत्तिकै बढ्ने गरेको छ । कुनै घर फर्कन लागेकी चेली एयरर्पोर्ट बाटै बेपत्ता भएका समाचार हुन अथवा बाध्यताको नाममा जेलमा भ्रुण हत्याको कारण निरश बनेकि चेलीको कुरा होस, सबै सधैं रहस्यमय नै रहेको पाईन्छ । आखीर नेपाली युबतीहरु किन यस्तो किसीमको रहस्यमय कारणहरुको शिकार हुने गरेका छन ? निराकरणको नाममा नेपाल सरकार नव स्थापित राजदूतावासको तर्फबाट गरिन थालिएका प्रयासहरुको सु-समाचार कुनै दिन अबश्य सुनिएला । जेलसम्म पुगेर गर्ने अनुसन्धान भन्दा अगावै नेपालस्थित युवतिहरु सप्पलाई गर्ने कम्पनी तथा व्यक्तिहरुलाई अब आईन्दा बिदेश जाने युवतीहरुको मेडिकल जाँच सँगै भ्यासेक्टोमी पनि गरेर पठाउने गर्नु पर्ने देखीन्छ, शायद यो नै अति उत्तम उपाय हुन सक्छ, शायद यसपछि बेनामका बालक, भ्रुणहत्या अथवा तथाकथित बलत्कारका कुरा पुर्ण रुपमा निवारण नै हुनेछ ।
बिमल लामीछाने
मोबाईल : ६६५२९७३७















































